साहित्यकार झमक घिमिरे र पत्रकार रबिन कटेल सम्मानित (भिडियोसहित)

साहित्यकार झमक घिमिरे र पत्रकार रबिन कटेल सम्मानित (भिडियोसहित)

धनकुटा, १७ मंसिर । बरिष्ठ साहित्यकार झमक घिमिरे र संगालोखबरका प्रधान सम्पादक रबिन कटेल सम्मानित भएका छन् । धनकुटाको तमोर भ्याली सेकेण्डरी बोडिङ स्कुलले रजत जयन्ती तथा आठौं फडिन्द्रप्रसाद लुइटेल स्मृति दिवसको अवसर पारेर साहित्यकार घिमिरे र पत्रकार कटेललाई नगदसहित सम्मान गरेको हो । कार्यक्रममा साहित्यकार घिमिरेलाई प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले दोसल्ला र प्रमाणपत्र तथा विद्यालयका अध्यक्ष ...
अन्तुमा पर्यटक बढेसँगै पूर्वाधार अभाव

अन्तुमा पर्यटक बढेसँगै पूर्वाधार अभाव

पशुपतिनगर, १६ मङ्सिर । अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभाव भएको छ । सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन अन्तुमा दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका भए पनि पूर्वाधारको अभाव भएको हो । ग्रामीण पर्यटकीयस्थलको गतिलो गन्तव्य बनेको अन्तुमा पार्किङस्थल, पदमार्ग, खानेपानी र सार्वजनिक शौचालयको अभाव रहेको छ । बिहान झिसमिसेमा सूर्योदय हेर्न जङ्गलको बाटो भएर जानुपर्ने भए...
घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा खगेन्द्र नेपाल चयन

घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा खगेन्द्र नेपाल चयन

काठमाडाैँ, १५ मंसिर । घरेलु तथा साना उद्योग विकास समिति एकीकृत कर्मचारी सङ्घ केन्द्रीय कार्य समितिको अध्यक्षमा धनकुटा महालक्ष्मी नगरपालिका - ७ का खगेन्द्र नेपाल चयन भएका छन । समितिको शुक्रबार सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले नेपालको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा प्रचण्डकुमार न्यौपाने, महासचिवमा मिनराज खडका, कोषाध्यक्षमा कल्पना शर्मा, सचिवमा तारा पोखरेल र सहकोषा...
पाख्रीबासको सिमसार तालमा बोटिङ सरर…

पाख्रीबासको सिमसार तालमा बोटिङ सरर…

धनकुटा, १४ मंसिर । धनकुटाको पाख्रीबासमा रहेको पर्यटकीयस्थल संसारी सीमसार तालमा बोट (डुंगा) सञ्चालन थालिएपछि पर्यटकको आकर्षण बढेको छ । पाख्रीबास बजारबाट नजिकै रहेको स्थानमा आकर्षक ताल निर्माण गरिएसंगै पुनः डुंगा सञ्चालन थालिएको हो । डुंगा सञ्चालनमा आएपछि विगत भन्दा दोब्बर संख्यामा पर्यटक बढेको संसारी सीमसार संरक्षण क्षेत्रका अध्यक्ष ज्ञानबहादुर गुरुङले बताए । ३० फिट अग्लो बुद्धको प्रतिमा र जोर ...
अरुण तेस्रो आयोजनाप्रति घट्यो उद्योगी व्यवसायीको उत्साह

अरुण तेस्रो आयोजनाप्रति घट्यो उद्योगी व्यवसायीको उत्साह

विराटनगर, १४ मङ्सिर । अरुण तेस्रो आयोजनाका लागि भारतीय निर्माण कम्पनीले गिट्टी र बालुवाबाहेक सबै सामग्री भारतबाटै आपूर्ति गर्ने भनिएपछि यहांँका उद्योगी एवं व्यवसायीमा उत्साह कम देखिएको छ । नेपाल सरकार, परियोजना विकासकर्ता एसजेभिएन र अरुण–३ पावर डेभलप्मेन्ट कम्पनी प्रालि(एसएपिडिसी)ले संयुक्त रुपमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष अशोक मुरारकाले योजनामा लाग्ने...
अरूको कम्पनी आफ्नो भनेर ठग्ने पक्राउ

