- गोमा ढुंगाना/संगालोखबर

धनकुटा, १८ कात्तिक । धनकुटामा आज ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को तेस्रो चरणको अडिसन हुँदैछ । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले टिन्स क्रियू डान्स सेन्टर धनकुटाले ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ आयोजना गरेको हो ।

यो चरणमा प्रवेश गरेका ८१ मध्येबाट ४० जना छनौट हुँने ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ का संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिएका छन । साउन ५ गतेबाट सुरु भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को पाँचौ चरण पार गरेपछि मंसिर २३ गते ‘फाईनल’ हुँदैछ ।

Advertisement
फाईल तस्वीर

पहिलो चरणमा धनकुटा बजार, झापाको विर्तामोड, सुनसरीको इटहरी, संखुवासभाको खादवारी, तेह्रथुमको बसन्तपुर र भोजपुरमा अडिसन गरी नृत्य, गायन र अभिनय बिधाका प्रतियोगिहरु छनौट गरिएको थियो ।

त्यसपश्चात क्रमस धनकुटामा अडिसन हुँदैछ । यसअघि धनकुटाको सामुदायिक भवनमा अडिसन हुँदै आएको भएपनि आज भने टुडिखेलमा अडिसन हुँने प्रतियोगिताका संयोजक योगीले बताएका छन ।

उनका अनुसार बिहान साँढे १० बजेबाट अडिसन सुरु हुँदैछ । संगालोखबर ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को अफिसियल मिडियाको रुपमा रहेको छ ।

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस्…

पूर्वाञ्चल गट ट्यालेन्टको दोस्रो चरणबाट ८१ जना छनौट (नामावलीसहित)

 

पूर्वाञ्चल गट ट्यालेन्टको दोस्रो चरणको पहिलो अडिसनबाट २८ जना छनौट

 

धनकुटामा भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसनमा ८७ छनौट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!