धनकुटा, ९ मंसिर । धनकुटामा आयोजना गरिएको एसियाको पहिलो एभोकाडो महोत्सव सम्पन्न भएको छ । धनकुटा नगरपालिका ६ स्थित परिचयमोडमा सनिवार उक्त महोत्सव आयोजना गरिएको थियो ।
एसियाको पहिलो महोत्सव आयोजना गरिएको आयोजक धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । महोत्सवको धनकुटाका प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले विशेष कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।
५० स्टल रहेको एक दिवसीय महोत्सव कम्तिमा २ हजार बढि पर्यटकले अवलोकन गरेको नगरपालिकाका पर्यटन शाखा प्रमुख विकास अधिकारीले बताए । धनकुटा नगरपालिकालाई एभोकाडोको राजधानी घोषणा गरिएकोले एभोकाडो खेती मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको उनको भनाई छ ।
नगरपालिकाले गत बैशाखमा मेयर कृषि पर्यटन कार्यक्रम घोषणा गर्दै नगर क्षेत्रका १० वटै वडाको विस्तृत अध्ययन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईले जानकारी दिए । प्रदर्शनी स्टलमा राखिएको मध्ये उत्कृष्ठ एभोकाडो कृषकलाई पुरस्कृत गरिएको छ ।
जसमध्ये धनकुटा ६ का पुरुषोत्तम पोखरेल पहिलो, धनकुटा ४ का रामबहादुर तामाङ दोस्रो, धनकुटा ३ का जितेन्द्र राई तेस्रो र धनकुटा ५ का सुजनभाई जोशी सान्त्वना घोषित भएका छन् । उनीहरुलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र सान्त्वना तीन जनालाई ३ हजारका दरले पुरस्कृत गरिएको छ ।
महोत्सव स्थलमा ६ वर्ग फुट एभोकाडो प्रतिमा सहित ३० लाखको लागतमा पार्क निर्माण गरिसकिएको छ । एभोकाडो पार्क नामाकरण गरिएको उक्त स्थानमा रहेको एभोकाडोको सालिकलाई प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले सिलान्यास गरेका थिए । नगरपालिकाले सनिवारदेखि नै उक्त क्ष्ँेत्रमा फ्रि वाईफाई सेवा समेत सुरु गरेको छ ।
एभोकाडोको राजधानी धनकुटामा एसियाको पहिलो एभोकाडो महोत्सव हुने