पाल्पा, २२ जेठ । माथागढी गाउँपालिकास्थित रुप्सेमा आज भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

Advertisement

मुत्यु हुनेमा माथागढी गाउँपालिका–३ का जीवन कुमाल रहेका छन् । रुप्सेबाट खहरेखोलातर्फ जाँदै गरेको लु ३ त १९५३ नं को ट्र्याक्टर रुप्सेको मोहने भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही ठाउँका राहुल कुमाल घाइते भएका छन् । उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!