बेवारिस शवले आरोही त्रसित

बेवारिस शवले आरोही त्रसित

काठमाडौं, १ चैत। दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्। आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता छ। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किँदै खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष तथा आरो...
आवश्यकताका आधारमा संविधान संशोधन : प्रधानमन्त्री

आवश्यकताका आधारमा संविधान संशोधन : प्रधानमन्त्री

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । संसद्मा विश्वासको मत दिएका प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदलाई सरकारी निवास बालुवाटारमा बुधबार धन्यवाद दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्न सकिने बताए । ‘संविधान समयको मागअनुसार संशोधन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, देशलाई नोक्सानी हुने गरी, अखण्...
सम्बन्ध विच्छेद गरेका श्रीमान् छोरीको शव दाबी गर्न आएपछि

सम्बन्ध विच्छेद गरेका श्रीमान् छोरीको शव दाबी गर्न आएपछि

काठमाडाैँ, १ चैत। राजधानी दैनिकमा सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरीको शव दावी गर्न आएको समाचार छ । यो समाचार बंगला एयर विमान दुर्घटनासँग सम्बन्धित छ । समाचारमा लेखिएको छ- ‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन् । ...
सर्वोच्च न्यायालयमा अभूतपूर्व अन्योल

सर्वोच्च न्यायालयमा अभूतपूर्व अन्योल

काठमाडाैँ, १ चैत । न्याय परिषदले प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको जानकार गराए पनि पराजुलीले भने आफू पदमा बहाल नै रहेको दावी गर्दै अदालत जाने र नियमित काम गर्ने बताएका छन् । तर कामु प्रधानन्यायाधीश तोकिएका दीपकराज जोशीले भने आफू स्वतः कामु भएकाले इजलास तोक्ने बताएका छन् । यसबाट न्याय क्षेत्रमा अभूतपूर्व अन्योल आएको नयाँपत्रिका दैनिकमा समाचार छ । यस विषयमा कानुनका जानकारहरुको मत नै बाझिएको...
गुन्डानाइके गणेश लामा पेस्तोलसहित पक्राउ

गुन्डानाइके गणेश लामा पेस्तोलसहित पक्राउ

काठमाडौं, १ चैत । गुन्डानाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् । प्रहरीले उनीसँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । लामाको बा.३च १७२ नम्बरको प्राडो गाडी पनि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गौशालाको पिंगलास्थानमा बुधबार राति करिब साढे ९ बजे अज्ञात समूहले आफूलाई लक्षित गरेर गोली प्रहार गरेपछि प्रतिकारमा लामाले पनि गोली चलाउने तयारी गर्दै थिए । त्यहीवेला उनी प...
बैंकर्स संघ र एनआइसी एसिया बैंकबीच सहमति

बैंकर्स संघ र एनआइसी एसिया बैंकबीच सहमति

काठमाडौं, २९ फागुन । वाणिज्य बैंकहरूबीच ब्याजदरका विषयमा देखिएको विवाद टुंगिएको छ । ब्याजदरका सम्बन्धमा वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबिए) र एनआइसी बैंकबीच सहमति भएपछि विवाद टुंगिएको हो । एनबिएले तोकेको ब्याजदर कायम गर्न एनआइसी–एसिया तयार भएपछि ऊसँगको अन्तरबैंक कारोबार फुक्का गर्न बैंकर्स संघसमेत सहमत भएको छ । एनबिआई–एनआइसीबीच देखिएको विवाद समाधान भएको अध्यक्ष ज्ञानेन्द्र...
साढे ९ हजारले रोजे स्वेच्छिक अवकाश

साढे ९ हजारले रोजे स्वेच्छिक अवकाश

काठमाडौं, २८ फागुन ।  स्वेच्छिक अवकाशका लागि निवेदन दिने निजामती कर्मचारीको संख्या ९ हजार ५ सय ९१ पुगेको छ । आइतबार साँझसम्मको रेकर्डमा स्वेच्छिक अवकाश लिने कर्मचारीको अन्तिम सूची ९ हजार ५ सय ९१ पुगेको संघीय तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयकी सहसचिव नीता पोखरेलले स्वेच्छिक अवकाश लिने कर्मचारीको सूचना संकलन आइतबार साँझ पूरा भएको बताइन् । उनले भनिन्, ‘आइतबारसम्म हामीले देशभरब...
रेल सेवा अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै

रेल सेवा अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै

काठमाडौं, २८ फागुन। रेल सेवा अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै कान्तिपुर दैनिकका अनुसार राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर अन्तर्क्रिया गर्नेछन् । भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध...
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा

चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा

काठमाडौं, २८ फागुन। केही महिना अघिसम्म पापड र चटपट बनाएर बिक्री गर्ने ‘भोलेबाबा’ भनिने झाँक्री रामबहादुरले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका छन्। टायल लगाएको सानो घरको आँगन पछिल्लो दुई महिनादेखि उनको कमाउने भाँडो बनेको छ । आफ्नै आँगनमा भोलेबाबाको मन्दिर स्थापना गरेर उनले त्यसमा ठूलो त्रिशूल राखेका छन् । त्यो त्रिशूल भोलेबाबाले सपना दिएको बताउँदै उनले गाउँलेलाई भ्...
ब्याजदरको झगडाले सेयर बजारमा पहिरो

ब्याजदरको झगडाले सेयर बजारमा पहिरो

काठमाडौं, २८ फागुन।  सेयर बजारलाई अर्थमन्त्रीले ‘अनुत्पादक क्षेत्र’ भन्ने संज्ञा दिएको भन्दै घटेको भनिएको बजार पुनः लयमा फर्किए पनि यसले स्थायित्व पाउन भने सकेन । वित्तीय क्षेत्रमा देखिएको ब्याजदरको लडाइँले सेयर बजार पुनः प्रभावित भएको छ । सरकारले सेयर बजारलाई सकारात्मक सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै गर्दा भने आशावादी हुन सकेनन् । बजार खुलेद...
नौ हजार कर्मचारी बिदा गर्दा ३० अर्ब आर्थिक भार

नौ हजार कर्मचारी बिदा गर्दा ३० अर्ब आर्थिक भार

काठमाडौं, २८ फागुन । सिंहदरबारको शक्ति गाउँगाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् । प्रदेश र स्थानीय तहमा जाँदैनौँ भन्ने कर्मचारीलाई सरकारले सात वर्षको तलब सुविधासहित भव्य बिदाइ गर्दै छ । प्रदेश र स्थानीय तहमा जान अनिच्छुक कर्मचारीलाई बिदाइ गर्न राज्यले करिब ३० अर्ब खर्च गर्नुपर्नेछ । प्रदेश र स्थानीय तहलाई संस्थागत गर्...
सरकार पक्षमा तीन चौथाइ मत

सरकार पक्षमा तीन चौथाइ मत

काठमाडौं, २७ फागुन। प्रधानमन्त्री केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारले तीन चौथाइभन्दा बढीको समर्थन प्राप्त गर्ने भएको छ । प्रतिपक्षमा एक चौथाइभन्दा कम मात्र प्रतिनिधित्व हुने भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले ‘कार्यकारिणीको स्वेच्छाचारिता’ बढ्ने आशंका गरेको छ । सत्ता गठबन्धनमा रहेका प्रमुख दल एमाले र माओवादी केन्द्रका अतिरिक्त संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा) र राप्रप...
सरकारको स्वेच्छाचारिता बढ्ने कांग्रेसको आशंका

सरकारको स्वेच्छाचारिता बढ्ने कांग्रेसको आशंका

काठमाडौं, २७ फागुन । संसदीय अभ्यासमा सरकारका कामकारवाहीको निगरानी राख्न प्रमुख प्रतिपक्षी बलियो हुनुपर्छ भन्ने मान्यता छ । तर, प्रमुख प्रतिपक्ष कांग्रेसको पक्षमा एक चौथाइ सांसद पनि देखिएका छैनन् । यस्तो अवस्थामा सरकारको स्वेच्छाचारिता बढ्नसक्ने कांग्रेसले आंशका गरेको समाचार कान्तिपुर दैनिकमा छ । कांग्रेस नेता डा. मीनेन्द्र रिजालले कान्तिपुरसँग भनेका छन्, ‘सरकारले दुई तिहाइभन्दा बढी समर्थन पाउ...
प्रधानमन्त्रीले आज विश्वासको मत लिने

प्रधानमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौं, २७ फागुन। प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा विश्वासको मत लिँदै छन्। राष्ट्रपतिबाट फागुन ३ मा प्रधानमन्त्री नियुक्त ओलीलाई राजपा र फोरमले पनि मत दिने तयारी गरेका छन्। वाम गठबन्धनका प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ। ज्येष्ठ सदस्यको हैसियतमा सभामुख बनेका महन्थ ठाकुरले शनिबार बसेको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरेका हुन्। ...
नेपाली भूमिमा असोजदेखि रेल

नेपाली भूमिमा असोजदेखि रेल

काठमाडौं, २७ फागुन। नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ। यसलाई ७० किमिको दूरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जा...
द्वन्द्वग्रस्त मुलुक सिरियामा ५ सयभन्दा बढी नेपाली युवती

