ठेकेदारले बढी मूल्य पाएपछि अनुदानको चामल बाटोमै बिक्री

ठेकेदारले बढी मूल्य पाएपछि अनुदानको चामल बाटोमै बिक्री

काठमाडौं, २० फागुन । नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेको पाइएको छ । कारोबार दैनिकका अनुसार संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँमा बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो । बंगालादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको जारकोटबाट ९ सय ८० रु...
भूकम्पपीडितको पैसाबाट ब्याज कमाउँदै बैंक

भूकम्पपीडितको पैसाबाट ब्याज कमाउँदै बैंक

काठमाडौं, २० फागुन। भूकम्पपीडितका लागि घर पुनर्निर्माण गर्न सरकारले दिएको अनुदान रकम अर्कै खातामा राखी बैंकहरुले ब्याज कमाउने गरेको भेटिएको छ । कान्तिपुर दैनिकका अनुसार सीधै लाभग्राहीको खातामा राखेर वितरण गर्नुपर्नेमा केही बैंकहरुले ‘सन्ड्री खता’ मा राखेर अन्यत्र लगानी गरी ब्याज कमाउने र न्यूनतम तरलता व्यवस्थापनका लागि उक्त रकम प्रयोग गर्ने गरेको भेटिएको हो । भूकम्पपीडितको गुनासोका आधारमा स्थल...
यस्तो बन्दै छ एकीकृत पार्टीको सांगठनिक संरचना

यस्तो बन्दै छ एकीकृत पार्टीको सांगठनिक संरचना

काठमाडौं, २० फागुन। एमाले र माओवादीले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाबारे छलफल केन्द्रित गरेका छन् । संघीय ढाँचाअनुसार केन्द्रीय कमिटीको आकार र संरचना कस्तो बनाउने भन्ने अनौपचारिक छलफलमा उनीहरू व्यस्त छन् । एकीकृत पार्टीको केन्द्रीय कमिटीको आकार १ सय ५० कि ३ सय ५० सदस्यीय भन्नेमा छलफल चलिरहेको कार्यदलका एक सदस्यले बताए । १ सय ५० सदस्यीय नभए अहिलेको एमालेको २ सय ...
घूस बाँडफाँटमा कुरा नमिल्दा कर्मचारीबीच कुटाकुट !

घूस बाँडफाँटमा कुरा नमिल्दा कर्मचारीबीच कुटाकुट !

काठमाडौं, १९ फागुन । हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भउको छ । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ। कुटाकुटमा १ जना सख्त घाइते भएका छन् । कान्तिपुर दैनिकका अनुसार बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो । ‘मालपोत का...
सत्ता बाँडफाँटको छलफलले आइतबारसम्म निकास पाउने

सत्ता बाँडफाँटको छलफलले आइतबारसम्म निकास पाउने

काठमाडौं, १९ फागुन। एमाले अध्यक्ष केपी ओली र संघीय फोरम अध्यक्ष उपेन्द्र यादवबीच मंसिर अन्तिम साताबाट सुरु भएको सत्ता बाँडफाँटको छलफलले आइतबारसम्म निकास पाउने भएको छ । प्रधानमन्त्री ओली दुई पार्टीबीच बाँडफाँटको टुंगो लागेपछि आइतबारै सरकारलाई पूर्णता दिने तयारीमा छन् । फोरमले मन्त्रिपरिषद्मा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता...
प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये ४२ ले मातृभाषामा शपथ लिँदै

प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये ४२ ले मातृभाषामा शपथ लिँदै

काठमाडौं, १९ फागुन । प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने भएका छन् । संसद् सचिवालयले नेपालीबाहेकका भाषामा शपथ लिने सांसदलाई निवेदन दिन शुक्रबारसम्मको समय तोकेको थियो । नेपाली भाषामा शपथ लिनेले भने निवेदन दिनु नपर्ने व्यवस्था छ । तोकिएको समयभित्र ४२ निवेदन परेका छन् । आइतबार सांसदहरूको शपथ हुँदै छ । सचिवालयमा प्राप्त निवेदनअनुसार मैथली ...
कर्मचारी र व्यापारीको मिलेमतोमा लुटिन्छ दैनिक ३५ करोड

