‘छक्का पञ्जा २’ फेरि प्रदर्शन हुँदै

‘छक्का पञ्जा २’ फेरि प्रदर्शन हुँदै

२०७४ सालको दशैंमा रिलिज भएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने भएको छ । दर्शकहरुको चाहना बमोजिम फिल्म रि-रिलिज गर्न लागिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका छन् । अर्को वर्षको दोस्रो साता अर्थात् बैशाख १३ गतेबाट फिल्म देशभर पुनः एकपटक प्रदर्शनमा आउने तय भएको छ । यो मितिमा कुनै फिल्म प्रदर्शनमा आउँदै छैनन् । हलिउडको बहुप्रतिक्षीत फिल्म ‘एभेन्जरः इन्ड गेम’ आउन लागेका कारण य...
अध्यक्ष दाहाल आज अमेरिका जाँदै

अध्यक्ष दाहाल आज अमेरिका जाँदै

काठमाडौँ, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आज साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या...
स्यालमाथि कुखुराले आक्रमण गर्दा स्यालको मृत्यु

स्यालमाथि कुखुराले आक्रमण गर्दा स्यालको मृत्यु

बीबीसी । फ्रान्सको उत्तर–पश्चिम भागमा रहेको एक स्कुले फार्ममा पसेको एक स्याल फार्मका कुखुराको झुण्डको आक्रमणमा परेर मरेको विश्वास गरिएको छ । फर्ममा स्यालको एक सानो बच्चा पसेको थियो । तर उ गलत समयमा गलत ठाँउमा पुगेको थियो । स्याल फार्म पसेपछि आत्तिएका कुखुराहरुको झम्टाईमा परेर स्याल मरेको हो । फार्ममा त्यो समय तीन हजार कुखुरा थिए । यो अनौठो घटना फ्रान्सको ब्रिटानीमा भएको हो । फार्मका प्रमुख प...
डाँकाबाट जोगिन हरेक माघ १ गते भारतलाई तिरो तिर्छन् नेपाली

डाँकाबाट जोगिन हरेक माघ १ गते भारतलाई तिरो तिर्छन् नेपाली

काठमाडौं । उनीहरू नेपालकै बासिन्दा हुन् । सरकारी काम परे गाउँपालिकामै पुग्नुपर्छ । तर उनीहरूले भारतीय प्रशासनलाई बर्सेनि तिरो तिर्छन् । तिरोमा नगद र जिन्सी दुवै पर्छन्। कैलालीको नेपाल–भारतको सीमा नदी मोहनापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएका कैलारी गाउँपालिका–३ का मोहनपुर र शिवरत्नपुर तथा ७ को हौसलपुरका बासिन्दाले हरेक माघ १ मा निकुञ्ज प्रशासनलाई वार्षिक तिरो तिर्छन् । मोहनपुरका ६१ ...
एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड

एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड

गलेश्वर, ३ चैत । म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई)मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएकोे हो । सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको ...
मन्त्रिपरिषद् पुनर्गठन हुँदै, को को आउँदैछन् , को को  हट्दैछन् ?

मन्त्रिपरिषद् पुनर्गठन हुँदै, को को आउँदैछन् , को को हट्दैछन् ?

काठमाडौं । सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन् । प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयदेखि मन्त्र...
‘विप्लव’ समूहमाथि घुँडामुनी गोली हान्न निर्देशन

‘विप्लव’ समूहमाथि घुँडामुनी गोली हान्न निर्देशन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनी गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने । विस्फोट र आगजनीका घटना बढाएरका चन्द कार्यकर्ताले जनप्...
देशभर बन्दै गरेका आयोजनाकाे सरकारले सिंहदरबारबाटै ‘लाइभ’ हेर्ने

देशभर बन्दै गरेका आयोजनाकाे सरकारले सिंहदरबारबाटै ‘लाइभ’ हेर्ने

काठमाडौं । सरकारले देशभर बन्दै गरेका आयोजनालाई सिंहदरबारबाटै हेर्ने गरी संयन्त्र बनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो योजना अघि बढाएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सोचअनुसार अघि बढेको यो योजनाअन्तर्गत कुन ठाउँमा के कस्ता आयोजना छन् र तिनको अवस्था के छ भनेर सिंहदरवारबाटै संवाद गर्न मिल्ने बताइएको छ। यसका लागि सरकारले तत्काल समस्या समाधान केन्द्र स्थापना गरेको छ...
पाँचथरमा आगलागी हुँदा छ घर जलेर नष्ट