द्वन्द्वग्रस्त मुलुक सिरियामा ५ सयभन्दा बढी नेपाली युवती

काठमाडौँ,२६ फागुन । द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन । उनको शव स्थानीय अस्पतालमा बेवारिस छ । ८ महिनाअघि पनि सिन्धुपाल्चोककी माया तामाङको सिरिया...
तेह्रथुम आगलागी: खरानीमा गहना खोज्दै पीडित

तेह्रथुम आगलागी: खरानीमा गहना खोज्दै पीडित

तेह्रथुम,२६ फागुन ।  लालीगुराँस नगरपालिका ८ सोल्मा कालीमाटीका ४२ वर्षीय लक्ष्मी अधिकारीको परिवार आगलागी भएको चार दिनसम्म पनि आफ्नो ३ तोला सुनको गहना खरानीमा खोजिरहेको छ । सम्पतीको नाममा भएको जम्मा ३ तोला सुन पनि जलेपछि यो परिवारको बिजोग भएको छ । उनीहरू खरानी भएको घरको आगनमा थुप्रिएको माटोमा गहना खोजिरहेका छन् । केही वर्षअघि आगलागीमा परेर सर्वस्व गुमाएका लोकनाथ न्यौपानेको पनि सोही आगोले जीवनभर ज...
बच्चा बढी जन्माउनेलाई भत्ता !

बच्चा बढी जन्माउनेलाई भत्ता !

काठमाडौँ,२६ फागुन । मुलुकको अधिकांश भागमा गरिबी र भोकमरीका कारकका रुपमा ठूलो परिवार र रोजगारको अवसर कम हुनुलाई लिइन्छ । तर इलाम नगरपालिकाले भने अन्य नगरपालिकाभन्दा पृथक रणनीति तय गरेको छ । राजधानी दैनिक लेख्छ– जनसंख्या वृद्धिदर घटेको भन्दै नगरपालिकाले जति बढी सन्तान जन्मायो उति नै बढी भत्ता दिने निर्णय गरेको छ । बसाइँ सराइ, व्यस्त जीवनशैली र सुविधाभोगी चरित्रका कारण जनसंख्या वृद्धिद्धर घटेको न...
कटौती हुँदै सार्वजनिक बिदा, १०५ बाट ८४ मा झार्न प्रस्ताव

कटौती हुँदै सार्वजनिक बिदा, १०५ बाट ८४ मा झार्न प्रस्ताव

काठमाडौं, २६ फागुन । गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ । समाचार अनुसार, सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले अब यो बिदामा २१ दिन कटौती गर...
डीडीसीमा दैनिक ६० हजारको दही चोरी

डीडीसीमा दैनिक ६० हजारको दही चोरी

काठमाडौं, २५ फागुन। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै। डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनासहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज र धन...
कृष्णबहादुर महरा सभामुख बन्ने

कृष्णबहादुर महरा सभामुख बन्ने

काठमाडौं, २५ फागुन। माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ। एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो। यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन। शुक्रबार बिहान शीर्ष नेताको बैठक बसी महराको नाम अनुमोदन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल देखिएका छन्। नेताहरू...
कर्मचारीलाई १२१ प्रतिशतसम्म भत्ता

कर्मचारीलाई १२१ प्रतिशतसम्म भत्ता

काठमाडौं, २५ फागुन । कार्यालयबाट नियमित सम्पादित हुनेभन्दा बढी काम गराउन सरकारले करिब १० हजार कर्मचारीलाई प्रोत्साहन भत्ता दिँदै आएको छ । थोरै कर्मचारीबाट धेरै काम लिने र काम गरेबापत कर्मचारीलाई प्रोत्साहित गर्न सरकारले चालू आर्थिक वर्षमा मात्र प्रोत्साहन भत्ताको नाममा करिब २० करोड खर्च गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । तर त्यस्तो भत्ता खाने कार्यालयको कार्यसम्पादन भने उत्साहजनक छैन । नयाँ प...
जिल्लामा सीडीअाे नै शक्तिशाली

जिल्लामा सीडीअाे नै शक्तिशाली

काठमाडौं,२४  फागुन । संघीय शासन प्रणालीमा पनि केन्द्रीकृतमा जस्तै जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) शक्तिशाली हुने गरी कानुन तर्जुमाको गृहकार्य अघि बढाइएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । समाचार अनुसार, जिल्लामा विभिन्न कारणले शान्ति कायम गर्न नसकिने देखिए र गोली चलाउनुपर्ने अवस्था आए आदेश दिने अधिकार सीडीओमै राख्न प्रस्ताव गरिएको छ । सीडीओले नै कफ्र्यु लगाउनसक्ने, दंगाग्रस्त क्षेत्र घोषि...
अध्यागमनमा सेटिङ गर्ने ३ कर्मचारी निलम्बित

