काठमाडौं, २१ फागुन । चितवनमा श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने एक व्यक्तिलाई अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ। माडी नगरपालिका–६ का राजु काफ्लेले श्रीमतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै परेको मुद्दामा चितवन अदालतले आइतबार ११ वर्ष कैद सजाय सुनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कैद सजायसँगै काफ्लेसँग ५५ हजार रुपैयाँ जरिवाना असुल गर्न र २५ हजार रुपैयाँ श्रीमतीलाई क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ।
श्रीमानले आफूलाई होटलमा राखी यौनसम्पर्क गराउन बाध्य पारेको भन्दै ती महिलाले १७ साउनमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन्। पीडित महिलाको पक्षमा मुद्दा लडेकी अधिकारकर्मी अघिवत्ता फूलमाया रानाभाटले मानव बेचबिखन तथा ओसारपसारऐन २०६४ को दफा ४ (ख) बमोजिम मद्दा दर्ता भई ऐनको दफा १५ (ख) बमोजिम ११ वर्षको कैद सजाए भएको जानकारी दिइन्।















