नदीमा मानवीय चाप घटाउन माछापालन

नदीमा मानवीय चाप घटाउन माछापालन

रत्ननगर, चितवन, २५ फागुन । राप्ती र नारायणी नदीमा मानवीय चाप घटाउन चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा माछापालन कार्यक्रम शुरु भएको छ । ‘जिओलोजिकल सोसाइटी अफ लण्डन’को आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष र हिमालयन नेचरको सहकार्यमा कार्यक्रम शुरु भएको हो । राप्ती र नारायणी नदीमा माछा मार्ने क्रम घटाइ स्थानीयवासीलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत निकुञ्जको मध्यवर्ती क्...
पहिलो पटक बस पुगेपछि स्थानीयवासी हर्षित

पहिलो पटक बस पुगेपछि स्थानीयवासी हर्षित

अर्घाखाँची, २५ फागुन । सम्भवतः नेपालकै सबैभन्दा ठूलो नगरपालिका अर्घाखाँची शितगंगा नगरपालिका–९ को सिस्ने खोलामा पहिलो पटक बस पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । पहिलो पटक आफ्नो गाउँमा बस पुग्दा स्थानीयवासी नाच्दै गाउँदै बस चालक, सहचालक तथा वडा अध्यक्ष भीम केसीलाई फूलमाला लगाएर भव्य स्वागत गरेका थिए । चुनावको बेला विकास निमार्णको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएका वडाअध्यक्ष केसीले आ...
विश्वकप क्रिकेट छनोट: नेपाल र अफगानिस्तान भिड्ने

विश्वकप क्रिकेट छनोट: नेपाल र अफगानिस्तान भिड्ने

काठमाडौँ, २५ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १: १५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलम...
राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेतासँग वार्तागर्न तयार

राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेतासँग वार्तागर्न तयार

वासिङ्टन, २५ फागुन ।  पछिल्लो समयमा अणुअस्त्रको जथाभावी परीक्षण र दक्षिण कोरियासँगको सत्रुताका कारण निकै विवादमा रहेको उत्तर कोरिया संयुक्तराज्य अमेरिकासँग पनि शान्तिवार्ता लागि इच्छुक रहेको पाइएको छ । उत्तर कोरियाली नेता किम जङ उनको सो इच्छा अनुरुप नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्न सहमत भएको खुलेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोर...
महरा सभामुखमा निर्विरोध

महरा सभामुखमा निर्विरोध

काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध हुनुभएको छ । सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको छ । यद्यपि उहाँ निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ । नेकपा(एमाले)का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको ...
करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

पाँचथर, २५ फागुन । लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको उच्चस्तरीय टोलीले यहाँस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको छलफलमा आयोजनाको काम तीव्ररुपमा अघि बढाउन आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको हो । केही समयभित्रै करिब १०० मेगावाट व...
तीन सदस्यद्वारा शपथ ग्रहण, राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

तीन सदस्यद्वारा शपथ ग्रहण, राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

काठमाडौँ, २५ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराउनुभएको हो । नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ । यसअघि सर्वाेच्च अदालतले अन्तरिम आदेशमार्फत...
नोबेलमा आठ सय विपन्न विरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेलमा आठ सय विपन्न विरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

विराटनगर, २५ फागुन । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालबाट १० महिनाको अवधिमा करिव आठ सय बिपन्न विरामीको निःशुल्क उपचार गरिएको छ । विपन्न नागरिक औषधि उपचार कोष अन्र्तगत ७ सय ६४ जना न्यून आर्थिक अवस्थाका बिरामीलाई ४ करोड ५४ लाख ७१ हजार वरावरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । सरकारसँगको सम्झौतापछि नोबेलले उक्त कोष मार्फत गत चैत अन्तिमबाट न्यून आर्थिक अवस्थाका विरामीलाई सहुलियतमा उप...
प्रदेश नं १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस

प्रदेश नं १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस

विराटनगर २५ फागुन ।  मुख्यमन्त्री शेरधन राईले प्रदेश नं–१ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गर्नुभएको छ । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवै...
चिकित्सा सेवामा गम्भीर बन्नुहोस्: प्रम ओली

