डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

काठमाडौं, ८ चैत ।  रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एकीकृत कारोबार सुरु गरेको एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो रहेको नयाँ पत्रिका दैनिकले दाबी गरेको छ । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले मर्जरमा हतारो गरे पनि कारवाहीमा भने अवरोध गरेको समाचारमा उल्लेख छ । नयाँ पत्रिका दैनिक लेख्छ– राजनीतिक दबाव...
यूएस-बंगला विमान दुर्घटना बिमा : १० करोडसम्म पाउने

यूएस-बंगला विमान दुर्घटना बिमा : १० करोडसम्म पाउने

काठमाडौं, ८ चैत । यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ। दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्दा ठूलो रकम पाउने नजिर स्थापित भइसकेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन विज्ञ प्रा.प्रभाकर अधिकारी बताउँछन्। अमे...
७ रुपैयाँको निर्यात, ९३ रुपैयाँको आयात

७ रुपैयाँको निर्यात, ९३ रुपैयाँको आयात

काठमाडौं, ७ चैत । वैदेशिक व्यापारमा नेपालले ७ रुपैयाँ बराबरको वस्तु निर्यात गरेर ९३ रुपैयाँ बराबरको आयात गरिरहेको छ । नेपालमा उत्पादन कम हुने र उत्पादित वस्तुको बजारीकरणसमेत हुन नसक्दा आयात–निर्यात अनुपात फराकिलो बन्दै गएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपालले ६ खर्ब ६१ अर्ब रुपैयाँको आयात गरेर ४७ अर्ब ५० करोड रुपैयाँको निर्यात गरेको छ । यसर...
दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ

काठमाडौं, ७ चैत । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा केही दिनअघि भएको बलात्कारका मुख्य आरोपी शैलेश कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आरोपी कार्कीलाई पक्राउ गरेको हो । सो घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीसमेत कारबाहीमा परेका थिए । ग...
प्रधानमन्त्रीको निर्णयले २० हजार मेगावाटका आयोजना अन्योलमा

प्रधानमन्त्रीको निर्णयले २० हजार मेगावाटका आयोजना अन्योलमा

काठमाडौं, ७ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयका कारण २० हजार २ सय ९४ मेगावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । गत फागुन २५ मा बसेको बैठकले ५०० वा यसभन्दा ठूला सबै आयोजनाको पहिचान, छनोट तथा नियमन बोर्डमार्फत अघि बढाउने निर्णय गरेपछि हाल निर्माणमा जान लागेका सबैै आयोजाहरू अन्योलमा परेका हुन् । बोर्ड बैठकले प्रधानमन्त्रीकै रुचीमा यस्तो ...
कार्यक्रमको प्रमुख वक्ता रोबोट, साक्षात्कार गर्न पाइने

कार्यक्रमको प्रमुख वक्ता रोबोट, साक्षात्कार गर्न पाइने

काठमाडौं, ७ चैत। औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ। तर, रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरिँदै छ। साउदी अरेबियाले नागरिकता प्रदान गरेको पहिलो रोबोट ‘सोफिया’ ले बुधबार काठमाडौंमा आयोजना हुने कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछिन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनामा दरबारमार्गस्थित होटल याक एन...
किशोरीमाथि १३ दिनसम्म सामूहिक बलात्कार

किशोरीमाथि १३ दिनसम्म सामूहिक बलात्कार

काठमाडौं, ७ चैत । मानिसक अपाङ्गता भएको १५ वर्षीया किशोरीमाथि समूहिक बलात्कार भएको छ ।  कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ। अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किशोरीलाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन् । घटनामा सातजना भन्दा बढी संलग्...
७ अर्बको समानमा भन्सार छली

७ अर्बको समानमा भन्सार छली

 काठमाडौं, ७ चैत ।  संघीयता कार्यान्वयनमा बढ्दै गएको व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने झन्डै ७ अर्ब रुपैयाँको सामानमा राजस्व छली भएको पाइएको छ। अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, चालु आर्थिक वर्षमा लक्षित राजस्व उठाउन मुख्य चुनौती महसुस गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले नियुक्तिसँगै भन्सार कडाइ गर्न निर्देशन दिँदा यस्तो तथ्यांक फेला परेको हो । खुला सिमान...
ललितपुरमा ६ बर्षीया बालिका बलात्कृत

