उदयपुर जिल्ला अदालतद्वारा जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद

उदयपुर जिल्ला अदालतद्वारा जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद

गाईघाट, ५ मङ्सिर । उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो । सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजा...
दुहबीमा एक जनाको गोली हानी हत्या

दुहबीमा एक जनाको गोली हानी हत्या

इनरुवा, ५ मङ्सिर । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए। जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्...
नोबेलले यसरी मनायो १४ औं बार्षिकोत्सव (भिडियोसहित)

नोबेलले यसरी मनायो १४ औं बार्षिकोत्सव (भिडियोसहित)

बिराटनगर, ४ मंसिर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो । कार्यक्रमलाई संबोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नोबेल शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा क्षेत्रमा उदाहरणीय बन्दै गएको बताए । नोबेल अ...
एभोकाडोको राजधानी धनकुटामा एसियाको पहिलो एभोकाडो महोत्सव हुने

एभोकाडोको राजधानी धनकुटामा एसियाको पहिलो एभोकाडो महोत्सव हुने

धनकुटा, ४ मंसिर । एभोकाडोको राजधानी घोषणा गरिएको धनकुटामा विश्वको दोस्रो तथा एसियाको पहिलो एभोकाडो महोत्सव हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर धनकुटा नगरपालिकाले आगामी ८ गते महोत्सवको आयोजना गर्ने जनाएको हो । दुई महिना अघि अमेरीकाको क्यालीफोर्नियामा एभोकाडोको विश्वको पहिलो महोत्सव भएको थियो । मेयर कृषि कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकालाई एभोकाडोको राजधानी घोषणा गरि एभोकाडो खेती मार्फत...
विराट होलिडेजले दृश्यावलोकनका लागि हिमाली उडान गर्ने

विराट होलिडेजले दृश्यावलोकनका लागि हिमाली उडान गर्ने

विराटनगर, ४ मङ्सिर । विराट होलिडेजले विराटनगरबाट यही मङ्सिर ८ गतेदेखि दृश्यावलोकनका लागि हिमाली उडान शुरु गर्ने भएको छ । होलिडेजले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको सिक्किम, पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेश तथा बङ्गलादेशी पर्यटकको यस क्षेत्रमा बसाइ लम्ब्याउने उद्देश्यले उक्त दृश्यावलोकन सेवा सञ्चालन गर्न लागिएको जनाइएको छ । होलिडेजका अध्यक्ष भविष श्रेष्ठका अनुसार यति एयरलाइन्सको विमान...
धनकुटामा ३८ वटा मानवअधिकार उल्लंघनका घटना

धनकुटामा ३८ वटा मानवअधिकार उल्लंघनका घटना

धनकुटा, ४ मंसिर । धनकुटा जिल्लामा गत एक वर्षको अवधिमा ३८ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पुर्व प्रकासन समिक्षा कार्यक्रममा आयोजित सार्वजनिक गरिएको प्रतिवेदनमा सो कुरा जनाईएको हो । गत पौषदेखि हालसम्म एक वर्षको अवधिमा हत्या ,बलात्कार, यातना, कुटपीट, पक्राउ लगायत ३८ वटा मानवअधिकार उल्लंघनका घटना भएको उल्लेख गरिएको छ । इन्सेक धनकुटाका प्रतिनिधि...
राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ

राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ

फिदिम, ३ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गरेका छन । सो अवसरमा गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गरेका छन । सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय पर...
सोलुखुम्बु जिल्ला अदालतले एक करोड जरिवाना उठाउन बाँकी

सोलुखुम्बु जिल्ला अदालतले एक करोड जरिवाना उठाउन बाँकी

सोलुखुम्बु, ३ मङ्सिर । सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक मसान्तसम्म दण्ड जरिवाना तोकिएका व्यक्ति तथा संस्थाबाट उक्त जरिवाना रकम उठ्न बाँकी भएको हो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको जरिवाना रकमसहित रु एक करोड ३१ लाख छ हजार ६७२ रहेकामा कात्तिक महीनासम्ममा रु १८ लाख ४० हजार १६० सङ्कलन भएको जिल्ला न्यायाधीश नारायण...
न्यूनदृष्टियुक्तको क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै

न्यूनदृष्टियुक्तको क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै

विराटनगर, ३ मङ्सिर । नेत्रहीन क्रिकेट सङ्घ नेपालले शहीद रङ्गशालामा ‘प्रथम रोनाल्ड म्यकुली कप’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता यही मङ्सिर ५ दखि ८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुवन आर्मी क्लब सहभागी हुने सङ्घका केन्द्रीय अध्यक्ष पवन घिमिरेले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । विश्व नेत्रहीन क्रिकेट परिष्दको न्यूनदृष्टियुक्त क्रिकेट खेल नियमानुसार ट...
नेपाल भारतमैत्री मुसायरा कार्यक्रम सम्पन्न

नेपाल भारतमैत्री मुसायरा कार्यक्रम सम्पन्न

इनरुवा, ३ मङ्सिर । सुनसरीको हरिनगर गाउँपालिका– १ रामनगर, भुटाहामा पहिलोपटक नेपाल भारतमैत्री मुसायरा कार्यक्रम आज बिहान सम्पन्न भएको छ । विभिन्न स्थानीय तह र हरिनगर गाउँपालिकाका विभिन्न सङ्घ संस्थाको सहयोग तथा एलाइन्स नेपालको संयोजनमा आइतबार साँझबाट शुरु भएको कार्यक्रम आज बिहानै सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष नइम अन्सारीले जानकारी दिए। कार्यक्रममा नेपाल र भारतका बहुभाषिक कवि, सायर एवं सायर...
धनकुटामा १४ हजार बोट गाँजा फडानी

धनकुटामा १४ हजार बोट गाँजा फडानी

धनकुटा, ३ मंसिर । प्रहरीले धनकुटाका बिभिन्न स्थानमा १४ हजार भन्दा बढी गाँजाको बोट फडानी गरेको छ । जिल्लाको शहिदभूमी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका बिभिन्न स्थानमा रहेको १४ हजार ६ सय ८० बोट अवैध गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शहिदभूमी गाउँपालिका–१ कर्कले गुर्धुम, गोपालपुर, घंगरु, हंगुवा, सफाईधाप, धाप, तित्रे लगायत स्थानमा ९ हजार १ सय ८० बोट र साँगुरीगढी गा...
हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

इलाम, ३ मङ्सिर। यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी हुन नसकेको चिया उद्यमीको गुनास...
नमूना विद्यलायको विस्तृत योजना अन्तिमिकरण

नमूना विद्यलायको विस्तृत योजना अन्तिमिकरण

धनकुटा, २ मंसिर । धनकुटा सहित पूर्वका ६ जिल्लाका १९ विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक गुणस्तर बृद्धि गर्न तयार गरिएको विस्तृत योजना अन्तिमिकरण कार्यशाला सम्पन्न भएको छ। मंगलबार धनकुटामा सुरु भएको कार्यशालामा गत बर्ष नेपाल सरकारले घोषणा गरेका नमूना सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई दुई दिने कार्यशाला सम्पन्न भएको हो। धनकुटा सहित सुनसरी, भोजपुर, संखुवासभा, तेह्रथुम, खोटाङ्ग र ताप्लेजुङ्ग ...
शान्ति सुरक्षाका लागि नागरिक प्रहरी संगसंगै हुन जरुरी: प्रदेश प्रहरी प्रमुख रिजाल

शान्ति सुरक्षाका लागि नागरिक प्रहरी संगसंगै हुन जरुरी: प्रदेश प्रहरी प्रमुख रिजाल

धनकुटा, २ मंसिर । प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले शान्ति सुरक्षाको लागि नागरिक र प्रहरीबीचको सहकार्य हुन जरुरी रहेको बताएका छन् । नागरिकको सहयोग बिना समाजमा शान्ति सुरक्षा कायम हुन नसक्ने भन्दै रिजालले नागरिक र प्रहरीको साझेदारी अभियान थालिएको उल्लेख गरे । आइतबार चौबिसे गाउँपालिकाको मुढेबासमा प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटनका क्रममा बोल्दै प्रहरी प्रमुख रिज...
सोमबारदेखी पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ हुने

