प्रहरीद्वारा भेटिएको रकम फिर्ता

प्रहरीद्वारा भेटिएको रकम फिर्ता

विराटनगर, २३ जेठ । इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गर्नुभएको छ । विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिनुभएको बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीले समाजिक सञ्जाल...
भोजपुरको अरुण गाउँपालिकाका जनप्रतिनिधिले अव अनिवार्य राष्ट्रीय पोशाक लगाउँने

भोजपुरको अरुण गाउँपालिकाका जनप्रतिनिधिले अव अनिवार्य राष्ट्रीय पोशाक लगाउँने

भोजपुर, २३ जेठ । भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ । स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराउनुभएको हो । गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय पोशाकका रुपमा पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो लगाउनुपर्ने व्यवस्था गरि...
नारायणगढ-मुग्लिन सडक कालोपत्रे गरेर सकियो, दैनिक ६ घण्टा बन्द हट्यो

नारायणगढ-मुग्लिन सडक कालोपत्रे गरेर सकियो, दैनिक ६ घण्टा बन्द हट्यो

चितवन, २३ जेठ । बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएको छ । यससँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ । मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे गरेपछि सबै सडक कालोपत्रेले जोडिएको हो । अब सडकखण्डमा कहिँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हुने छैन । ‘सडक निर्माणका लागि भन्दै विहान ...
ग्वाटेमालामा पुनः ज्वालामुखी बिस्फोटः अहिलेसम्म ७२ को मृत्यु

ग्वाटेमालामा पुनः ज्वालामुखी बिस्फोटः अहिलेसम्म ७२ को मृत्यु

  काठमाडौँ, २३ जेठ । ग्वाटेमालामा पुनः ज्वालामुखी विस्फोट हुन थालेको छ । ज्वालामुखी बिस्फोटपछि आपत्कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन् । बीबीसीका अनुसार फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ । आइतबार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गइसकेको छ भने  भने अन्य कैयौँ हराइरहेका छन् । ज्वालामुखी विस्फोटका कारण १७...
कोशी गापामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

कोशी गापामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

इनरुवा, २३ जेठ । सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिनुभयो । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए । यहाँ ४०० चल्ला एकैचोटी मरेकाले स्थानीयवासी र पशु प्राव...
शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

राजविराज, २३ जेठ । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नुभएको हो । आगामी आर्थिक वर्षमा एक/एक वटा उन्नत जातका गाई र भैँसी प्रत्येक शहीद परिवारलाई निःशुल्क उपलब्...
ट्रम्प–किम शिखर वार्ता: गोर्खा प्रहरीले सुरक्षा दिने

ट्रम्प–किम शिखर वार्ता: गोर्खा प्रहरीले सुरक्षा दिने

काठमाडौँ, २३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् । दुई नेताबीच जुन १२ मा सिंगापरमा शिखर बैठक हुँदैछ । दुवै नेताहरुले आ आफ्नो सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल दुई नेता बस्ने होटल, उनीहरु हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने वार्ता...
दलाई लामालाई पूर्वराष्ट्रपतिसँग भेटाउने तयारी

दलाई लामालाई पूर्वराष्ट्रपतिसँग भेटाउने तयारी

काठमाडौँ, २३ जेठ । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई अमेरिकाको सिकागोमा आयोजना हुने विश्व हिन्दु सभामा बोलाउन  केही हिन्दूवादी संगठनका नेताहरुले प्रयास गरिरहेका छन् । गणतन्त्र हिन्दू राष्ट्र प्रमुखको हैसियतमा डा. यादवले प्रदर्शन गरेको भूमिकालाई कदर गर्नुपर्ने अवधारणासहित उनीहरुले आयोजकसमक्ष लबिङ गरिरहेका निकट स्रोतले जनाएको छ । सेप्टेम्बर ७ देखि ९ सम्म चल्ने सभामा विश्वका विभिन्न धार्मिक संगठ...
स्थिरीकरण कोष लुकाएर इन्धनमा महँगी

स्थिरीकरण कोष लुकाएर इन्धनमा महँगी

काठमाडौँ, २३ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य उच्च हुँदा उपभोक्तालाई भार नपार्न भन्दै विगतमा जम्मा गरेको रकम लुकाएर लगातार मूल्यवृद्धि गरिरहेको पाइएको छ । विगतमा निगमको नाफा उच्च हुँदा उपभोक्तालाई राहत दिन जम्मा गरिएको मूल्य स्थिरीकरण कोषको थन्काएर इन्धनमा लगातार मूल्य बढाइएको हो । केपी ओली नेतृत्वमा सरकार गठन भएयता मुलुकमा पेट्रोलियम पदार्थको मूल्य ५ पटक बढिसकेको छ । तर, इन्धनको मूल्य लगा...
२०७५ जेठ २३ गते बुधबार/आजको राशिफल

