- उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) - नेपाली पात्रो

वि.सं. २०७५ साल चैत ३ गते। आइतबार। इश्वी सन् २०१९ मार्च १७ तारिख।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। आफन्तको सहयोग जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

Advertisement

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अवसर आए पनि काम थाल्नुअघि विचार पुर्याउनुहोला। सुरुमा काम बिग्रनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यापारलगायत आर्थिक लाभ हुने काममा मन्दी आउन सक्छ। लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रशंसकहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन्। विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन गर्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। प्रयत्न गर्दा दिगो काम फेला पार्न सकिनेछ। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अवसर प्राप्त भए पनि परिस्थितिवश केही समस्या समेत देखा पर्नेछन्। कामको राम्रै मूल्यांकन भए पनि आम्दानी बढाउन निकै मिहिनेत पर्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वपूर्ण काम बीचमा रोकिनाले आयआर्जन घट्न सक्छ। सरसापटमा धन बाहिरिनेछ भने खर्च बढ्नाले कर्जा लिनुपर्ने हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बिग्रिएको सम्बन्ध सुधार्न निकै प्रयत्न गर्नुपर्ला। प्रक्रिया बिग्रनाले काममा बाधा हुन सक्छ। गोपनीयतामा सजग रहँदै प्रयत्न गर्दा विशेष जिम्मेवारी हातलागी हुनेछ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुहोला। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। कर्मयोगले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। समुदायको हितमा विशेष काम गर्न सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। अर्थअभावले सताउन सक्छ। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सानो काममा अधिक खर्च हुनाले चिन्ता बढ्नेछ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट विशेष सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाबाट नयाँ कामको अवसर प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। अध्ययनमा सामान्य उपलब्धि प्राप्त हुनेछ। काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला। प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। चिताएको काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ। व्यवसायमा सोचेको धनलाभ नहुन सक्छ। सन्तान वा अनुयायीले भने साथ दिनेछन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!