काठमाडौं । उनीहरू नेपालकै बासिन्दा हुन् । सरकारी काम परे गाउँपालिकामै पुग्नुपर्छ । तर उनीहरूले भारतीय प्रशासनलाई बर्सेनि तिरो तिर्छन् । तिरोमा नगद र जिन्सी दुवै पर्छन्।

Advertisement

कैलालीको नेपाल–भारतको सीमा नदी मोहनापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएका कैलारी गाउँपालिका–३ का मोहनपुर र शिवरत्नपुर तथा ७ को हौसलपुरका बासिन्दाले हरेक माघ १ मा निकुञ्ज प्रशासनलाई वार्षिक तिरो तिर्छन् ।

मोहनपुरका ६१ घरपरिवारले चन्दन चौकी वन पोस्टमा १० किलो चामल र ५ किलो हल्दी बुझाउने गरेका छन् । शिवरत्नपुरका ८४ घरपरिवारले वार्षिक प्रतिघर ३ सय रुपैयाँ निकुञ्ज प्रशासनलाई बुझाउँछन् । हौसलपुरका ३५ परिवारले ४ पसेरी (२० किलो) चामल निकुञ्जलाई दिँदै आएका छन् । ‘तिरो बुझाएबापत निकुञ्जछेउको जंगलबाट घाँस, दाउरा बटुल्ने र बाख्रा चराउने सुविधा पाएका छौं,’ शिवरत्नपुरका रूपलाल चौधरीले भने।

स्थानीय फूलराम चौधरीले वार्षिक तिरो तिरेर निकुञ्ज प्रशासनलाई खुसी पार्नु आफूहरूको बाध्यता भएको बताए । ‘निकुञ्जबाट घाँस–दाउरा र गाईगोरु चराउने सुविधा लिन पाइन्छ,’ उनले भने, ‘बस्तीको सुरक्षाका लागि पनि तिरो तिर्न बाध्य छौं।’यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!