अरूको कम्पनी आफ्नो भनेर ठग्ने पक्राउ

विराटनगर, १२ मङ्सिर । मोरङ जिल्लाको लेटाङ गाउँपालिका–३ निवासी ५५ वर्षीय गुणराज ओझालाई ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । ठगी गर्ने व्यक्तिले विराटनगरमा तीन जनाको घर बहालमा लिई तमोर मेवा जलविद्युत् आयोजना पब्लिक लिमिटेडको म केन्द्रीय अध्यक्ष एवं प्रबन्धक हुँ भन्दै केही मानिसलाई विभिन्न पदमा करारमा नियुक्ति दिई २०७४ साल चैत १ गतेबाट कार्यालयमा उपस्थित गराउनुभएको थियो । ...
केरा खेतीमा गभारो रोग फैलिएपछि इलामका किसान चिन्तित

केरा खेतीमा गभारो रोग फैलिएपछि इलामका किसान चिन्तित

पशुपतिनगर, १२ मङ्सिर । इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । दक्ष प्राविधिकको अभावमा किसानका केरा बगान गभारो रोगले सखाप हुँदै गएको र केरा बिक्री गर्दा पनि एकाधिकारको समस्या भोग्नुपरेको नगरपालिका–२ का प्रवीण ढाकालले बताउनुभयो । माई नगरपालिका, च...
अलैँचीमा गुणस्तर खोजी शुरु

अलैँचीमा गुणस्तर खोजी शुरु

तेह्रथुम, १२ मङ्सिर । मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करीब दुई बोरा अलैँची बेच्न पिठ्युँमा बोकेर व्यापारी इन्द्र भण्डारीको पसल पुग्नुभयो तर अलैँची राम्रो नसुकेको भन्दै पुनः राम्ररी सुकाएर ल्याउन भनेपछि उहाँ चकित पर्नुभयो । विगतमा यसैगरी सुकाएर लाखौँको ‘कालो सुन’ कारोवार गरेका लिम्बूलाई व्यापारीले अलैँचीको गुणस्तर भएन भन्दा रिस पनि उठेको थियो । “पहिले यस्तै अलैँची व्यापारीले ख...
नोबेलको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार (भिडियोसहित)

नोबेलको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार (भिडियोसहित)

मोरङ, १२ मंसिर । नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ७१ जना बिरामीको भिडियो एक्सरे र ८५ जना विरामीको ल्यावटेष्ट गरिएको छ । हाडजोर्नी, आँखाको समस्या र दमका विरामी बढी मात्रामा शिव...
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी, १२ मङ्सिर। मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नं को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि उ...
छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ

छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ

ताप्लेजुङ, ११ मङ्सिर । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ । विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए । यस्तै डाँका मुद्दामा जिल्ला अदालतबाट ६ वर्ष कैद तथा रु दुई हजार ३०० जरिवाना ठहर भएका मेरिङ्देन गाउँपालिका–२ का ३५...
तमोर भ्यालीले सप्ताहव्यापी रजत जयन्ती मनाउँदै

तमोर भ्यालीले सप्ताहव्यापी रजत जयन्ती मनाउँदै

धनकुटा, १० मंसिर । धनकुटाको तमोर भ्याली सेकेण्डरी बोर्डिङ्ग स्कुलले रजत जयन्ती तथा आठौं फणिन्द्र लुइँटेल स्मृति दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । स्कुल स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउँन सात दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको हो । गत आईतवारदेखि आगामी शनिवारसम्म बिभिन्न कार्यक्रम गरेर रजत जयन्ती मनाउँन लागिएको विद्यालयका प्रद्यानाध्यापक दुर्गा लुइँटेलले...
नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी

नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी

खोटाङ, १० मङ्सिर । नाछिरिङ राई भाषाको वर्ण निर्धारणको काम थालिएको छ । पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एवम् पाठ्यपुस्तक प्रकाशनलगायत प्रयोजनका लागि स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारणको काम थालिएको हो । किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा विभिन्न आठ जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरेर वर्ण निर्धारणको काम थालिएको किरात रदु ...
आगलागीमा मृत्यु भएका चारै जनाको शव एउटै खाटमा

आगलागीमा मृत्यु भएका चारै जनाको शव एउटै खाटमा

भद्रपुर, १० मङ्सिर । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पु¥याएको छ । आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका सबै चार जना ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा (सुप्रिया) खनाल र चार महि...
झापाकाे शिवसताक्षीमा आगलागी, एकै परिवारका चार जनाको मृत्यु

