घरआँगनमै मधेश सरकारः सङ्घीयताको उपलब्धि हुँदै

घरआँगनमै मधेश सरकारः सङ्घीयताको उपलब्धि हुँदै

वीरगञ्ज, ७ माघ । पश्चिमी पर्सास्थित ठोरी गाउँपालिका–४ बस्ने मोहन श्रेष्ठकी छोरी कृतिले सर्वसुलभ तरिकाबाट वंशजको नागरिकता पाउँदा घरआँगनमै मधेश सरकार आएको भनी खुशी ब्यक्त गरेकी छन् । विसं २०६३ यता आफनो अधिकारका लागि भएको तीन चरणको मधेश आन्दोनलको उपलब्धिका रुपमा घरआँगनमै मधेश सरकार आएपछिको परिणाम कृतिले घरदैलामा आधाघण्टामै वंशजको नागरिकता पाउनु हो । बलिदानीपूर्ण सङ्घर्षको यात्राबाट सङ्घीयता व्याव...
पशुबधशाला प्रयोगविहीन

पशुबधशाला प्रयोगविहीन

गाईघाट, ७ माघ । उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारमा निर्माण गरिएको पशुबधशाला नौ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । त्रियुगा नगरपालिकाले रु आठ लाखको लागतमा २०६६ सालमा निर्माण गरिएको चार कोठे सो पशुबधशाला केही महीनामै प्रयोगविहीन बनेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका मोहनकुमार खड्का बताउनुहुन्छ । बजारमा मनपरी ढङ्गले पशुबध गर्न थालिएपछि सो पशुबधशाला निर्माण गरिएको हो । “बधशाला भवन जीर्ण...
शेयर बजार : दोहोरो अङ्कले घट्यो

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, ७ माघ ।  धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खर...
हत्यारा पत्ता लगाउन दवाव दिँदै

हत्यारा पत्ता लगाउन दवाव दिँदै

भीमदत्तनगर, ७ माघ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताउनुभएको छ । सोमबार नगरपालिका–२ स्थित निर्मलाको घर पुगेका प्रवक्ता शर्माले उक्त प्रकरण काङ्ग्रेसले संसद्मा उठाउँदै आएको बताउनुभयो । “निर्मला प्रकरणको अनुसन्धान गर्न काङ्ग्रेस सद...
कलाकार न्यौपानेको निधन

कलाकार न्यौपानेको निधन

काठमाडौँ, ७ माघ । कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ । दमका रोगी मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिनुभयो । मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गर्नुभएको थियो । मुनालको आजै अन्त्यष्टि गरिने भएको छ । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिने शर्माल...
राष्ट्रियसभाको दोस्रो बैठक अवरुद्ध

राष्ट्रियसभाको दोस्रो बैठक अवरुद्ध

काठमाडौँ, ७ माघ । राष्ट्रियसभाको आजको दोस्रो बैठकसमेत प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरुद्ध गरेको छ । आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको पहिलो बैठक अवरुद्ध गरेको काङ्ग्रेसले दोस्रो बैठकमा समेत अवरोध जारी राखेको हो । दोस्रो बैठक शुरु हुने बित्तिकै काङ्ग्रेसका सांसदल...
युवालाई लिम्बू भाषा सिकाउँदै

युवालाई लिम्बू भाषा सिकाउँदै

भद्रपुर, ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात् ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै हुनुहुन्थ्यो–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका उपाध्यक्ष धनप्रसाद केरुङले लिम्बू भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आफ्नै घरमा प्रत्येक हप्ताको शनिबार लिम्बू भाषासम्बन्धी कक्षा सञ्चालन गर्दै आएका छन् । त्यहीँ लिम्...
पाँचधारे पोखरी संरक्षणविहीन

