काठमाडौँ, २३ जेठ । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई अमेरिकाको सिकागोमा आयोजना हुने विश्व हिन्दु सभामा बोलाउन  केही हिन्दूवादी संगठनका नेताहरुले प्रयास गरिरहेका छन् ।

Advertisement

गणतन्त्र हिन्दू राष्ट्र प्रमुखको हैसियतमा डा. यादवले प्रदर्शन गरेको भूमिकालाई कदर गर्नुपर्ने अवधारणासहित उनीहरुले आयोजकसमक्ष लबिङ गरिरहेका निकट स्रोतले जनाएको छ ।

सेप्टेम्बर ७ देखि ९ सम्म चल्ने सभामा विश्वका विभिन्न धार्मिक संगठनका धर्मगुरु लगायत ख्यातिप्राप्त व्यक्तिहरुको सहभागीता रहनेछ ।

यो सभामा दलाई लामा, राष्ट्रय स्वयसेवक संघका प्रमुख मोहन भागवत, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, हलिउड स्टार रिचार्ड गेरे र रिर्जभ बैंक अफ इन्डियाका पूर्व गभर्नर भी राजन लगायतका व्यक्तिहरुलाई निम्तो गरिएको र निम्तो गरिएकाहरुको तर्फबाट सहभागीताको सुनिश्चितता खोजिएको स्रोतले जानएको छ ।

यसमा विश्वका भिन्न देशहरुबाट २ हजारदेखि ३ हजारको बीचमा सहभागीता रहने अनुमान गरिएको छ । आजको कारोबारमा समाचार छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!