२०७५ भदौ ७ गते बिहीबार/आजको राशिफल

२०७५ भदौ ७ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ ७ गते। बिहीबार। इश्वी सन् २०१८ अगस्ट २३ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– द्वादशी, १०:२५ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले जिम्मेवारी पनि दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। कीर्तिमानी काम ...
धनकुटाका समाजसेवी प्रधानको निधन, मुलघाटमा गरियो अन्त्येष्टि

धनकुटाका समाजसेवी प्रधानको निधन, मुलघाटमा गरियो अन्त्येष्टि

धनकुटा, ६ भदौ । गएराति निधन भएका धनकुटा पाख्रीवासका समाजसेवी शुक्रवहादुर प्रधानको पार्थिव शरिरलाई आज मुलघाटमा अन्त्येष्टि गरिएको छ । कांग्रेसको सक्रिय सदस्यसमेत रहेका व्यवसायी प्रधानको पार्थिव शरिरमा पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै अन्त्येष्टि गरिएको हो । प्रधानको पार्थिव शरिरमा नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य ज्ञानवहादुर गुरुङ्ग, धनकुटा नगरसभा...
छोरी हत्या गरेको आरोपमा आमा पक्राउ

छोरी हत्या गरेको आरोपमा आमा पक्राउ

काठमाडौं, ६ भदौ । आफ्नै छोरीको हत्या गरेको आरोपमा झापा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । कुटपिट गरी ८ वर्षीया छोरी सफलताको हत्या गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ सुब्बा चोककी २७ वर्षीया हेमन्ता कुरुम्बाङलाई प्रहरीले पक्राउ गरेको हो । स्कुल जाने बेलामा कपाल कोर्न नमानेपछि हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गरेकी थिइन् । आमाको कुटाइबाट गम्भीर भएकी सफलताको बिर्तासिटी अस्पतालमा उपचार...
पुरुष भारोत्तोलनमा अधिकारीको नयाँ राष्ट्रिय कीर्तिमान

पुरुष भारोत्तोलनमा अधिकारीको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ, ६ भदौ ।  इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एण्ड जर्कमा १५५...
‘बिम्स्टेक जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्छ’

‘बिम्स्टेक जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्छ’

काठमाडौँ, ६ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिएका छन् । परराष्ट्र मन्त्रालयमा पूर्वराजदूत तथा कूटनीतिक सेवाबाट निवृत्त व्यक्ति तथा वरिष्ठ सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँहरुले सबै सदस्य राष्ट्रलाई सतह,...
एशियाड: पौडीमा नेपालकी गौरिका सिंह २७ औँ स्थानमा रहँदै बाहिरिइन्

एशियाड: पौडीमा नेपालकी गौरिका सिंह २७ औँ स्थानमा रहँदै बाहिरिइन्

काठमाडौँ, ६ भदौ । इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् । हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२.३२ सेकेण्डले पछि परिन् । यसअघि गौरिका १०० मिटर फ्रिस्टायलको पनि हिट चरणबाटै बाहिरिएकी हुन् । अब उनले शुुक्रबार महिला ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् ।...
सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात ४१ अर्ब २९ करोड ८२ लाख

सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात ४१ अर्ब २९ करोड ८२ लाख

काठमाडौँ, ६ भदौ । सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ । कोषद्वारा सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये रु पाँच अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको जानकारी दिइयो । नेपाली सेना संयुक्त राष्ट्रको आह्वानमा शान्ति सेनामा सहभागी भएवापत प्राप्त करीब रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा स्थापना भएको उक्त कोषमा अ...
उपत्यकाका ट्याक्सी चालकले ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने

उपत्यकाका ट्याक्सी चालकले ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने

काठमाडौँ, ६ भदौ । उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकले आजदेखि अनिवार्य रुपमा ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल ट्याक्सी व्यवसायी सङ्घको सहकार्यमा ट्याक्सी चालकले अनिवार्य ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको हो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन महाशाखा र व्यवसायी सङ्घको आयोजनामा सुन्धा...
प्रधानमन्त्रीलाई गृहजिल्लामा नागरिक अभिनन्दन

प्रधानमन्त्रीलाई गृहजिल्लामा नागरिक अभिनन्दन

भद्रपुर, ६ भदौ । गृहजिल्ला झापाको गौरादहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई नागरिक अभिनन्दन गरिएको छ । प्रधानमन्त्री बनेपछि दोस्रो पटक गृहजिल्ला आउनुभएका ओलीलाई नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नं ५ ले आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका र स्थानीय सङ्घसंस्थाद्वारा नागरिक अभिनन्दन गरिएको हो । कार्यक्रममा प्रदेश नं १ का मुख...
सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर

सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर

झापा, ६ भदौ । झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि औँजारको प्रयोग गर्न थालेका छन् । कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागतशैली...
मोरङका मदिरा उद्योगबाट एक अर्ब ६२ करोड राजश्व

मोरङका मदिरा उद्योगबाट एक अर्ब ६२ करोड राजश्व

विराटनगर, ६ भदौ । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४/७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले रु २५ करोड ६५ लाख र मोरङ रङ्गेली दर्वेशामा रहेको चण्डिका डिष्ट्रिलरी प्रालिले रु २४ करोड १...
प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

दमक, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार नि...
इस्लाम धर्मावलम्बीद्वारा बकरइदमा सद्भाव साटासाट

इस्लाम धर्मावलम्बीद्वारा बकरइदमा सद्भाव साटासाट

काठमाडौँ, ६ भदौ । काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीले दोस्रो ठूलो पर्व इद—उल—अजहा (बकरइद) का अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा आज भेला भई सद्भाव साटासाट गरेका छन् । प्रत्येक वर्ष अरवियन पात्रोको १२ औँ महिनाको १० गते पर्ने उक्त पर्वमा आफू भन्दा ज्येष्ठ मानिससँग आर्शीवाद लिने तथा मीठो खानेकुरा खाएर खुशियाली गर्ने गरिन्छ । अल्हा (इश्वर)ले आफ्नो भक्तजन इब्राइमलाई परीक्...
दक्षिण सुडानका बाल सैनिक नयाँ जीवनको खोजीमा

दक्षिण सुडानका बाल सैनिक नयाँ जीवनको खोजीमा

पिबोर, दक्षिण सुडान, ६ भदौ । एघार वर्षको कलिलो उमेरमा घरबाट भागेर आदिवासी लडाकू समूहमा भर्ना भएका बाबा साहेबलाई कति मानिस मारियो भन्ने एकिन सम्झना पनि छैन । हत्या गरिएका मान्छेको संख्या भन्न उनलाई एकछिन रोकिनु पर्दछ । “मैले गोलीले हानेर मारें । हामी सबैले त्यही ग¥यौं” बाबा जोनले भने, “मैले एउटा बन्दुक पाएँ र कसरी चलाउनु पर्दछ भनेर तालिम लिएँ । मलाई सम्झना पनि छैन कति मानिसलाई मैले गोलीले उडाएँ ...
भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

कराकस, ६ भदौ । भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन । त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन । भेनेजुएलाको भू–गर्भ विभागका अनुसार स्थानीय समायानुसार मङ्गलबार अपराह्न ५ः३१ मा गएको यस भूकम्पको केन्द्रविन्दु यागरापारो शहरबाट १९ किलोमिटर दक्षिणपूर्वमा भएको जनाइएको छ ...
पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने: प्रधानमन्त्री ओली

पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने: प्रधानमन्त्री ओली

पथरीशनिश्चरे, ६ भदौ । प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएका छन्। पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताए । उनले माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउन सरकार द...
नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार

नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार

बिराटनगर, ६ भदौ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ । नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो । बिरामीको सहजताका लागि आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या बढाउँनुका साथै २४ सै घण्टा ‘रेसपोन्स टिम’ र ‘ट्रली ब्वाई’ परिचालन गरिएको छ । आकस्मिक अवस्थामा आएका बिरामीलाई खर्च अभाव भए...
गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन् – महामन्त्री कोइराला

गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन् – महामन्त्री कोइराला

नेपालगञ्ज, ६ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन्। नेपाल प्रेस युनियन, बाँकेले आज गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ, काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो , यो कुरा नेता, कार्यकर्ताले ब...
१८ औँ एशियाड: भलिबलमा नेपाल पराजित

१८ औँ एशियाड: भलिबलमा नेपाल पराजित

काठमाडौँ, ६ भदौ । जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने त्यहाँ रहेका टोली प्रशिक्षक जगदीश भट्टले जानकारी दिए । हारका बाबजुद नेपालले उत्कृष्ट प्रदर्शन गरेको ...
कार्यालय सहयोगीको हत्या

कार्यालय सहयोगीको हत्या

बैतडी, ६ भदौ। दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । ठगुन्नाको घरमै हत्या भएको थियो । प्रहरी टोली घटनास्थलमा पुगेको छ । ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत ...
पक्षघात भएका विद्यार्थीलाई सहयोग

पक्षघात भएका विद्यार्थीलाई सहयोग

काठमाडौँ, ६ भदौ । पूर्व प्रहरी परिवार मञ्चले गोकर्णेश्वरको मेरुदण्ड पक्षघात समूहलाई रु दुई लाख ५० हजार सहयोग गरेको छ । मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास सञ्चालनका लागि उक्त सहयोग गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले मङ्गलबार सो रकम समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई संयुक्तरू...
सवा चार लाख घरमा गोबरग्यास: ‘सिलिन्डर युगको अन्त्य निश्चित’

सवा चार लाख घरमा गोबरग्यास: ‘सिलिन्डर युगको अन्त्य निश्चित’

काठमाडौँ, ६ भदौ ।  प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो । गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको गोबर ३ ...
मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !

मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !

काठमाडौँ, ६ भदौ । आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन् । अदालतको आदेश भन्दै मलपोतले २० बर्षअघि जग्गा बेच्नकै नाममा कित्ताकाट गरेर नामसारी गरिरहेको छ । जग्गा खरिद गरेक सबै परिवारले नियमित मालपोत तिरिरहेक छन् ।, आजको नयाँ पत्रिका मा यो खबर छ ।
खल्तीमा खानी : घुमाउरो बाटोबाट लाइसेन्स बिक्री

खल्तीमा खानी : घुमाउरो बाटोबाट लाइसेन्स बिक्री

काठमाडौँ, ६ भदौ । व्यक्ति वा कम्पनीका नाममा देशभर खानी कब्जा गर्ने र दर्ता गरी मोटो रकममा बेचबिखन गर्ने होडबाजी चलेको छ । खानी पत्ता लाग्नेबित्तिकै कब्जा गर्ने रणनीतिअनुसार माफिया शैलीमा राजनीतिक दलका नेता, तिनका आसेपासे, भ्रष्ट कर्मचारीदेखि स्थानीय गुन्डासमेत सक्रिय भएका  छन । कतिपयले व्यक्तिका नाममा खानी दर्ता गरी कब्जा गरेका छन् भने कतिपयले कम्पनी खोलेर दर्ता गरेका छन् । अधिकांशले खानी दर्ता...
बकर–इदले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस्ः राष्ट्रपति

बकर–इदले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस्ः राष्ट्रपति

काठमाडौँ, ६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा) पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता...
चाडपर्व नजिकिएसँगै सुनमा कालोबजारी शुरु

चाडपर्व नजिकिएसँगै सुनमा कालोबजारी शुरु

काठमाडौँ, ६ भदौ । बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् । सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् । नागरिकको पहिलो पृष्ठमा यो ...
सुन तस्करी प्रकरणः उच्च अदालतमा चार वटा इजलासमा बहस, छुटेका प्रहरीलाई थुनामा राख्न आदेश

सुन तस्करी प्रकरणः उच्च अदालतमा चार वटा इजलासमा बहस, छुटेका प्रहरीलाई थुनामा राख्न आदेश

विराटनगर, ६ भदौ  ।  ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा धरौटी र सादा तारिकमा छुटेका दुई जना प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राखेर कारवाही गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीस नारयणप्रसाद शर्माले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापालाई सादा तारेख र र प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार धरौटिमा छोड्न आदेश दिएका थिए । तर, सोही आदेश...
२०७५ भदौ ६ गते बुधबार/आजको राशिफल

२०७५ भदौ ६ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ ६ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट २२ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– एकादशी, ८:३३ बजेउप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्...
१८ औँ एसियाली खेलकुद : भारत्तोलनतर्फ सञ्जु चौधरीको तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान

१८ औँ एसियाली खेलकुद : भारत्तोलनतर्फ सञ्जु चौधरीको तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ, ५ भदौ । इण्डोनेशिया जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनतर्फ नेपालकी सञ्जु चौधरीले आज तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । यसअघि नेपालगञ्जमा भएको एशियालयी खेलकूद छनोटम...
श्रमिक समस्या निराकरणका लागि मध्यपूर्व क्षेत्रीय भेला

श्रमिक समस्या निराकरणका लागि मध्यपूर्व क्षेत्रीय भेला

काठमाडौँ, ५ भदौ । मध्यपूर्वका देशमा कार्यरत नेपालीले भोग्नुपरेका समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को छैटौँ मध्यपूर्व क्षेत्रीय बैठक संयुक्त अरब इमिरेट्स(युएई)को दुबईमा शुरु हुँदैछ । यही भदौ ७ गतेदेखि शुरु हुने सो बैठकमा घरेलु कामदारका समस्या, अंगभंग र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा, वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण र निःशुल्क टिकट ...
प्रधानमन्त्री ओलीद्वारा घर–घरमा पाइपलाइन ग्यासको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा घर–घरमा पाइपलाइन ग्यासको उद्घाटन

विराटनगर, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन् । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ । अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्यास लग...
error: Content is protected !!