कर्मचारी र व्यापारीको मिलेमतोमा लुटिन्छ दैनिक ३५ करोड

काठमाडौं, १९ फागुन। भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी–व्यापारीबीचको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खलेको छ । चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिडवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिव ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपै...
मस्यौदा निर्माणमा ढिलाइ, एक वर्षभित्र संशोधन नभए पुराना ऐन स्वतः खारेज हुने

मस्यौदा निर्माणमा ढिलाइ, एक वर्षभित्र संशोधन नभए पुराना ऐन स्वतः खारेज हुने

काठमाडौं, १९ फागुन। नयाँ संविधानले निर्देश गरेका विभिन्न ऐनको मस्यौदा निर्माणमा ढिलाइ भएको छ । संविधानअनुसार संघीय संसद्ले २६, प्रदेशले २२ र स्थानीय तहले ६ वटा ऐन बनाउनुपर्नेछ । ११० कानुन बनाउनुपर्ने निर्देश संविधानले संघीय संसद्लाई गरेको भए पनि ८४ वटा विधेयक भने यसअघि नै व्यवस्थापिका–संसद्ले पारित गरिसकेको छ । केन्द्रीय सरकारले आवश्यक ऐनको मस्यौदा निर्माणमा ढिलाइ गर्दा २१ फागुनदेखि सुरु हुने स...
हुम्ला सदरमुकाममा हेलिकोप्टरबाट गाडी ल्याइयो

हुम्ला सदरमुकाममा हेलिकोप्टरबाट गाडी ल्याइयो

हुम्ला, १८ फागुन । राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो। व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए । रावतका अनुसार सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ ला...
वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने

वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने

काठमाडौं, १८ फागुन । वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो। फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ। संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धन...
दुई लाख नेपाली महिला दासतापूर्ण यौन शोषणको सिकारमा

दुई लाख नेपाली महिला दासतापूर्ण यौन शोषणको सिकारमा

काठमाडौँ, १७ फागुन । माइती नेपालले जनाए अनुसार दुई लाख नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका छन ।  बुधबार हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपालले दुई लाख महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार बनेका जनाएको हो । माइती नेपालका अनुसार बेचिएकामध्ये महिला ७० प्रतिशत र बालबालिका ५० प्रतिशत पीडित छन् । प्रत्येक दिन असुरक्षित रूपमा...
विप्लव पार्टीको कडा प्रतिक्रिया : ‘प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्छौं’ ( प्रेस विज्ञप्तिसहित )

विप्लव पार्टीको कडा प्रतिक्रिया : ‘प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्छौं’ ( प्रेस विज्ञप्तिसहित )

काठमाडौं, १७ फागुन ।  नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ। माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न पठाएको पुर्जी मंगलबार मात्र सार्वजनिक भएपछि बुधबार विप्लवको पार्टीले प्रतिक्रिया दिएको हो। विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गर...
तीन लाखमा बलात्कार मुद्दा मिलापत्र

तीन लाखमा बलात्कार मुद्दा मिलापत्र

काठमाडौं, १७ फागुन । काठमाडौं र इटहरीमा बलात्कार मुद्दा मिलेमतोमा मिलाइएको घटना सेलाउन नपाउँदै मुगुमा पनि बलात्कार मुद्दा तीन लाखमा मिलाइएको छ । मुगुको सोरु गाउँपालिकाकी २० वर्षीया एक युृवती बलात्कृत भएको मुद्दालाई अभियुक्तले प्रहरीमा उजुरी दिनबाट रोकेर मिलापत्र गराइएको हो । गत माघ १५ गते राति आठ बजे भएको घटना पीडित युवतीले अभियुक्त हिक्मत शाहीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएपछि मात्रै...
सरकार-फोरमबीचको वार्ता विनानिष्कर्ष टुंगियो