२०७५ जेठ २३ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ २३ गते। बुधबार। इश्वी सन् २०१८ जुन ६ तारिख। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– सप्तमी, ७:१२ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प...
धनकुटामा यसरी मनाइयो विश्व वातावरण दिवस (फोटो फिचरसहित)

धनकुटामा यसरी मनाइयो विश्व वातावरण दिवस (फोटो फिचरसहित)

धनकुटा, २२ जेठ । धनकुटामा मंगलवार बिभिन्न कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइएको छ । दिवसको अवसरमा धनकुटा बजार, हिले लगायत स्थानमा बृक्षरोपण, सरसफाई लगायत कार्यक्रम गरिएको हो । हिले माविमा गिंगोबाइबल र म्यापल रोपियो हिले माविको हाताभित्र गिंगोबाइबल र म्यापलका बिरुवा रोपिएको छ । ‘एक विद्यार्थी एक फूल र एक शिक्षक एक फलफूल बिरुवा रोपण’ अभियान बनाई अभियान सार्थक पार्न बिरुवा रोपण गरिएको बिद्य...
पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा, २२ जेठ । माथागढी गाउँपालिकास्थित रुप्सेमा आज भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा माथागढी गाउँपालिका–३ का जीवन कुमाल रहेका छन् । रुप्सेबाट खहरेखोलातर्फ जाँदै गरेको लु ३ त १९५३ नं को ट्र्याक्टर रुप्सेको मोहने भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही ठाउँका राहुल कुमाल घाइते भएका छन् । उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्र...
धनकुटेलीका धारामा लेदो आएपछि यसरी गरियो प्रदर्शन (भिडियोसहित)

धनकुटेलीका धारामा लेदो आएपछि यसरी गरियो प्रदर्शन (भिडियोसहित)

धनकुटा, २२ जेठ । धारामा नियमित खानेपानी नआउने र आउँदा पनि लोदोसहितको धमिलो पानी आएर समस्या झेल्दै आएका धनकुटा नगरबासीले मंगलवार नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा धर्नासहित प्रदर्शन गरेका छन् । भिडियो हेर्नुहोस्... बिस्तृत जानकारीका लागि यो समाचार पढ्नुहोस्... धनकुटेलीका धारामा लेदोसहितको धमिलो पानी !
धनकुटेलीका धारामा लेदोसहितको धमिलो पानी !

धनकुटेलीका धारामा लेदोसहितको धमिलो पानी !

धनकुटा, २२ जेठ । धारामा नियमित खानेपानी नआउने र आउँदा पनि लोदोसहितको धमिलो पानी आएर समस्या झेल्दै आएका धनकुटा नगरबासीले मंगलवार नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा धर्नासहित प्रदर्शन गरेका छन् । उपभोक्ता समितिको ध्यानाकर्षणका लागि धमिलो पानीको बोतलसहित उपभोक्ताहरु खानेपानी कार्यालय पुगेका थिए । उनीहरुले शुद्ध खानेपानी पाउनुपर्ने माग गर्दै कार्यालयमा धर्नासहित केहि समय प्रदर्शन ग...
गोली प्रहार गरी साढे ९ लाख लुट्ने लुटेरा सार्वजनिक

गोली प्रहार गरी साढे ९ लाख लुट्ने लुटेरा सार्वजनिक

कैलाली , २२ जेठ । एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१, मेनरोडमा दिनदहाडै गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गरी लुटेको रकम मध्ये पाँच लाख ४८ हजार ६ सय नगद सहित लुटपाटमा संग्लन पाँच जनालाई सार्वजनिक गरिएको हो । लुटपाट घटनाका मुख्य योजनाकार सहित उनीहरुले लुटपाटमा प्रयोग ग...
प्रधानमन्त्रीको चीन भ्रमणमा रसुवागढी–काठमाडौँ रेल मार्ग प्राथमिकता

प्रधानमन्त्रीको चीन भ्रमणमा रसुवागढी–काठमाडौँ रेल मार्ग प्राथमिकता

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा रसुवागढीबाट काठमाडौँसम्म रेल मार्ग निर्माणलाई प्राथमिकता दिइने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले नेपालको स्रोतले रसुवागढीबाट काठमाडौँसम्म रेल ल्याउन नसक्ने भएकाले सहयोग माग गर्ने तयारी भइरहेको बताए । ‘अनुदान, सहुलियत दरको ऋण र ऋण तीन प्रक...
त्रिभुवन विमानस्थलमा दमकल अभाव, नयाँ खरिद प्रक्रिया शुरु