अध्यागमनमा सेटिङ गर्ने ३ कर्मचारी निलम्बित

काठमाडौं, २३ फागुन। भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउन संलग्न भएको आरोपमा नेपाल एअरलाइन्सले आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको छ। नेपाल एयरलाइन्सका कर्मचारीहरू विजय अधिकारी, घनश्याम चौधरी र हरि साहु सुनारलाई निलम्बन गरिएको हो। नेपाल एअरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउने प्रकरणमा संलग्न आफ्ना तीन कर्मचारी निलम्बनमा परेको पुष्टि गरे। नेपाल एअरलाइन्सका...
भण्डारीलाई कांग्रेसले सर्वसम्मत हुन नदिने

भण्डारीलाई कांग्रेसले सर्वसम्मत हुन नदिने

काठमाडौं, २३ फागुन । राष्ट्रपतिमा वाम गठबन्धनले विद्या भण्डारीलाई उम्मेदवार बनाए प्रमुख प्रतिपक्षी कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ । यस विषयमा छलफल गर्न कांग्रेसले बुधबार बिहान केन्द्रीय समिति बैठक बोलाएको छ । ‘हामी वाम गठबन्धनको उम्मेदवार हेरेर राष्ट्रपतिमा उम्मेदवारी दिने वा नदिने भन्ने टुंगो लगाउँछौँ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘गठबन्धनले विद्या भण्डारीलाई उम्मेदवार बनाए...
राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चित, झलनाथले टिकट पाएनन्

राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चित, झलनाथले टिकट पाएनन्

काठमाडौं, २३ फागुन । राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चित भएको छ । सत्तारुढ दल एमालेको स्थायी समितिको बैठकले भण्डारीलाई थप पाँच वर्षका लागि दोहोर्‍याउने निर्णय गरेको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबारदिउँसै सुरु भएको बैठक राति १२ बजेसम्म बसेको थियो । मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो । अध्यक्ष ओलीको समूह भण्डारीलाई नै दोहोर्‍याउने पक्षमा थ...
राष्ट्रपतिमा भण्डारीसँगै खनालको बलियो दाबेदारी

राष्ट्रपतिमा भण्डारीसँगै खनालको बलियो दाबेदारी

काठमाडाैँ, २२ फागुन। राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन नहुने पक्षधर नेताहरूले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन् । खनालले सार्वजनिक रूपमै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्...
संघीय नेपालको ऐतिहासिक संसद् बैठक आजबाट शुरु हुदैँ

संघीय नेपालको ऐतिहासिक संसद् बैठक आजबाट शुरु हुदैँ

काठमाडौं, २१ फागुन। संघीय संसद्का ३३४ मध्ये ३२६ सांसदले आइतबार शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्ट्रिय सभाका ५५ सांसदले शपथ गरेका हुन् । राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभाका ३ सांसदको शपथ सर्वोच्च अदालतको आदेशका कारण हुन सकेन । प्रतिनिधिसभाका ४ र राष्ट्रिय सभाका एक सांसद शपथग्रहणमा अनुपस्थित रहे । दुवै सदनको बैठक आज संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनक...
श्रीमती वेश्वावृत्तिमा लगाउनेलाई ११ वर्ष कैद

श्रीमती वेश्वावृत्तिमा लगाउनेलाई ११ वर्ष कैद

काठमाडौं, २१ फागुन । चितवनमा श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने एक व्यक्तिलाई अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ। माडी नगरपालिका–६ का राजु काफ्लेले श्रीमतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै परेको मुद्दामा चितवन अदालतले आइतबार ११ वर्ष कैद सजाय सुनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कैद सजायसँगै काफ्लेसँग ५५ हजार रुपैयाँ जरिवाना असुल गर्न र २५ हजार रुपैया...
छोरी जन्मिए खातामा २५ हजार ! २० वर्ष नपुग्दै बिहे गरे रकम नपाइने

छोरी जन्मिए खातामा २५ हजार ! २० वर्ष नपुग्दै बिहे गरे रकम नपाइने

काठमाडौं, २० फागुन। रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गर...
कांग्रेस संसदीय दलको निर्वाचन सोमबार हुदैँ, देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास

कांग्रेस संसदीय दलको निर्वाचन सोमबार हुदैँ, देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास

काठमाडौं, २० फागुन । नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्न नदिने भएपछि कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास थालेको छ । संस्थापन पक्षका नेताहरू शनिबार दिनभर पौडेल पक्षका सांसद्हरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहे । आफैँ प्रधानमन्त्री भएका वेला गरेका तीनवटै निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेकाले नैतिकताका आधारमा दलको नेता...
error: Content is protected !!