सरकार-फोरमबीचको वार्ता विनानिष्कर्ष टुंगियो

काठमाडौं, १७ फागुन । सरकार र संघीय समाजवादी फोरमबीचको छलफल विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको छलफल विनानिष्कर्ष टुंगिएको हो । संविधान संशोधन, सरकारको नीति तथा कार्यक्रम र मन्त्रालय बाँडफाँडसहितका विषयमा केन्द्रित रहेर सरकार र फोरमबीच छलफल भएको थियो । तर, केही विषयमा छलफल बाँकी नै रहेकाले बिहीबार पुनः बस्ने गरी छलफल टुंगिएको माओवादी केन्द्रका नेता नारायणकाजी श...
प्रदेश मन्त्रिपरिषद् विस्तारमा पनि ढिलाइ

प्रदेश मन्त्रिपरिषद् विस्तारमा पनि ढिलाइ

  प्रदेश १ : सरकार विस्तारमा मुख्यमन्त्री राईलाई नै चासो नै छैन काठमाडौं, १७ फागुन । गठन भएको दुई साता भइसक्दा पनि प्रदेश १ को सरकारले पूर्णता पाउन सकेको छैन । सरकार विस्तारमा मुख्यमन्त्री शेरधन राईले नै चासो नदिएको स्रोतको भनाइ छ । आवश्यक कानुन निर्माण भइसकेपछि मन्त्री र मन्त्रालयले परिणाममुखी काम गर्न सक्ने भएकाले सकेसम्म मन्त्रिपरिषद्लाई ढिलै पूर्णता दिने राईको योजना छ । ३ फागुनमा...
स्वास्थ्यकर्मीको लापरबाहीः गर्भवतीलाई जुकाको औषधि

स्वास्थ्यकर्मीको लापरबाहीः गर्भवतीलाई जुकाको औषधि

काठमाडौं, १५ फागुन । स्वास्थ्य संस्थाहरुको लापरबाहीको एकपछि अर्को घटना बाहिरिरहेका बेला गर्भवतीलाई जुकाको औषधि दिइएको अर्को घटना बाहिरिएको छ । कान्तिपुर दैनिकका अनुसार म्याग्दी जिल्ला अस्पतालले बेनी ५ फर्कुे सल्लाकी २० वर्षीया समीक्षा कुँबरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ । अल्बिन्डाजोल जुकाको औषधि हो । गर्भवती जाँच कक्षमा कार्यरत पब्लिक हेल्थ नर्स राधिका शर्मा आचार...
अरुण तेस्रो परियोजनाका लागि २ सय ५८ परिवारलाई मुआब्जा वितरण

अरुण तेस्रो परियोजनाका लागि २ सय ५८ परिवारलाई मुआब्जा वितरण

संखुवासभा, १५ फागुन । अरुण तेस्रो परियोजनाका लागि जिल्ला प्रशासन कार्यालयले २ सय ५८ परिवारलाई मुआब्जा वितरण गरेको छ । उनीहरूलाई १ अर्ब ९५ करोड २५ लाख ३७ हजार १ सय ५ रुपैयाँ वितरण गरेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । ‘प्रभावित क्षेत्रका २ सय ५८ परिवारलाई बैक मार्फत मुआब्जा वितरण गरिसक्यौं,’ उनले भने, ‘सबैलाई बैंक खाता खोल्न लगाएर वितरण गरेका हांै ।’ उनले ११ परिवारलाई ४ करोड ८...
कक्षा १ पढ्न ५ लाख शुल्क !

कक्षा १ पढ्न ५ लाख शुल्क !