त्रिभुवन विमानस्थलमा दमकल अभाव, नयाँ खरिद प्रक्रिया शुरु

काठमाडौँ, २२ जेठ । मुलुकको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि राखिएको दमकल पुरानो भएका कारण अत्यावश्यक सेवाका लागि समस्या पर्ने देखिएको छ । विमानस्थलमा रहेका पाँच वटा दमकलमध्ये दुई वटा दमकल पुरानो छ । तीमध्ये एउटा २५ वर्ष पुरानो हो भने अर्को २२ वर्ष पुरानो हो । बाँकी रहेका तीन वटा दमकलले विमानस्थलको समग्र अग्नि नियन्त्रणको काम गर्नुपरेको छ । गत फागुन २८ गते बंगलादेशी वायु सेवा...
लगानीकर्ताको विरोधका कारण शेयर बजार प्रभावित

लगानीकर्ताको विरोधका कारण शेयर बजार प्रभावित

काठमाडौँ, २२ जेठ । हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि आज शेयर कारोवार प्रभावित भएको छ । लगानीकर्ताको अवरोधपछि शेयर ब्रोकरले कुनै कारोवार नगर्दा नेपाल स्टक एक्स्चेन्जमा कुनै पनि कारोवार हुन सकेन । सरकारले शेयर कारोवारमा सोमबारदेखि पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् । लगानीकर्ताले स्टकको कार्यालयमा पुगेर विरोध जनाए...
धनकुटा बजार नजिक बनमा आगलागी

धनकुटा बजार नजिक बनमा आगलागी

धनकुटा, २२ जेठ । धनकुटा बजार नजिकको जंगलमा आगलागी भएको छ । धनकुटा नगरपालिका–७ स्थित रेशमखेति बिकास कार्यालय तल्तिरको जंगलमा आगलागी भएको हो । आज दिउँसो करिव ३ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रण हुन सकेको छैन । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ...
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा सघाउन अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा सघाउन अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक

काठमाडौँ, २२, जेठ । स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित सञ्चालन हुने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई सघाउन नेपालले राखेको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक देखिएको छ । संगठनको १०७ औंँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा स्वीट्जरल्याण्डको जेनेभामा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले संगठनका महानिर्देशक गाय राइडरलाई आज भेटी सो आग्रह गर्नुभएको ...
एशिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन शुरु

एशिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन शुरु

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया प्रशान्त क्षेत्रीय बालविकास सञ्जाल तथा प्रारम्भिक बाल हेरचाह र शिक्षा नीति मञ्चको संयुक्त अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रुपमा राखेकाले उनीहरुको हेरचाह, विकास र स्वास्थ्यका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने जानकारी दिनुभयो । उहाँले गत महीना भएको विद्यार्थी भर...
लोकसेवा आयोगः तीनवर्षीय रणनीतिक योजना

लोकसेवा आयोगः तीनवर्षीय रणनीतिक योजना

काठमाडौँ, २२ जेठ । लोकसेवा आयोगले सातै प्रदेशमा संगठनलाई व्यवस्थित बनाउन तीनवर्षीय ‘रणनीतिक योजना’ निर्माण गरेको छ । करीब एक वर्षमा आयोगका कर्मचारी र विज्ञको सुझाव र समन्वयमा उक्त योजना तयार गरिएको र आयोगको ६८ औंँ वार्षिकोत्सवका अवसरमा आगामी असार १ गते सार्वजनिक गरिने सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । संघीय परिवेशमा आयोगको विश्वसनीयतालाई कायम राख्ने, योग्यता प्रणाली निर्धारण ...
नेपाललाई फलफूल बगैँचा बनाइने: प्रधानमन्त्री

नेपाललाई फलफूल बगैँचा बनाइने: प्रधानमन्त्री

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पु¥याउन सबै तह र तप्काका नागरिकसँग आग्रह गर्नुभएको छ । ‘सिंहदरबार बगैँचा’मा लिची र एबोगार्डाेको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूल’को बिरुवा अभियानको आज शुभारम्भ गर्दै उहाँले नेपाललाई फलफूल र हरियाली बनाउने अभियानमा योगदान पु¥याउन सबैसँग आह्वान गर्दै भन्नुभयो, “वन जोगाऔँ, वन बढाऔँ, फलफूल लगाऔ...
प्रि मनसुनी वर्षा: केही दिनभित्रै मनसुन भित्रने

प्रि मनसुनी वर्षा: केही दिनभित्रै मनसुन भित्रने

काठमाडौँ, २२ जेठ ।  प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ । मौसमविद्को भाषामा केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि मनसुन श...
विहान दैनिक एक गिलास मनतातो पानी पिउँदा हुने फाइदाहरु

