कांग्रेस समीक्षा: हारको दोष वाम गठबन्धनलाई !
काठमाडाैँ, १७ वैशाख । निक्कै रस्साकस्सीबीच १४ दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले भदौ मसान्तभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको छ । संस्थापन पक्षको असोज र पौडेल–सिटौला पक्षको १५ असारभित्र बैठक गर्नुपर्ने अडानका बीच भदौभित्रै महासमितिको बैठक गर्ने निर्णय भएको हो ।
महासमितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक पार्टीको विधान संशोधनलगायतका निर्णय गर्न सक्छ । वि...





