काठमाडौं, १५ फागुन । ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ।त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय, आईबी कोर्स तथा आईसीटी शीर्षकमा १४ हजार चार सय, मासिक ट्युसन शुल्कबापत २५ हजार र लन्च तथा स्न्याक्स शीर्षकमा ६ ...
४४ सय कर्मचारीले दिए स्वैच्छिक अवकाशको निवेदन

४४ सय कर्मचारीले दिए स्वैच्छिक अवकाशको निवेदन

काठमाडौं, १५ फागुन । सामान्य प्रशासन मन्त्रालयले स्वैच्छिक अवकाशमा जाने कर्मचारीहरूका लागि करिब १५ अर्ब खर्च हुने अनुमान गरेको छ । सोमबारसम्म देशभरका कार्यालयबाट कुल ४४ सय ६२ जनाले स्वैच्छिक अवकाशका लागि निवेदन दिएको सामान्य प्रशासन मन्त्रालयको स्वैच्छिक अवकाश एकाइका उपसचिव धर्मराज रोकायले बताए । स्वैच्छिक अवकाशका लागि दर्ता भएका निवेदन संकलन जारी छ । १९ फागुनसम्म संकलन गर्ने समय रहेकाले अवकाश ...
स्वैच्छिक अवकाश लिदै चार हजार निजामति कर्मचारी

स्वैच्छिक अवकाश लिदै चार हजार निजामति कर्मचारी

काठमाडौं, १४ फागुन । प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेका बेला करिब चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका बिभिन्न पत्रपत्रिकामा समाचार छापिएका छन । गत पुस ३० गते ४५ दिनको अवधि राखी सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन सूचना सार्वजनिक गरेको थियो । मन्त्रालयका अनुसार निव...
राजधानीमा सुरू भयो एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८

राजधानीमा सुरू भयो एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८

काठमाडौं, १४ फागुन । आइतबारदेखि राजधानीमा एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८ सुरू भएको छ । ६५ देशका झन्डै हजार सहभागी रहेको २३औं सम्मेलन अति कम विकसित मुलुकमै पहिलो पटक भएको हो । एसिया प्यासिफिक रिजनल इन्टरनेट कन्फेरेन्स अन अपरेसनल टेक्नोलोजी (एप्रिकोट) एसिया प्यासिफिक क्षेत्रका देशका इन्टरनेट विज्ञहरू सम्मिलित सन् १९९६ देखि सुरू भएको एक सम्मेलन हो । चार दिनसम्म चल्ने सम्मेलनको उद्घाटन...
क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा ४२ महिनामा २,१६४ को हत्या

क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा ४२ महिनामा २,१६४ को हत्या

काठमाडौं, १४ फागुन ।  १. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमान्को रिसले बागेश्वरीको ठाउँको ठाउँ मृत्यु भयो । २. कन्चनपुरको कृष्णपुर नगरपालिका–४ का ४२ वर्षीय बिरु डगौरा र उनकी पत्नी ४० वर्षीया लाहुबीचको विवाद कुटपि...
चर्चित भारतीय अभिनेत्री श्रीदेवीको  निधन

चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन

काठमाडौं, १३ फागुन ।  चर्चित भारतीय अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको छ । आफन्तको विवाहका लागि दुबई पुगेकी श्रीदेवीको शनिबार हृदयघातका कारण निधन भएको हो । श्रीदेवीको अचानक मृत्युको खबरले बलिउड जगतका प्रसंशक स्तब्ध भएका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । हिन्दी सिनेमा जगतमा श्रीदेवीको निकै ठूलो योगदान छ । सन् १९६३ तमिलनाडुको शिवकाशीमा जन्मेकी श्रीदेवीले हि...
इटहरी बलात्कार प्रकरण- बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख !

इटहरी बलात्कार प्रकरण- बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख !

काठमाडौं, १३ फागुन । इटहरीमा बलात्कारपीडित बालिकाकै आमाको बैंक खतामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । मितेरी डेभलमपेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ । दुइवटा बैंक खातामा ९/९ लाख रुपैयाँ भेटिएपछि प्रहरीद्धारा खाता रोक्का गरिएको छ । प्रहरीले यसअघि विचौलिया नै रकम लगेर फरार भएको दावी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ । पीडित बाल...
शिक्षामा सुधार ल्याउन विद्यार्थीले गर्छन् शिक्षकको हाजिर