पाँचधारे पोखरी संरक्षणविहीन

भोजपुर, ७ माघ । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ । विसं १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्त पोखरी स्थानीयवासी तथा सरोकारवाला निकायले बेवास्ता गर्दा जीर्ण बनेको हो । यसै पोखरीको नामबाट प्रत्येक महीना दुई पटक यस ठाउँमा बजार समेत लाग्ने गर्दछ । पछिल्लो सयम पोखरीको संरक्षण नहुँदा यसको ऐतिहासिक महत्व नै हराउँदै गएको छ । पर्यटकीय स्थल टेम्के डाँडाको...
‘स्मार्ट’ चालक अनुमतिपत्रमा अस्पष्टता

‘स्मार्ट’ चालक अनुमतिपत्रमा अस्पष्टता

ललितपुर, ७ माघ । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उहाँ अनुमतिपत्र नलिई फर्कनुभयो । दुई पटकसम्म चालक अनुमतिपत्र लिन एकान्तकुना पुग्दा उहाँलाई चालक अनुमतिपत्र छापिन नै बाँकी रहेको त्यहाँ कार्यरत कर्मचारीले बताएका थिए । तेस्रो पटकमा पाएको चालक अनुमपितपत्र पनि अस्पष्ट भएपछि उहाँ निराश बन्नुभएको छ । समीर जस्तै धेरै सेवाग्र...
टिएमजे क्षेत्रमा रोकिएन गुराँस फडानी

टिएमजे क्षेत्रमा रोकिएन गुराँस फडानी

तेह्रथुम, ७ माघ । संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् । विभिन्न चाडपर्व र जाडोका लागि उपभोक्ताले इन...
धनकुटाबाट ठूलो परिमाणमा गाँजासहित २ जना पक्राउ

धनकुटाबाट ठूलो परिमाणमा गाँजासहित २ जना पक्राउ

धनकुटा, ७ माघ ।  ठूलो परिमाणमा गाँजासहित धनकुटा प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका–९ मुलघाटबाट ३७ किलो गाँजासहित छिन्ताङका २० बर्षीय भुपाल राई र २० बर्षकै जजल राईलाई प्रहरीले पक्राउ गरेको हो । मुलघाट प्रहरी चौकीको टोलीले बिहान करिव ५ बजे उनीहरुलाई नियन्त्रणमा लिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई बताए । गाँजा ओसार्न प्रयोग भएको बा.२६ प.६५४...
चेपाङ किशोरीमाथि कुटपिट र करणीको प्रयास

चेपाङ किशोरीमाथि कुटपिट र करणीको प्रयास

चितवन, ७ माघ ।  राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार अन्दाजी १७ वर्षीया एक किशोरीमाथि कुटपिटपछि करणीको प्रयास भएको छ । उनीसँगै रहेकी १० वर्षीया अर्की बालिकामाथि निर्घात कुटपिट भएको आचार्यले बताउनुभयो । घटनाको साँझ ७ बज...
स्वस्थानी व्रत एवं माघस्नान शुरु

स्वस्थानी व्रत एवं माघस्नान शुरु

काठमाडौँ, ७ माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको शुरुवात् हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार ख...
विद्यार्थी पढाउने अभिभावकलाई फलफूलका बिरुवा

विद्यार्थी पढाउने अभिभावकलाई फलफूलका बिरुवा

बेत्रावती, ७ माघ ।  नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ । जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका बासिन्दाले आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेकाले उनीहरूको आर्थिक उपार्जनमा सहयोग पु¥याउन फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेम स्याङत...
कपिल शर्मा शोमा फर्किदै ‘मसुर गुलाटी’

कपिल शर्मा शोमा फर्किदै ‘मसुर गुलाटी’

लोकप्रियताको उत्कर्षमा रहेको भारतिय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ अचानक बन्द भयो । बन्द हुनुमा यसका मूख्य संचालक कपिल शर्मा र को-स्टार सुनिल ग्रोवरबीचको कलह कारण थियो । कुनै कार्यक्रममा सहभागी भएर भारत र्फकदै गर्दा हवाइजहाजमै उनीहरुबीच विवाद भयो । त्यो विवाद यति चर्कियो कि, त्यसले कपिल शर्माको करियरलाई सतहमा पुर्‍याइदियो । त्यहाँबाट उठ्न कपिलले अनेक यत्न गरे, तर सबै प्रयास विफल भयो । यसब...
तेह्रौँ साग निर्धारित मितिमा नहुने

