काठमाडौँ, ५ भदौ । नेपाल ग्यास उधाेगले नयाँ प्रविधिकाे कम्पाेजिट सिलिन्डर बजारमा ल्याएकाे छ । साे सिलिन्डरकाे बिक्रि प्रवद्र्घन उद्घाटन उधाेग बाणिज्य तथा अापूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले गरेका हुन् ।

Advertisement

नयाँ कम्पाेजिट सिलिन्डर पूर्ण सुरक्षित र विस्फाेट नहुने विशेषतायुक्त छ । यसलार्इ अागाेले विस्फाेट गर्न सक्दैन्, त्यसैले उपभाेक्ताले अाफू पूर्ण सुरक्षित भएकाे विश्वास गर्छन् ।

हरेक कम्पाेजिट सिलिन्डरलार्इ प्रयाेगशालामा परीक्षण गरिएकाे हुन्छ ।

याे सिलिन्डर पारर्दशि भएकाले उपभाेक्ताले ग्याँसकाे लेभल सजिलै जाँच्न सकिन्छ । अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकाेफ्रेन्डली मानिएकाे साे सिलिन्डर सबै माैसममा उपयुक्त मानिएकाे छ ।

हाल बिक्री बितरणका लागि कम्पाेजिट सिलिन्डर १४:२ केजी ५ केजीमा उपलब्ध छ । हाल यसका २६० भन्दा बढी डिलरले काठमाडाैंमा सेवा पुर्याइरहेका छन् भने उपत्यकाबाहिर २ सय बढी डिलर रहेका छन् । अाजकाे राजधानी दैनिकमा याे खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!