शिक्षामा सुधार ल्याउन विद्यार्थीले गर्छन् शिक्षकको हाजिर

काठमाडौं, १३ फागुन । विद्यालयमा शिक्षकले हरेक दिन विद्यार्थीको हाजिर गर्छन् र पठनपाठन सुरु गर्छन् । तर अर्घाखाँचीका विद्यालयहरुमा भने शिक्षकले विद्यार्थीको नभएर विद्यार्थीले शिक्षकको हाजिर गर्ने गरेका छन् । काराबोर दैनिकका अनुसार जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले शिक्षामा सुधार ल्याउन विद्यार्थीले शिक्षकको हाजिर गर्ने तिथी बसालेको छ । जिल्ला शिक्षा कार्यालयले नयाँ चलन बसालेसँगै पठनपाठनमा सुधार ...
हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान

हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान

काठमाडौं, १२ फागुन। सरकारले हात्तीपाइलेरोगविरुद्धको आम औषधि सेवन अभियान आजबाट सुरु गरेको छ । अभियान १४ फागुनमा सम्पन्न हुनेछ । औषधि सेवन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले विभिन्न निकायले भ्रामक प्रचारप्रसार गर्दै आए पनि कसैको प्रभावमा नपरी ढुक्क भएर औषधि सेवन गर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलमेजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यका अनु...
दशरथ रंगशालाको पुनर्निर्माण चीनले गरिदिने

दशरथ रंगशालाको पुनर्निर्माण चीनले गरिदिने

काठमाडौं, १२ फागुन। भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ । अहिले चिनियाँ टोली विगतमा आफूले निर्माण गरेका काठमाडौंका संरचनाको अवलोकन गरिरहेको छ । चीनले दशरथ रंगशालामा फ्रड लाइट, एथलेटिक ट्रयाक, स्क...
उच्च बाँध अध्ययनमै सीमित

उच्च बाँध अध्ययनमै सीमित

धरान,१२ फागुन। सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको अध्ययन सुरु भएको १३ वर्षमा करोडौँ रुपैयाँ सकिइसकेको छ । तर, अध्ययन अझै सकिएको छैन । गत साउनमा अध्ययनका लागि साढे दुई वर्ष समय थप गरिएको छ । आयोजना अध्ययनका लागि भारतले विराटनगरमा कार्यालय खोलेको छ । आयोजनाको डिपिआर तयार गर्न उसले एक करोड दिएको छ । कार्यालयमा खटाइएका आफ्ना १० कर्मचारीका लागि भारतले मासिक ५० लाख खर्च गर्दै आएको छ । अहिलेसम्...
मन्त्रालय बाँडफाँड प्रस्ताव

मन्त्रालय बाँडफाँड प्रस्ताव

काठमाण्डौ, ११ फागुन । एमाले र माओवादीबीच मन्त्रालय बाँडफाँडमा प्रारम्भिक समझदारी भएको छ । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले अर्थ र परराष्ट्रसहित १० र माओवादीले गृह र ऊर्जासहित ७ मन्त्रालय लिने प्रारम्भिक समझदारी गरेका हुन् । यद्यपि, छलफल अझै जारी रहेकाले अन्तिमसम्म प्रारम्भिक बाँडफाँड हेरफेर हुन सक्ने दुवै पार्टीका नेताहरूको भनाइ छ । प्रधानमन्त्रीनिवास बा...
१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण

डोटी, ११ फागुन। कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो । १३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन् । ‘सानो उमेरमै दुई सन...
राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसका ६ भ्रातृसंस्थाले चर्काए आन्दोलन

राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसका ६ भ्रातृसंस्थाले चर्काए आन्दोलन

काठमाडौं, १० फागुन । कांग्रेसका भातृसंस्थाहरूले कांग्रेस नेतृत्वको निवर्तमान सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका व्यक्तिलाई राष्ट्रपतिले मनोनयन नगर्नु संविधानको मर्म र भावनाविपरीत भएको आरोप लगाएका छन् । उनीहरूले बुधबार काठमाडौंमा पत्रकारसम्मेलन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध संघर्षको चेतावनी दिएका छन् । संविधानविपरीत सरकारपिच्छे फरक–फरक व्यवहार गर्दै राष्ट्रपति भण...
error: Content is protected !!