तेह्रौँ साग निर्धारित मितिमा नहुने

काठमाडौँ, ७ माघ ।  नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महीना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ । साग आयोजनको मुख्य स्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अझै तयार भइनसकेकाले आगामी मार्च महीनाका लागि तय भएको साग सर्ने ...
कांग्रेसले अवरुद्ध गर्यो राष्ट्रियसभा बैठक

कांग्रेसले अवरुद्ध गर्यो राष्ट्रियसभा बैठक

७ माघ, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आफ्नो स्थानबाट उठेर बैठकमा अवरोध गरेका हुन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आसन ग्रहण गर्न आग्रह गरे पनि कांग्रेस सांसदहरुले मानेनन् ।
तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण

तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण

तेह्रथुम, ७ माघ ।  म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको स...
तेह्रथुममा स्वरोजगार कोषको रु ७० करोड लगानी

तेह्रथुममा स्वरोजगार कोषको रु ७० करोड लगानी

तेह्रथुम, ७ माघ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तेह्रथुम जिल्लामा रु ७० करोड बढी रकम लगानी गरेको छ । युवालाई स्वरोजगार बनाउने ध्येयले कोषले जिल्लाका विभिन्न सहकारी संस्थामार्फत रु ७० करोड २० लाख बढी रकम लगानी गरेको हो । त्यतिका रकम लगानीका लागि विभिन्न सहकारी संस्थासँग सम्झौता भई हालसम्म रु ५५ करोड ७० लाख लगानी भइसकेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति...
एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने

एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने

काठमाडौँ, ७ माघ ।  थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो । कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ पहिलो खेल खेल्नेछ । छनोटको कठिन समूहमा परेको नेप...
केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

काठमाडौँ, ७ माघ । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिनुभयो । “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको हो”, उहाँले ...
तीन जनप्रतिनिधिको सराहनीय कार्य

तीन जनप्रतिनिधिको सराहनीय कार्य

गलेश्वर, ७ माघ ।  विलासी साधन र सुविधाको दुरुपयोगका कारण आलोचित बन्दै गएका जनप्रतिनिधिका बीच म्याग्दीका तीन जनप्रतिनिधिले आफूले पाएको सुविधा पनि जनताको सेवाका लागि खर्च गरेर उदाहरणीय बनेका छन् । म्याग्दीको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफूले पाउने सुविधा जनताको सेवाका लागि खर्च गर्ने गरेक...
चितुवाको छालासहित युवक पक्राउ

चितुवाको छालासहित युवक पक्राउ

सुर्खेत, ७ माघ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको एक र चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चितुवा तथा ध्वाँसे चितुवाको छालासहित युवकलाई पक्राउ गरेको हो । ५ नं प्रदेशको अपराध अनुसन्धान समूहको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र सो अपराध अनुसन्धान समूहको संयुक्त टोलीले कर्णाली राजमार्गअन्तर्गत वीरेन्द्रनगर नगरपा...
प्याब्सन खेलकुद प्रतियोगिता हुने

प्याब्सन खेलकुद प्रतियोगिता हुने

विराटनगर, ७ माघ । आजको विश्वमा सैद्धान्तिक ज्ञानलाई भन्दा प्रयोगात्मक सिकाइ प्रक्रियाले महत्व पाओस् भन्ने अवधारणाका साथ १०औँ प्याब्सन स्र्पोट्स मिट–२०७५ माघ १० गतेदेखि हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, मोरङद्वारा लक्ष्मी खेलमैदान लक्ष्मीमार्ग बेलाबारीमा एक सातासम्म हुने सो प्रतियोगितमा २३८ विद्यालयका एक हजार ५०० विद्यार्थीले भाग लिने आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्...
२०७५ माघ ७ गते सोमबार/आजको राशिफल

