काठमाडौं । कलाकार तथा युट्युवर शिशिर भण्डारीको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । शिशिर भण्डारी र विन्दु परियारको आवाजमा ‘हाम्रो माया जिन्दाबाद’ गीतको भिडियोलाई सोसल मिडिया युट्युव मार्फत रिलिज गरिएको हो ।

Advertisement

शिशिर भण्डारीको शब्द तथा दीपक सिलवालको संगीतमा गीतलाई शाहस शाक्यले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा शिशिर भण्डारी र ‘ट्विन्स गर्ल’ प्रिज्मा र प्रिन्सा खतिवडा फिचर्ड छन् ।

भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका हुन्, भने नविन निरौलाले सम्पादन गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको निर्देशन रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!