पाँचथरमा आगलागी हुँदा छ घर जलेर नष्ट

हिलिहाङ, ३ चैत । पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेका हुन् । आगल...
२०७५ चैत ३ गते आइतबार/आजको राशिफल

२०७५ चैत ३ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल चैत ३ गते। आइतबार। इश्वी सन् २०१९ मार्च १७ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। आफन्तको सहयोग जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहो...
पूर्वराजा शाह उदयपुरमा

पूर्वराजा शाह उदयपुरमा

उदयपुर, २ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले उदयपुरको मन्दिरमा पुजा अर्चना गर्नु भएको छ । मध्ये तराईको भ्रमणको क्रममा उदयपुर पुग्नुभएको पूर्वराजा शाहले गाईघाटको राधाकृष्ण मन्दिर लगायतका विभिन्न मन्दिरमा पुजा गर्नु भएको हो । राजा शाहले राधामाधव समितिको भवनको समेत अवलोकन गर्नुभएको छ । राधाकृष्ण मन्दिर, भगवती मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पुजा गरेको प्रचारप्र...
भिजाएकाे मेथि ग्याष्ट्रिक, सुगर र पायल्स भएकाहरूले सेवन गर्नु फाइदा

भिजाएकाे मेथि ग्याष्ट्रिक, सुगर र पायल्स भएकाहरूले सेवन गर्नु फाइदा

एजेन्सी । मेथीदानामा अत्यधिक पौष्टिक तत्त्व पाइन्छन् । यसलाई राति भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्‍याउने गर्दछ । मेथी दानाका फाइदा मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपुर मात्रामा फाइबर्स, प्रोटिन, स...
विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने

विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने

विराटनगर, १ चैत । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट(नाटा)को आठौँ प्रदेशस्तरीय वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशका पहाडी जिल्लामा हवाई उडानका लागि सङ्घीय सरकारका साथै निजी वायुसेवालाई अनुरोध गरिएका...
बंगलादेशलाई ३–० ले पराजित गर्दै नेपाल समूह विजेता

बंगलादेशलाई ३–० ले पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौँ, २ चैत । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ । नेपालले बंगलादेशलाई ३–० गोलले पाखा लगाएसँगै पाँचौं संस्करणमा चौथो पटक नेपाल फाइनलमा पुगेको हो । शनिबार (आज) विराटनगरस्थित शहीद रंगशालामा आत्मघाती गोलबाट खेलमा नेपालले अग्रता लिएको थियो । नेपालका लागि सावित्रा भण्डारी र अञ्जली कुमारी योञ्जनले एक एक गोल गर्न सफल बने । मसुरा प्रविनले पाँचौं मिनेटमा आत्मघाती गोलका कारण नेपाल...
नेपालमै गाडी बनाउन साढे १० अर्बको कोरियन लगानी स्वीकृत

नेपालमै गाडी बनाउन साढे १० अर्बको कोरियन लगानी स्वीकृत

काठमाडौँ, २ चैत । लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको बोर्डको ३५ औं बैठकले उक्त निर्णय गरेको हो । बैठकले अरुण–३ जलविद्युत् परियोजना...
२०७५ चैत २ गते  शनिबार/आजको राशिफल

२०७५ चैत २ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल चैत २ गते। शनिबार। इश्वी सन् २०१९ मार्च १६ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। लेनदेनमा अलि होसियार रहनुहोला...
राष्ट्रपति स्वदेश फिर्ता : महिला सशक्तीकरणमा नेपालले हासिल गरेका प्रगति विश्वलाई सन्देश

राष्ट्रपति स्वदेश फिर्ता : महिला सशक्तीकरणमा नेपालले हासिल गरेका प्रगति विश्वलाई सन्देश

काठमाडौँ, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिई आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री र परराष्ट्रमन्त्रीले स्वागत गर्नुभएको थियो । सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैध...
घुस लिएको अभियोगमा पक्राउ

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, १ चैत । नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्रा प्रदीपकुमार कोइरालाका अनुसार मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि निमायनुसार गर्नुपर्ने काममा बाहना बनाइ रु २२ हजार घुस माग्दै गरेको अवस्थामा नायब सुब्बा रो...
नेपालमा २० प्रतिशत पानी मात्रै सदुपयोग