२०७५ माघ ७ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल माघ ७ गते। सोमबार। इश्वी सन् २०१९ जनवरी २१ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आवेशमा काम गर्दा विवादमा परिनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेतले आस मारेको काम समेत सम्पादन हुनेछ। कृषि र व्यापारतर्फ दिगो काम सुरु हुनेछ। नोकरीमा चिनजानका माध्यमले फाइदा दिलाउनेछ। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्...
धनकुटामा अब चौबिसै घण्टा आँखा उपचार सेवा

धनकुटामा अब चौबिसै घण्टा आँखा उपचार सेवा

धनकुटा, ६ माघ । डा.रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले सेवाग्राहिको सहजताका लागि चौबिसै घण्टा आँखा उपचार सेवा सञ्चालन गरेको छ । सार्वजनिक विदामासमेत खुल्ला रहनेगरी अव चौबिसै घण्टा सेवा सुचारु गरिएको अस्पताल सञ्चालक नेपाल नेत्र ज्योति संघका अध्यक्ष दोर्ण प्रसाद गुरागाँईले जानकारी दिए । यसअघि विहान १० देखि अपरान्ह ३ बजेसम्म उपचार हुने गरेको थियो । शनिवारसहित सार्वजनिक बिदाको समयमा आँखामा केहि ...
मेलम्चीको ठेक्का सम्झौता रद्द गर्न छलफल

मेलम्चीको ठेक्का सम्झौता रद्द गर्न छलफल

काठमाडौँ, ६ माघ ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत महीना निर्माण व्यवसायी क...
घुस लिएको अभियोगमा पक्राउ

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, ६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित अर्का एक सहयोगीलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगका अनुसार एक सेवाग्राहीको जग्गा हाल साविक गर्ने प्रयोजनका लागि नायब सुब्बा कुमारबहादुर राजभण्डारी र सहयोगी बाबुराजा शाक्यले रु छ हजार घुस लिँदालिँदै कार्यकक्षबाटै पक्राउ गरिएको हो । आरोपी दुवैको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामे...
फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

मुसिकोट, ६ माघ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त दश वर्षपछि पक्राउ परेका छन् । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ मग्माका ४७ वर्षीय डम्बर खत्रीलाई प्रहरीले आज उनकै घरबाट पक्राउ गरेको हो । प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीका अनुसार खत्रीले २०६५ जेठमा गाउँकै ४३ वर्षीया घिउकुमारी परियारसँग अवैध सम्पर्क राखेर नवजात शिशुको हत्या गरेका थिए । जिल्ला अदालत रुकुमले खत्री र परियारलाई २०६६ असोज ...
चुकन्दरको रस दैनिक खाँदा शरिरमा देखिन्छन् यी ७ प्रभाव

चुकन्दरको रस दैनिक खाँदा शरिरमा देखिन्छन् यी ७ प्रभाव

स्वास्थ्य क्षेत्रका जानकारले चुकन्दरलाई ‘सुपरफुड’को संज्ञा दिँदै प्रत्येक व्यक्तिले यो खानै पर्ने सल्लाह दिन्छन् । यो सल्लाह यत्तिकै दिइएको होइन । चुकन्दर एक प्रकारको जमिन मुनी फल्ने तरकारीको रुपमा खान सकिने वनस्पती हो । यसले आफ्नो पौष्टिक तत्व प्राकृतिक रुपमा जमिनबाटै पाएको हुन्छ । तपाईंले यो तरकारीलाई आफ्नो दैनिकको आहारमा समावेश गर्दा के हुन्छ ? के तपाईंले अलौकिक शक्ति प्राप्त गर्नुहुन्छ ? यस...
सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री शेरधन राई

सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री शेरधन राई

इलाम, ६ माघ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको टिप्पणी गर्नुभएको छ । आज इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै मुख्यमन्त्री राईले सङ्घीयता गिराउन विभिन्न पक्षबाट अनेक दाउपेच भइरहेको बताउनुभयो । “हामी सङ्घीयताको नयाँ अभ्यासमा छौँ । त्यही भएर हामी आफ्नो बाटो आफैँ बनाउँदै छौँ”, राईले भन्नुभयो, “हामी नयाँ ढाँचामा क...
error: Content is protected !!