झापाकाे शिवसताक्षीमा आगलागी, एकै परिवारका चार जनाको मृत्यु

झापा, १० मंसिर । शिवसताक्षी नगरपालिका ७ लालझोडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । राती ९ बजेको समयमा उक्त आगलागी भएको हो । खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ ।, आजको नेपाल समाचार पत्रमा यो खबर छ । प्रहरी निरीक्षक कैलाश रार्इका अनुसार, मृत्यु हुनेमा ...
इलाम र पाँचथरका सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको सफल परीक्षण

इलाम र पाँचथरका सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको सफल परीक्षण

मङ्गलबारे, ९ मङ्सिर । इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो । सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए । “प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ” वाङ्चु शेर्पाल...
इलामको एउटै गाउँमा प्रशोधन हुन्छ ४० हजार टन चिया

इलामको एउटै गाउँमा प्रशोधन हुन्छ ४० हजार टन चिया

इलाम, ९ मङिसर । चियाका प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् । किसान आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको किसानको भनाइ छ । उद्योग स्थापना गर्ने लहर चलेपछि अहिले एकै गाउँमा नौ वटासम्म उद्योग स्थापना भएका छन् । इलाम न...
अामाले छाडेपछि ५ वर्षीय बालक दुई वर्षदेखि दाम्लोमा

अामाले छाडेपछि ५ वर्षीय बालक दुई वर्षदेखि दाम्लोमा

फिदिम, ९ मंसिर । पाँचथरको मिक्लाजुङ– ५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोमा बाँधेर राखिएका छन् । हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन् । उनका बुवा आसिकराम विदेशमा छन् । उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ । उनी दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन् । नसकेपछि उनी रुँदै चिसो भुँइमा लडिबुडी गर्छन् । आज...
धनकुटामा एसियाको पहिलो एभोकाडो महोत्सव भव्य रुपमा सम्पन्न

धनकुटामा एसियाको पहिलो एभोकाडो महोत्सव भव्य रुपमा सम्पन्न

धनकुटा, ९ मंसिर । धनकुटामा आयोजना गरिएको एसियाको पहिलो एभोकाडो महोत्सव सम्पन्न भएको छ । धनकुटा नगरपालिका ६ स्थित परिचयमोडमा सनिवार उक्त महोत्सव आयोजना गरिएको थियो । एसियाको पहिलो महोत्सव आयोजना गरिएको आयोजक धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । महोत्सवको धनकुटाका प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले विशेष कार्यक्रमका बिच उद्घाटन गरेका थिए । ५० स्टल रहेको एक दिवसीय महोत्सव क...
भोजपुरमा शहीद स्मृति कभर्ड हल निर्माण अलपत्र

भोजपुरमा शहीद स्मृति कभर्ड हल निर्माण अलपत्र

भोजपुर, ७ मङ्सिर । जिल्ला सदरमुकाममा निर्माण थालिएको शहीद स्मृति कभर्ड हल अहिले अलपत्र बनेको छ । तत्कालीन माओवादी नेतृत्वको सरकारले शहीदको सम्झनामा पाँच वर्षअघि निर्माण थालेको हल अलपत्र हुँदा अहिले त्यहाँ झाँडी बनेको छ । निर्माण कार्यले निरन्तरता नपाउँदा सरकारको लाखौँ लगानी खेर गइरहेको छ । २५ लाखको लागतमा निर्माण थालिएको सो हल जग हालेपछि अलपत्र बनेको हो । एक रोपनी बढी क्षेत्रफलमा निर्माण शुरु ग...
दुहबीको जनजीवन सामान्य हुँदै

दुहबीको जनजीवन सामान्य हुँदै

इनरुवा, ७ मङ्सिर । सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीका फिदा हुसेनको हत्याको विषयलाई लिएर तनावग्रस्त दुहबीको जनजीवन सामान्य हुँदै गएको छ । विरोध प्रर्दशनरत पक्ष र स्थानीय प्रशासनबीच बिहीबार सहमति भएपछि आन्दोलरत पक्षले आफ्नो सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएकाले त्यहाँको जनजीवन सामान्य हुँदै गएको हो । बुधबार दिउँसोबाटै सहमतिको प्रयास थालिएकामा बिहीबार सहमति जुटेसँगै दुई दिनदेखि अवरुद्ध कोशी...
तेह्रथुमको पिप्लेमा आगलागी, सात लाख बराबरको क्षति

