देवकला कार्की/संगालोखबर

धनकुटा, १७ माघ । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको एघारौं जिल्ला अधिवेशनले छत्रप्रसाद अधिकारीको नेतृत्वमा नयॉ कार्य समिति चयन गरेको छ । मंगलवार राति सम्पन्न अधिवेशनबाट अध्यक्ष पदका प्रत्यासी नगेन्द्र भट्टराईलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

विजयी अधिकारीले ३ सय ९३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नगेन्द्र भट्टराईले ३ सय ५४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक रामबहादुर अधिकारीले जानकारी दिए । यसैगरी उपाध्यक्षमा राजेन्द्र याक्खा निर्वाचित भए । याख्खाले उपाध्यक्ष प्रत्यासी टंकबहादुर भुजेललाई पराजित गरे । याख्खाले ३ सय ७१ मत प्राप्त गरे भने प्रतिस्पर्धी भुजेलले ३ सय ६३ मत प्राप्त गरे ।

Advertisement

महिला उपाध्यक्षमा विमला राई निर्विरोध निर्वाचित भएकीछिन् भने सचिवमा तारानाथ मिश्र निर्वाचित भएका छन् । मिश्रले २ सय ५० मतको विरुद्ध ४ सय ७७ मतको फराकिलो जित हात पारे । कोषाध्यक्षमा माधवप्रसाद सुवेदी ४ सय २१ मत प्राप्त गर्दै निर्वाचित भए । प्रतिस्पर्धी खेमराज घिमिरेले ३ सय ६ मत प्राप्त गरे ।

सहसचिवमा चमेली लिंखा निर्विरोध निर्वाचित भइन् भने सहकोषाध्यक्षमा दिपकला श्रेष्ठ निर्विरोध निर्वाचित भइन् । यस्तै महाधिवेशन प्रतिनिधि तर्फ डिल्लीराम न्यौपाने, त्रिलोचन घिमिरे,शुक्र लिम्बु तथा महिला तर्फ बिमला लिम्बु विजयी भए ।

यसैगरि लेखा समिति सदस्य तर्फ उमेश अधिकारी, खगेन्द्र श्रेष्ठ र मनप्रसाद मगर निर्विरोध निर्वाचित भए । यस्तै अधिवेशनमा जिल्लाका सात वटै स्थानीय तहलाई समेट्ने गरि भुगोल सदस्य,महिला सदस्य तथा समावेशी सदस्य निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारीलाई वधाई तथा शुभकामना

नेपाल राष्ट्रिय शिक्षक संगठनको एघारौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन वुधवार कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमका वक्ताहरुले पेशागत हकहितका साथै जिल्लाको शैक्षिक गुणस्तर वृद्धिका लागी काम गर्नुपर्नेमा जोड दिदै नगरपालिका तथा गाउँपालिकाले तयार गर्ने शिक्षा नीति निमार्णका क्रममा महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

सो अवसरमा शुभकामना दिदै प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले शैक्षिक गुणस्तरलाई ध्यान दिंदै आवश्यकता अनुसार सुचना र प्रविधिको प्रयोग गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिए । राईले शिक्षकले अभिभावकको विश्वास जित्न सक्नुपर्ने भन्दै बालवालिकाको भविष्य सुनिश्चत गर्ने जिम्मेवारी शिक्षकमा रहने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, सदस्य शिव आङला, संगठनका निर्वतमान अध्यक्ष यज्ञप्रकाश चापागाई, निर्वतमान केन्द्रीय प्रतिनिधि नगेन्द्र भट्टराई, संगठनका पुर्वउपाध्यक्ष जीवन राई, पुर्व सचिव केदारप्रसाद अधिकारी, शिक्षक हित वचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र गुरागाई, नेकपा एमाले नगर कमिटी अध्यक्ष अर्जुन छारा लगायतले वधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी नवनिर्वाचित अध्यक्ष छत्रप्रसाद अधिकारीले गुणस्तरिय शिक्षाको विकासका लागी प्रतिबद्ध भएर लाग्ने बताए । उनले संगठनको कुशल व्यवस्थापन सहित शिक्षाका नीति निमार्ण तथा कार्यान्वयन चरणमा स्थानीय तहसँग छलफल गर्दै अगाडि बढ्ने बताए । कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव तारानाथ मिश्रले गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!