नेपालमा २० प्रतिशत पानी मात्रै सदुपयोग

काठमाडौँ, १ चैत । नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति सात हजार घनमिटर बराबरको पानी उपलब्ध भए पनि उचित सदुपयोग हुन नसक्दा त्यसले कुनै सार्थक प्रभाव पार्न सकेको छैन । वर्षाको समयमा अत्यधिक मात्रामा वर्षा भए पनि त्यस्तो पानी जोगाएर राख्न सकिएको छैन । नेपाल जलस्रोतमा धनी रहेको बताउने गरिए पनि कूल उपलब्ध पानीमध्ये २० प्रतिशत बराबरको पानी मात्रै सदुपयोग हुन सकेको छ । सदुपयोग भएको पानीमध्ये सिँचाइ, ऊर्जा,...
झुक्केर पनि नगर्नुहोस् यी काम सुत्नु भन्दा अगाडी

झुक्केर पनि नगर्नुहोस् यी काम सुत्नु भन्दा अगाडी

काठमाडौँ । मानिसका आफ्ना आफ्नै बानी तथा व्यवहारहरु हुन्छ । कहिलेकाहीँ आफ्ना गलत बानीले स्वास्थ्यमा ठुलै समस्या पुर्यारहेका हुन्छन्, तर हामी अनविज्ञ हुन्छौँ । सुत्नुभन्दा अगाडि गर्ने र उठिसकेपछि गर्ने कार्यमा विभिन्न तथ्य लुकेका हुन्छन् । सुत्नुअघि केही कुरामा विचार गरिएन भने अस्वस्थता र रोगको भारी बोकेर समस्यामा पर्न सकिने हुन्छ । सुत्नु अगाडि खाना रातको खाना सकेसम्म सुत्नु अगाडि खानु हुँदैन ।...
खोटाङमा भिषण डढेलो

खोटाङमा भिषण डढेलो

खोटाङ, १ चैत । खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायीक वनबाट सुरु भएको डढेलो घलेगाउँमा छिरेको छ ।भिषण डढेलोले रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेसर पाण्डे र भीम पाण्डेको घर जलिसकेको छ । डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घरसमेत जलिसकेको छ । डढेलोले अन्य घर समेत जोखिममा परेक...
अवकाश हुने अस्थायी शिक्षकको विवरण खोजिँदै

अवकाश हुने अस्थायी शिक्षकको विवरण खोजिँदै

काठमाडौँ, १ चैत । सरकारले आन्तरिक परीक्षामा असफल भएका र परीक्षामा भाग नलिएका अस्थायी शिक्षकलाई सुविधासहित अवकाश दिन प्रक्रिया आरम्भ गरेको छ । शिक्षा ऐनको आठौँ र नवौँ संशोधनको व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो प्रक्रिया थालेको हो । शिक्षा ऐन, २०२८ (नवौँ संशोधन) को दफा ११ (च) को उपदफा (९) अनुसार ती शिक्षकको विवरण यकिन गरी सेवाको अ...
आतङ्कवादी आक्रमणको निन्दा

आतङ्कवादी आक्रमणको निन्दा

काठमाडौँ, १ चैत । न्यूजिल्याण्डको क्राइष्ट चर्चस्थित मस्जिदमा आज भएको गोलीकाण्डमा दर्जनौँ मारिएको खबरबाट सरकार स्तब्ध भएको छ । अविवेकी आतङ्कवादी उक्त कृत्यको सरकारले घोर निन्दा गरेको छ । न्यूजिल्याण्ड सरकार तथा उक्त हमलामा ज्यान गुमाएकाहरूका परिवारजनमा नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेको छ । साथै सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
‘हाम्रो माया जिन्दाबाद’ लिएर आए शिशिर ‘ट्विन्स–गर्ल’ प्रिज्मा र प्रिन्साको साथमा

‘हाम्रो माया जिन्दाबाद’ लिएर आए शिशिर ‘ट्विन्स–गर्ल’ प्रिज्मा र प्रिन्साको साथमा

काठमाडौं । कलाकार तथा युट्युवर शिशिर भण्डारीको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । शिशिर भण्डारी र विन्दु परियारको आवाजमा ‘हाम्रो माया जिन्दाबाद’ गीतको भिडियोलाई सोसल मिडिया युट्युव मार्फत रिलिज गरिएको हो । शिशिर भण्डारीको शब्द तथा दीपक सिलवालको संगीतमा गीतलाई शाहस शाक्यले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा शिशिर भण्डारी र ‘ट्विन्स गर्ल’ प्रिज्मा र प्रिन्सा खतिवडा फिचर्ड छन् । भिडियोलाई नवर...
२०७६ सालमा १५ दिन सार्वजनिक विदा दियो सरकारले