तेह्रथुमको पिप्लेमा आगलागी, सात लाख बराबरको क्षति

तेह्रथुम, ७ मङ्सिर । म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा  सात लाख मूल्यबराबरको सामान जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार घरको चुलोबाट अचानक निस्किएको आगो दुईतले कच्ची घरको बनेको फुसको छानोसम्म पुग्दा घरसहित  १० हजार, घरभित्र रहेको अन्नपात, काठपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको हो । आगलाग...
धनकुटामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा, ७ मंसिर । धनकुटामा गएराति पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–२ स्थित हिले–भीरगाँउ ग्रामिण सडकमा को.१ ज.१६५४ नम्बरको तरकारी बोक्ने पिकअप दुर्घटना हुँदा चालक भीरगाउँका ४१ बर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको हो । भीरगाँउको ढाँडखर्क सामुदायिक वन नजिक अनियन्त्रित भई पिकअप दुर्घटना भएको प्रहरी चौकी हिलेका इन्चार्ज यदु कुमार खड्काले संगालोखबरलाई जानकारी दिए ।...
वीपी प्रतिष्ठानको एमडिएमएसमा विदेशी विद्यार्थीको सिट नेपालीलाई

वीपी प्रतिष्ठानको एमडिएमएसमा विदेशी विद्यार्थीको सिट नेपालीलाई

मंसिर, ६ विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विदेशी सिटमा विद्यार्थी भर्ना नगरेको भन्दै परेको उजुरीमा उच्च अदालत विराटनगरले प्रतिष्ठानको पक्षमा फैसला गरेको छ । गत साउनमा प्रतिष्ठानले लिएको एमडिएमएसको प्रवेश परीक्षा उत्तिर्ण गरेका तर, काउन्सेलिङमा नआएका तीन विदेशी विद्यार्थीले आफुहरुको पढ्न पाउने अधिकार हनन भएको भन्दै उच्च अदालतमा दायर गरेकोमा मुद्दामा अदालतले प्रक्रियाभन्दा ब...
असहायको सहारा बन्दै डा. शर्मा

असहायको सहारा बन्दै डा. शर्मा

मोरङ, ६ मंसिर । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् । गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा तीन जना ...
असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

मोरङ, ६ मंसिर । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् । गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा तीन जना ...
झापामा मेवाको व्यावसायिक खेती शुरु

झापामा मेवाको व्यावसायिक खेती शुरु

भद्रपुर, ६ मङ्सिर । गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन । स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग पोराख, नेपालगञ्ज, काठमाडौँलगायत प्रमुख शहर र बजारमा राम्रै छ । बजारमा बढ्दो माग र उत्पादन कम भएको अवस्थामा झापाका दुई किसानले मेवाको व्यावसायिक खेती शुरु गरेका छन् । ...
विराटनगरदेखि विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशमा अन्तर्राष्ट्रिय उडान हुने

विराटनगरदेखि विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशमा अन्तर्राष्ट्रिय उडान हुने

विराटनगर, ६ मङ्सिर । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउँदै उनले आगामी वर्ष थप विदेशी पर्यटक वृद्धि भई सङ्घीय सरकारको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पु¥याउन सह...
भारतीय रियालिटी शो ‘सारेगम’मा जिताउन मेनुकालाई आर्थिक सहयोग

भारतीय रियालिटी शो ‘सारेगम’मा जिताउन मेनुकालाई आर्थिक सहयोग

बनियानी, ६ मङ्सिर । भारतीय रियालिटी शो ‘सारेगम’मा विजयी गराउन झापा हल्दिबारी–४ की न्यून दृष्टियुक्त गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडा सदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट रु ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो । पौडेल गत वर्ष एपी वन टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल ...
हुसेन हत्याको विरोधमा सुनसरीको विभिन्न ठाउँमा प्रदर्शन

हुसेन हत्याको विरोधमा सुनसरीको विभिन्न ठाउँमा प्रदर्शन

इनरुवा, ६ मङ्सिर । बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताउनुभयो । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउँदै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो । सुनसरी दुहबी, सदरमुकाम इनरुव...
चिसो बढेसँगै चौँरीगोठ बेँसीतिर

चिसो बढेसँगै चौँरीगोठ बेँसीतिर

मङ्गलबारे, ६ मङ्सिर । केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चौँरीगोठ बेँसी सार्न थालिएको छ । इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो । अत्याधिक चिसो हुन थालेपछि चौँरीहरू आफसेआफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौरीपालक किसानले सोहीअनुसार पुरानो खर्कति...
error: Content is protected !!