सोमबारदेखी पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ हुने

फिदिम, २ मङ्सिर । पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ । नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरुआत गर्न लागिएको हो । भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्य ...
मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित (भिडियोसहित)

मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित (भिडियोसहित)

काठमाण्डौं, १ मंसिर । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३/०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो । सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले ...
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन

विराटनगर, १ मङ्सिर । प्रदेश नं १ का प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी सिद्धान्त निष्ट र इमान्दार नेता भएको बताएका छन । विराटनगरका गौरव पूर्वउपपधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज आयोजित नागरिक अभिनन्दन समारोहमा उनले अधिकारीलाई अभिनन्दन गरे । अधिकारीले तत्कालिन नेकपा एमाले गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै प...
कटुवा पेस्तोलसहित सुनसरीबाट तीन भारतीय पक्राउ

कटुवा पेस्तोलसहित सुनसरीबाट तीन भारतीय पक्राउ

इनरुवा, १ मङ्सिर । सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित आज तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए। सुन...
चितवनबाट बेपत्ता सुदीप तेह्रथुममा भेटिए

चितवनबाट बेपत्ता सुदीप तेह्रथुममा भेटिए

चितवन, १ मङ्सिर । छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला परेका छन । कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उहाँ नारायणगढबाट बेपत्ता हुनुभएको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार प्रहरीले उनलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो । प्रहरीले उनको ...
भोजपुरमा ज्योतिष शिक्षण केन्द्र सञ्चालन

भोजपुरमा ज्योतिष शिक्षण केन्द्र सञ्चालन

भोजपुर, १ मङ्सिर  । भोजपुरमा पहिलो पटक ज्योतिषशास्त्र प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति भोजपुर ज्योतिषशास्त्र ज्ञान दिलाउने लक्ष्यका साथ भोजपुरको पोखरेमा आज केन्द्रको उद्घाटन गरेको हो । तत्काल १५ जनाले ज्योतिष शिक्षा लिइरहेको समितिका सचिव रमेश सुवेदीले जानकारी दिए । ज्योतिषशास्त्रको ज्ञान सबैलाई काम काज गर्न सजिलो हुने तथा ज्योतिष जस्तो विद्याको संरक्ष...
ऋण तिर्न देउसीबाट विद्यालयलाई ११ लाख

ऋण तिर्न देउसीबाट विद्यालयलाई ११ लाख

बनियानी, १ मङ्सिर । झापाको बुद्धशान्ति गाउँपालिका–१ होक्सेस्थित त्रिभुवन माध्यमिक विद्यालयले स्कूल बसको ऋण तिर्न देउसी कार्यक्रम गरेको छ । विद्यार्थीको सुविधाका लागि खरीद गरिएको स्कूल बसको ऋण तिर्ने उद्देश्यले कात्तिक २२ गतेदेखि ३० गतेसम्म छ दिने देउसी कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिए । बुद्धशान्तिको २३ वटा टोलमा खेलिएको देउसीबाट रु ११ लाख ३८५ सङ्कलन भए...
‘नोबेल डे’ भब्य रुपमा मनाउँने तयारी

‘नोबेल डे’ भब्य रुपमा मनाउँने तयारी

मोरङ, ३० कात्तिक । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले १४ औं स्थापना दिवस भव्य रुपमा मनाउँने तयारी गरेको छ । ‘नोबेल डे’ का अवसरमा आगामी मंसिर २ गते विशेष कार्यक्रम आयोजना गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । स्थापना दिवसका अवसरमा विशेष साँस्कृतिक प्रस्तुती, पुरस्कार वितरण लगायत कार्यक्रम राखिएको नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् । उनका अनुस...
झापामा ‘सुपारी जोन’ कार्यक्रम

