महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा
मेलम्ची, ८ माघ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ ।
सोमबारदेखि शुरु भएको कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुका ५ बजेसम्म चल्ने कक्षामा दिवा खाजा र प्रतिविद्यार्थी रु एक हजार बराबरको स्टेशनरीको समेत व्यवस्था गरिएको छ ।
चौतारा बहुमुखी क्याम्पसमा आउँदो फागुन ७ गतेसम्म तयारी कक्षा सञ्चालन गरिने बताइएको छ । न...