चिकित्सा सेवामा गम्भीर बन्नुहोस्: प्रम ओली

काठमाडौँ, २५ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नुरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु ।” नेपालको सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको आज यहाँ शिलान्यास गर्दै आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु...
चार दिनमा २० लाख बराबरको कारोवार, १० हजारले अवलोकन गरे

चार दिनमा २० लाख बराबरको कारोवार, १० हजारले अवलोकन गरे

धनकुटा,२५ फागुन । प्रादेशिक औधोगिक व्यापार मेला तथा कृर्षि प्रदशनी एवं चौथो धनकुटा महोत्सव चार दिनको अवधीमा १० हजार आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गरेका एवं २० लाख बराबरको कारोबार भएको महोत्सव आयोजक समितिले जानकारी दिएको छ । नेपाल एकिकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिवुटी, स्थानिय उद्योगवाट उत्पादित वस्तु भन्दा बाह्रिय उत्पादित बस्तु बढि...
खानी उत्खननका लागि भौगर्भिक अध्ययन गर्ने

खानी उत्खननका लागि भौगर्भिक अध्ययन गर्ने

काठमाडौँ, २५ फागुन ।  खानी तथा भूगर्व विभागले मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्नेभएको छ । लामो समयदेखि खानीको अध्ययन र उत्खनन गर्दै आएको विभागले मुलुकको विभिन्न क्षेत्र गरी सात चरणमा गरिने उक्त भौगर्भिक अध्ययनका लागि रु तीन करोड ९० लाख बजेट विनियोजन गरिएको छ । पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्यूठान र बागलुङ, तेस्रोमा सल्यान र रोल्पा, ...
चितवन र नवलपुरका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टीकर

चितवन र नवलपुरका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टीकर

चितवन, २५ फागुन । चितवन र नवलपुरका उद्योगहरुको सुरक्षा र औधोगिक वातावरणका लागी सुरक्षा स्टीकर टाँस्न सुरु गरिएको छ । चितवन उद्योग संघले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसंगको सहकार्यमा चितवन र नवलपुरका ठूला उद्योगहरुमा औद्योगिक सुरक्षा स्टीकर टाँस्ने अभियान सुरु गरेको हो । विहिवार रत्ननगरवाट सुरु भएको अभियान अन्तर्गत आज (शुक्रवार) भरतपुर महानगरपालिकाका विभिन्न उद्योगहरुमा स्टीकर टाँसिएको छ...
सभामुखमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने

सभामुखमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने

काठमाडौँ, २५ फागुन।  नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेद...
साउदीमा महिलाहरूको ऐतिहासिक पदयात्रा

साउदीमा महिलाहरूको ऐतिहासिक पदयात्रा

रियाद, २५ फागुन । साउदी अरबका महिलाहरूले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार ऐतिहासिक पदयात्रा निकालेका छन् । देशको जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । यति ठूलो संख्यामा महिलाको सहभागीतामा पदयात्रा निकालिएको पहिलो पटक भएकाले यसलाई अधिकारवादीहरूले ऐतिहासिक भएको बताएका छन् । महिलाको स्वास्थ्य, जीवन शैली र वातावरणीय उत्...
विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक

विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक

काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल शुरु भएको छ । प्रधानमन्त्री ओलीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा यही फागुन ११ मा बसेको सम्बन्धित मन्त्रालयका सचिवको बैठकले तय गरेको नियन्त्रणका उपाय बारेको छ बुँदे निर्देशन कार्यान्वयन...
नेता महराद्वारा सभामुखको उम्मेद्वारी दर्ता

नेता महराद्वारा सभामुखको उम्मेद्वारी दर्ता

काठमाडौँ, २५ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । केहीबेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर उहाँले सभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको उम्मेदवारीलाई नेकपा(एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गर्नुभए...
अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन शुरु

अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन शुरु

चितवन, २५ फागुन । अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन सौराहामा बिहीबार साँझदेखि शुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति जीवराज पोख्रेलले गर्नुभएको हो । सम्मेलनमा देश तथा विदेशका वैज्ञानिकले आआफ्नो देशमा भएका खोज, अनुसन्धान, उपलब्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने संस्थाका सदस्य मनोज विष्टले जानकारी दिनुभयो । सम्मेलन उद्घाटनका अवस...
प्रदेश १ : प्रदेश सभा सञ्चालन नियमावलीको मस्यौदा तयार

प्रदेश १ : प्रदेश सभा सञ्चालन नियमावलीको मस्यौदा तयार

विराटनगर, २५ फागुन । प्रदेश सभामा अनुशासनविपरीत काम गर्ने सदस्यलाई सभामुखले १५ दिनसम्म निलम्बन गर्न सक्ने गरी सभा सञ्चालन नियमावलीको मस्यौदा बनाइएको छ । मस्यौदाको परिच्छेद ७ को धारा ३१ मा सभामुखको आसनको अवहेलना गर्ने वा जानीजानी अभद्र व्यवहार गर्ने सदस्यको नाम तोकेरै प्रस्ताव पेस गरी सभामुखले १५ दिनसम्म निलम्बन गर्न सक्ने व्यवस्था छ । सोही परिच्छेदको धारा २९ मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्य...
प्रदेश ४ का मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिने

प्रदेश ४ का मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिने

पोखरा, २५ फागुन ।  प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिनुभयो । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । गत माघ...
एक खुट्टाले नाचेर प्रख्याती कमाएकी कलाकार रोमा न्यौपाने ३६ लाख ठगी आरोपमा पक्राउ

एक खुट्टाले नाचेर प्रख्याती कमाएकी कलाकार रोमा न्यौपाने ३६ लाख ठगी आरोपमा पक्राउ

काठमाडाैं, २५ फागुन।  एक खुट्टा गुमाएपनि एकै खुट्टाको भरमा नाचेर प्रख्याती कमाएकी कलाकार रोमा न्यौपाने ठगीको आरोपमा पक्राउ परेकी छन् । उनलाई प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ पक्राउ गरेको हो । रोमा र उनका पति चिरञ्जीवी न्यौपानेले ३६ लाख ठगी गरेको भन्दै एक वर्षअघि उजुरी परेको थियो । चिरञ्जीवी पक्राउ परेपनि रोमा फरार थिइन् । भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी ने...
विश्व कीर्तिमान कायम गराउन एक हजार ५०० पिन्ट रगत संकलन

विश्व कीर्तिमान कायम गराउन एक हजार ५०० पिन्ट रगत संकलन

काठमाडौँ, २५ फागुन । लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले एक हजार ५०० पिन्ट रगत संकलन गरेका छन् । एकै दिनमा एकै ठाउँमा आठ घण्टाभित्र रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन उनीहरुले सो प्रयास गरेका हुन् । बिहीबार टुँडिखेलमा गरिएको उक्त रक्तदानमा विभिन्न उमेर समूहका मानिसले स्वेच्छिक रुपमा रक्तदान गरेको आयोजकले जानकार...
सोल्माका अग्निपीडितलाई राहत वितरण

सोल्माका अग्निपीडितलाई राहत वितरण

तेह्रथुम, २५ फागुन । तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सोल्माका अग्नीपीडितलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरण गरेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालसहितको टोलीले बिहीबार आगलागीस्थलको अवलोकनसमेत गर्दै पीडित परिवारलाई नगद रु २० हजार अत्यावश्यक खाद्यान्नका सामग्री वितरण गरेको हो । मंगलबार दिउँसो भएको आगलागीबाट छघर पूर्णरुपमा जलेर नष्ट भएका थिए तर पूर्णरुपमा...
पन्ध्र महिनामा पनि पुलको काम शुरु भएन