झापामा ‘सुपारी जोन’ कार्यक्रम

भद्रपुर, ३० कात्तिक । कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकालाई समेटेर ‘सुपारी जोन’ कार्यक्रम लागू गरिएको जोनका प्रमुख राजेन्द्र ख...
प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दो

प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ, ३० कातिक । पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो । जिल्लाका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेस्ट्री) विषयमा भर्ना लिएको छ । तीनवर्षे कृषि, फरेस्ट्री, भेटेरेनरी, ओभरसियर, सब–ओभरसियर, प...
जनताको लगानी रहेको माथिल्लो अरुणको निर्माण प्रक्रिया शुरु

जनताको लगानी रहेको माथिल्लो अरुणको निर्माण प्रक्रिया शुरु

काठमाडौँ, २९ कात्तिक । सङ्खुवासभामा आयोजना स्थल रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले आयोजनाको कूल २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना सार्वजनिक गरेको छ । इच्छुक कम्पनीले आगामी २० पुसभित्र आवेदन दिन सक्नेछन् । कोशी राजमार्गको विराटनगर–किमाथ...
डा.सुनिल शर्माद्वारा बिपन्न बिरामीको उपचारमा एक लाख सहयोग (भिडियो रिपोर्टसहित)

डा.सुनिल शर्माद्वारा बिपन्न बिरामीको उपचारमा एक लाख सहयोग (भिडियो रिपोर्टसहित)

मोरङ, २९ कात्तिक । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४ काकुम स्थित शान्ति चौककी सुकमाया राईको उपचारका लागि डा.शर्माले सहयोग गरेका हुन् । गत कात्तिक २३ गते थुक्पा उमालेको तातोपानी फाल्ने क्रममा शरीरमा खनिएर ४७ बर्षीय राई गंभीर घाईते...
अन्तुमा पर्यटक आकर्षण बढ्यो

अन्तुमा पर्यटक आकर्षण बढ्यो

मङ्गलबारे, २९ कात्तिक । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात मानिएको पूर्वी इलामको अन्तुमा पर्यटक आगमनमा वृद्धि भएको छ । मौसममा सुधार आएसँगै अन्तुमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै ठाउँ नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन शासक लेप्चा जातिको लोपोन्मुख संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावासयिक फूलखे...
बालिका हत्यामा संलग्न अभियुक्त सार्वजनिक

बालिका हत्यामा संलग्न अभियुक्त सार्वजनिक

गाईघाट, २९ कात्तिक । गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराउनुभएको हो । प्रहरीका अनुसार बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय बहादुर राई (न...
बालिका हत्याको आरोपमा दुई पक्राउ

बालिका हत्याको आरोपमा दुई पक्राउ

गाईघाट, उदयपुर, २९ कात्तिक । बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवासी १४ वर्षीय बहादुर राई नाम परिवर्तन र १७ वर्षीय विपललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्...
सरकारी कामकाजमा लिम्बु भाषा

सरकारी कामकाजमा लिम्बु भाषा

इलाम, २९ कात्तिक । माङसेबुङ गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गरिने भएको छ । मुलुककै पहिलोपटक उक्त गाउँपालिकाको एउटा वडामा लिम्बु भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो । संविधानले स्थानीय भाषालाईसमेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले यस्तो निर्णय गरिएको छ । लिम्बु बाहुल्य माङसेबुङ ५ मा वडा समिति आयोजनामा विभिन्न राजनीति...
अधिकारीलाई नागरिक अभिनन्दन मङ्सिर १ मा

अधिकारीलाई नागरिक अभिनन्दन मङ्सिर १ मा

विराटनगर, २८ कात्तिक । नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा आगामी मङ्सिर १ गते नागरिक अभिनन्दन हुने भएको छ । देशको आर्थिक, सामाजिक र राजनीतिक आन्दोलनका अग्रणी व्यक्तित्व ८३ वर्षीय अधिकारीको स्थानीय वीरेन्द्र सभागृहमा अभिनन्द गरिने भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समिति–२०७५ का अध्यक्ष डा भेषप्रसाद धमलाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अन्तर्रा...
error: Content is protected !!