संगालोखबर सम्वाददाता

धनकुटा, १६ माघ । शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी धनकुटामा पनि मंगलबार शहीद दिवस मनाईएको छ । हुसाडेक नेपाल धनकुटाको आयोजनामा धनकुटा–७ वसपार्क स्थित शहीद स्मारक स्तम्भमा माल्यार्पण गरी शहीदहरुप्रति श्रद्धाञ्जली अपर्ण गरिएको छ ।

शहीद स्मारक स्तम्भमा माल्यार्पण गर्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले शहीदले देखेको सपना साकार पार्नु आफ्नो कर्तव्य भएकाले शहीदको सपना पुरा गर्न सदैव लागिपर्ने बताएका छन् ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टंक चुहान, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, महिला नेतृ, मानवअधिकारकर्मी लगायतले माल्यार्पण गरेका थिए । उनीहरुले शहीद स्तम्भमा फूलगुच्छा चढाई सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सरकारले शहीद दिवसकै अवसरमा सार्वजनिक विदा दिएको भएपनि स्तम्भमा माल्यार्पण गर्न सरकारी कर्मचारीको उपस्थित भने न्यून थियो । बसपार्कमा रहेको शहीद स्मारक स्तम्भ २०६० सालमा निर्माण गरिएको हो ।

हुसाडेक नेपालले निमार्ण गरेको शहीद स्मारक स्तम्भमा चार जना शहीदको फोटो राखिएको छ भने छिन्ताङ्ग हत्याकाण्डमा मारिएका १६ जना शहीदको नाम पनि शिलालेखमा समावेश गरिएको छ । सो स्थानमा हरेक बर्ष शहीद दिवसमा शहीदको संझना गर्ने गरिएको छ ।

यस्तै शहीद दिवसकै अवसर पारेर स्थानीय दीप इंग्लिस बोडिङ स्कुलको दीप इंग्लिस बाल क्लबले र्याली निकालेको छ । र्यालीले बजारका बिभिन्न क्षेत्रको परिक्रमा गरी स्थानीय शहीद स्मारकमा पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

उनीहरुले शहीद भीमनारायण श्रेष्ठको सालिकमा पनि माल्र्यापण गरेका छन् । शहीद दिवसकै अवसरमा बिद्यार्थीहरुले टुडिखेलको पनि सरसफाई गरेको बाल क्लवका संरक्षक शिक्षक खगेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!