पन्ध्र महिनामा पनि पुलको काम शुरु भएन

खोटाङ, २५ फागुन । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकमा पर्ने साप्सुखोलाको पक्की पुल शिलान्यास गरेको १५ महिना बित्दा पनि काम अघि बढेको छैन । तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते शिलान्यास गरेको पुल निर्माणको काम हाल अलपत्र परेकोे छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सुखोलाको मोटरेबल पुल शिलान्यासका क्रममा पेटी ठेकेदार श्याम प...
सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौँ, २५ फागुन।  प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारीको सूचना दर्ता हुनेछ । सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सभामुखको उम्मेदवारी दर्ता गराइनेछ । सत्तारुढ वाम गठबन्धनका तर्फबाट नेकपा ...
डोल्पाको जुफालमा नगरको केन्द्र उद्घाटन

डोल्पाको जुफालमा नगरको केन्द्र उद्घाटन

दुनै, डोल्पा, २५ फागुन ।  डोल्पाको जुफालमा नगरपालिकाको केन्द्र उद्घाटन गरिएको छ । बिहीबार ठूलीभेरी नगरपालिकाको स्थायी केन्द्रको रुपमा जुफालमा उद्घाटन गरिएको हो । उक्त नगरपालिकाको पहिलो नगरसभाको असार ३१ को निर्णयअनुसार बहुमतले नगरको केन्द्र दुनैबाट जुफाल सार्ने निर्णयअनुसार बिहीबार औपचारिक रुपमै नगरको केन्द्र उद्घाटन गरिएको नगर प्रमुख गणेशबहादुर शाहीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को माघ ...
डीडीसीमा दैनिक ६० हजारको दही चोरी

डीडीसीमा दैनिक ६० हजारको दही चोरी

काठमाडौं, २५ फागुन। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै। डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनासहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज र धन...
कृष्णबहादुर महरा सभामुख बन्ने

कृष्णबहादुर महरा सभामुख बन्ने

काठमाडौं, २५ फागुन। माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ। एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो। यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन। शुक्रबार बिहान शीर्ष नेताको बैठक बसी महराको नाम अनुमोदन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल देखिएका छन्। नेताहरू...
स्कटल्यान्डसँग नेपाल ४ विकेटले पराजित, सुपर सिक्समा पुग्न बाँकी खेल जित्नैपर्ने

स्कटल्यान्डसँग नेपाल ४ विकेटले पराजित, सुपर सिक्समा पुग्न बाँकी खेल जित्नैपर्ने

काठमाडौं, २५ फागुन । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा आज भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा भने नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित भएको थियो । यता जितसँगै स्कटल्याण्ड भने ६ अंक जोड्दै समूह ‘बी’ बाट सुपर सिक्समा स्थान बनाउन सफल ...
कुटपिटमा संलग्न तीन जना पक्राउ

कुटपिटमा संलग्न तीन जना पक्राउ

मंगलबारे, इलाम, २५ फागुन।  सञ्चारकर्मीमाथि हातपात गर्ने तीन जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ । इलामको चियाबारी एफएममा कार्यरत दुई सञ्चारकर्मीमाथि कुटपिट र लुटपाट गर्ने तीनजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका–९ का १९ वर्षीय रवीन मगर, इलाम नगरपालिका–६ का २२ वर्षीय मनोज मगर र एकतप्पा घर भएका १८ वर्षीय किशोर लिम्बू रहेका छन् । उनीहरुलाई प्रहरीले इलाम नगरपालि...
कर्मचारीलाई १२१ प्रतिशतसम्म भत्ता

कर्मचारीलाई १२१ प्रतिशतसम्म भत्ता

काठमाडौं, २५ फागुन । कार्यालयबाट नियमित सम्पादित हुनेभन्दा बढी काम गराउन सरकारले करिब १० हजार कर्मचारीलाई प्रोत्साहन भत्ता दिँदै आएको छ । थोरै कर्मचारीबाट धेरै काम लिने र काम गरेबापत कर्मचारीलाई प्रोत्साहित गर्न सरकारले चालू आर्थिक वर्षमा मात्र प्रोत्साहन भत्ताको नाममा करिब २० करोड खर्च गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । तर त्यस्तो भत्ता खाने कार्यालयको कार्यसम्पादन भने उत्साहजनक छैन । नयाँ प...
error: Content is protected !!