फिदिम, ९ मंसिर । पाँचथरको मिक्लाजुङ– ५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोमा बाँधेर राखिएका छन् ।
हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन् । उनका बुवा आसिकराम विदेशमा छन् ।
उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ । उनी दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन् । नसकेपछि उनी रुँदै चिसो भुँइमा लडिबुडी गर्छन् । आजको अन्नपूर्ण पोस्ट्मा यो समाचार छ ।
बच्चाकाे मानसिक सन्तुलन ठीक नभएकाले बाँधेर राख्नुपरेकाे हजुरबुवा र हजुरअामा बताउँछन् । ‘उपचार गर्न सकेनाैँ, हजुरअामाले भनिन्-अामाले छाडेपछि हेरचाह गर्ने काेहि भएन।’