तीन दिनदेखि ओरालो यात्रामा शेयर बजार
काठमाडौँ, ५ भदौ । तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ४.१८ बिन्दुले घटेर एक हजार १८३.८९ बिन्दुमा पुगेको हो ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८३ बिन्दुले घटेर २४९.९२ बिन्दुमा झरेको छ । आज कूल १६१ कम्पनीको पाँच लाख ७० हजार १७३ कित्ता शेयर रु १७ करोड ९५ लाख ५८ हजार ९३० मा खरिद ...




