२०७६ सालमा १५ दिन सार्वजनिक विदा दियो सरकारले

काठमाडौँ, १ चैत । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ । जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक विदा दिइएको छ । असार, साउ...
खोटाङको ‘बराहपोखरी’ : जहाँ संसारकै लोपोन्मुख माछा पाइन्छ

खोटाङको ‘बराहपोखरी’ : जहाँ संसारकै लोपोन्मुख माछा पाइन्छ

खोटाङ, १ चैत । चारैतिर वनजङ्गल बीचमा एकनासले अचल भएर बसेको छ, विशाल पोखरी । जसको मुहान र निकास केही देखिन्न । चारैतिर पहाडै पहाडको बीच भागमा रहेको समथर जमीनमा अवस्थित पोखरीको आयतन बाह्रै महीना एउटै देखिन्छ । जहाँ संसारकै लोपोन्मुख रातो माछा पाइने गरिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि १६ कोष दक्षिणमा पर्ने यो तालको नाम हो ‘बराहपोखरी’ । यसलाई सौन्दर्यकी खानीभन्दा फरक पर्दैन ।...
मुम्बईमा पुल भत्किदाँ छको मृत्यु

मुम्बईमा पुल भत्किदाँ छको मृत्यु

नयाँ दिल्ली, १ चैत । भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ पुग्नुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हाल स्थिर रहेको जनाइएको छ । स्थानीय समयानुसार बिहीबार साँझ...
माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?

माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?

चिप्लेढुङ्गा, १ चैत । सुन्दर नगरी पोखरा । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छ्रे हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन् । प्रकृतिप्रेमीहरुले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया’ जस्ता गीत रचेका छन् । कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाल विश...
टोटी नालामा तटबन्ध निर्माण

टोटी नालामा तटबन्ध निर्माण

कञ्चनपुर, १ चैत । जग्गा भूक्षय हुन नदिन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित टोटी नालामा रु ५० लाखको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ । सिँचाइ कार्यालयको सहयोगमा नालाको चार ठाउँमा तटबन्ध निर्माण शुरु गरिएको र तीे तटबन्ध २५० मिटर लामो र तीन मिटर उचाइको हुने वडाध्यक्ष लालबहादुर ऐरले बताउनुभयो । तटबन्ध निर्माणका लागि एक हजार ७०० घनमिटर ढुङ्गा र ४५० वटा ग्याबिन जाली प्रयोग गरिने र यसबाट २३...
दुनियाकै अनौठा केही विश्व कीर्तिमान

दुनियाकै अनौठा केही विश्व कीर्तिमान

एजेन्सी । गिनिज बुकमा आफ्नो नाम दर्ज गर्नका लागि मानिसहरु के के सम्म गर्न पछि पर्दैनन् ! रेकर्ड कायम गर्नका लागि वर्षौँसम्मको मिहिनेत तथा अभ्यास र त्यागको फल प्राप्त गरेर गिनिज बुकमा नाम चढाएसँगै मानिसहरु रातारात चर्चित हुन्छन् । बितेको वर्ष सन् २०१८ मा पनि केही त्यस्ता कीर्तिमानहरु गिनिज बुकमा दर्ज भए । तीमध्ये केही यस्ता छन्ः – विश्वमा सबैभन्दा लामा खुट्टा भएकी महिलाको कीर्तिमान रुसकी एकातेर...
‘आरआरआर’ मा आलिया भट्ट र अजय देवगनको भूमिका रहने पक्का

‘आरआरआर’ मा आलिया भट्ट र अजय देवगनको भूमिका रहने पक्का

सुपरहिट फिल्म ‘बाहुबली’ सिरिजका निर्देशक एसएस राजामौली तेलुगु फिल्म ‘रामा रावणा राज्यम’ अर्थात ‘आरआरआर’ लिएर आउँदैछन् । यस फिल्ममा बलिउड स्टार अजय देवगण र आलिया भट्ट रहने कुराको टुंगो लागिसकेको छ । यस कुराको आधिकारिक घोषणा पनि भइसकेको छ । यस विषयमा आरआरआर फिल्मको ट्विटर ह्याण्डल मार्फत लेखिएको छ, ‘स्वागत छ आलिया, तपाइँलाई हाम्रो फिल्मकी मुख्य अभिनेत्रीको रुपमा पाउँदा हामीलाई धेरै खुशी लागेको छ...
error: Content is protected !!