सुपरहिट फिल्म ‘बाहुबली’ सिरिजका निर्देशक एसएस राजामौली तेलुगु फिल्म ‘रामा रावणा राज्यम’ अर्थात ‘आरआरआर’ लिएर आउँदैछन् ।

Advertisement

यस फिल्ममा बलिउड स्टार अजय देवगण र आलिया भट्ट रहने कुराको टुंगो लागिसकेको छ । यस कुराको आधिकारिक घोषणा पनि भइसकेको छ ।

यस विषयमा आरआरआर फिल्मको ट्विटर ह्याण्डल मार्फत लेखिएको छ, ‘स्वागत छ आलिया, तपाइँलाई हाम्रो फिल्मकी मुख्य अभिनेत्रीको रुपमा पाउँदा हामीलाई धेरै खुशी लागेको छ । साथै जन्मदिनको अग्रीम शुभकामना ! आशा गर्छौँ हामीसँगको सहयात्रा सुखद् हुनेछ ।’

अभिनेत्री आलिया भट्टले पनि उक्त ट्वीटको जवाफ दिँदै लेखेकी छिन्, ‘म आज निकै नै खुशी छु । उत्कृष्ट कलाकार र भव्य टिमका साथ सुरु हुन गइरहेको सुन्दर सहयात्राको लागि म अब धेरै प्रतीक्षा गर्न सक्दिन । यहाँको निर्देशनमा बन्न लागेको यस फिल्ममा मलाई अवसर दिनुभएकोमा राजामौली सरलाई धेरै धन्यवाद ।’

यस फिल्ममा अजय देवगनको पनि अहम् भूमिका रहनेछ । यसका साथै फिल्ममा अजय देवगनको स्पेसल डान्स नम्बर रहने पनि बताइएको छ ।

एसएस राजामौलीले यस फिल्मका लागि भव्य तयारी गरिरहेका छन् । फिल्मको निर्माण डीबीबी दनयाले गरिरहेका छन् । आरआरआर एउटा पिरियड ड्रामा हो । यसको कथा सन् १९२० को समयमा आधारित हुनेछ ।

भारतको हैदराबादमा यस फिल्मको भव्य सेट लगाइएको छ । फिल्ममा आलिया भट्ट, अजय देवगनबाहेक जुनियर एनटीआर र राम चरनको मुख्य भूमिका रहनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!