विहान दैनिक एक गिलास मनतातो पानी पिउँदा हुने फाइदाहरु

आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । मानिसले विहान उठ्ने वित्तिकै एक गिलास मनतातो पानी पिउनाले मेटोपना घटाउनेदेखि विभिन्न स्वास्थ्य समस्याबाट टाढा राख्दन मद्धत गर्छ । दैनिक खाली पेटमा एक गिलास मनतातो पानी पिउँदा शरिरको सम्पूर्ण फोहोर बाहिर निस्कन्छ । यसले विभिन्न प्रकारका रोगको खतराबाट पनि जोगाउन सहयोग गर्दछ । दैनिक मनतातो पानी विहान खाली पेटमा पिउँदा हुने फाइदाहरु  ः १. दैनिक ब...
प्रधानमन्त्रीले सिंहदरबारमै रोपे लिची र एभोकार्डोको विरुवा

प्रधानमन्त्रीले सिंहदरबारमै रोपे लिची र एभोकार्डोको विरुवा

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन पर्ने फलफूल कुन हो ? उनका कतिपय निकट सहयोगीलाई पनि थाहा थिएन । तर मंगलबार ओलीले भने-मलाई सबैभन्दा मन पर्ने फलफूल लिची र एभोकार्डो हुन् । विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने दुई फलफूलका विरुवा रोपे । सिंहदरबारको खाली जमिनमा उनले लिची र एभोकाडो रोप्दै भने ‘फलजति जनतालाई फूल जति ...
यस्तो रेस्टुरेन्ट जहाँ नग्न युवतीको शरीरमा खाना दिइन्छ

यस्तो रेस्टुरेन्ट जहाँ नग्न युवतीको शरीरमा खाना दिइन्छ

मानिसहरूले मार्केटिङको लागि विभिन्न हतकण्डा अपनाउन पछि पर्दैनन् । जापानको एक रेस्टुरेन्टले पनि ग्राहक तान्नको लागि यस्तै हतकण्डा अपनाइरहेको छ । प्लेट बनेर बसेकी युवतीको शरीरबाट खाना खान मानिसहरूको लामो लाइन लाग्छ । जापानमा ‘न्योटाइमोरी एक्सपेरियन्स’ नामको रेस्टुरेन्ट निकै प्रख्यात छ । यो रेस्टुरेन्ट प्रख्यात हुनुको पछाडि एउटा अचम्मको कारण छ । यहाँ नग्न युवतीहरूको शरीरमा खानेकुरा पस्किने गरिन्छ ...
ग्वाटेमालमा ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

ग्वाटेमालमा ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

ग्वाटेमाला, २२ जेठ । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ । राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका थिए । फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेका भए तापनि र दर्जनौँ मानिसहरू हराइरहेका उल्ले...
अठ्चालीसौँ विश्व वातावरण दिवसका अवसरमा ९०० विरुवा रोपियो

अठ्चालीसौँ विश्व वातावरण दिवसका अवसरमा ९०० विरुवा रोपियो

इटहरी, २२ जेठ । अठ्चालीसौँ विश्व वातावरण दिवसका अवसरमा आज सुनसरी जिल्लाका विभिन्न स्थानमा सरसफाइ एवं वातावरण संरक्षणसम्बन्धी सचेतना अभियानसँगै १२ स्थानीय तहले आआफ्नै क्षेत्रमा वृक्षरोपण एवं वातावरण संरक्षण सम्बन्धमा सचेतनमूलक कार्यक्रम सञ्चालन गरेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सुनसरीको योजनामुताबिक इटहरी उपमहानगरपालिका–१२ स्थित खनारको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरका डिल क...
बाजुरामा ४.९ रेक्टरको भूकम्प

बाजुरामा ४.९ रेक्टरको भूकम्प

बाजुरा, २२ जेठ । बाजुरामा आज बिहान ७ः१९ बजे भूकम्प गएको छ । बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृृत तीर्थ दाहालले जानकारी दिए । आज देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका कारण वातावरण नराम्ररी बिग्रिएको छ ।
धनकुटाका युवाले आविष्कार गरे आधुनिक सूचना यन्त्र (भिडियोसहित)

धनकुटाका युवाले आविष्कार गरे आधुनिक सूचना यन्त्र (भिडियोसहित)

धनकुटा, २२ जेठ । धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवाले आधुनिक सूचना यन्त्र आविष्कार गरेका छन् । सहिदभूमि–४ खोकुका २३ बर्षीय कोखमान राईले सीसी क्यामेराको सट्टामा प्रयोग गर्न र सुरक्षा सर्तकर्ता अपनाउँन उपयोगी फरक प्रकारको सूचना यन्त्र निर्माण गरेका हुन् । यो यन्त्रलाई राईले अटोमेटीक फोन रिडायल सिस्टम (एपीआरएस) नाम दिएका छन् । काठका टुक्रा, टिनका पाता, डीसी मोटर, रबरका पाङ्ग्रा लगायत सामान मिल...
error: Content is protected !!