ललितपुरमा ६ बर्षीया बालिका बलात्कृत

ललितपुर, ६ चैत । ललितपुरको प्युटारमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन्। बागमती गाउँपालिकाकी बालिका सोमबार बिहान बलात्कृत भएकी हुन्। बालिकाको योनीबाट रगत बगिरहेको र उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको सहयोगमा थापाथली अस्पतालमा पुर्याइएको छ । बिहान वनमा घाँस काट्न गएकी एक महिलाले अस्वभाविक रुपमा बालिका चिच्याइरहेको आवाज सुनेपछि पछ्याउँदै...
‘द भ्वाइस अफ नेपाल’ घोषणा

‘द भ्वाइस अफ नेपाल’ घोषणा

काठमाडौं, ६ चैत।  गायन रियालिटी सोमा विश्वमै चर्चा पाएको ‘द भ्वाइस’ को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ सुरु हुने भएको छ । असारबाट टेलिभिजनमा प्रसारण सुरु हुने सोमा ‘नेपाल आइडल’ निर्देशन गरिसकेका लक्ष्मण पौडेलको निर्देशन हुनेछ। आइतबार राजधानीमा आयोजित सो घोषणा कार्यक्रममा निर्देशक पौडेलले विश्वमा धेरै खालका गायन प्रतिस्पर्धा भए पनि सञ्चारमाध्यममा प्रतिस्पर्धाभन्दा पनि विवाद र गसिपको विषयको च...
टपरी गाँस्न सिकाउँदै विद्यालय: अभिभावक भए खुशी

टपरी गाँस्न सिकाउँदै विद्यालय: अभिभावक भए खुशी

काठमाडौं, ६ चैत। किताबी ज्ञानसँगै व्यावहारिक जीवनमा आइपर्ने विभिन्न काम कसरी गर्ने भनी प्रयोगात्मक रुपमै प्रदर्शन गरेर विद्यासागर इंग्लिस स्कुलका विद्यार्थीले अभिभावकलाई चकित पारिदिएका छन् । ब्रिटिस काउन्सिलसँगको सहकार्यमा सञ्चालित फुड फेस्टिभलको प्रदर्शनी हेर्न सोमबार विद्यालय पुगेका बनेपा गोदामचोकका शंकर खनाल छोरी कृतिकाले कपासबाट बत्ती काटिरहेको देख्दा अचम्ममा परे । दैनिक रुपमा घरपसलमा आवश्यक ...
वैद्य-विप्लव एकताका लागि नजिकिँदै

वैद्य-विप्लव एकताका लागि नजिकिँदै

काठमाडौं, ६ चैत । नेकपा क्रान्किारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नजिकिँदै छन् । एमाले–माओवादी केन्द्र गठबन्धन बनाई बलियो हुँदै गएपछि वैद्य र चन्द एकताका लागि नजिकिन थालेका हुन् । तत्कालीन मूल पार्टी एकीकृत माओवादीबाट २–३ असार ०६९ मा बौद्ध भेलापछि वैद्यले आफ्नो नेतृत्वमा  नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट छुट्टिएको दुई वर्षमै १५ मंसिर ०७१ मा वैद्...
राप्रपाका नेताहरूले ज्ञानेन्द्रलाई भने– सरकार ! एउटै राप्रपा बनाउनुपर्‍यो

राप्रपाका नेताहरूले ज्ञानेन्द्रलाई भने– सरकार ! एउटै राप्रपा बनाउनुपर्‍यो

काठमाडौं, ६ चैत। पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर बनेका तीन बेग्लाबेग्लै पार्टीका नेताहरूसँग छलफल गरेका छन् । कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)का तीन–तीन नेता भेला गरेर एउटै पार्टी बनाउन छलफल गरेका हुन् । राप्रपाबाट उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय स...
नेपालमा लुकीछिपी डाक्टरी गर्दै उत्तर कोरियाली चिकित्सक

नेपालमा लुकीछिपी डाक्टरी गर्दै उत्तर कोरियाली चिकित्सक

काठमाडौं, ६ चैत । तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ ।उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् । बिजनेस भिसामा काम गर्नु गैरकानुनी ह...
मानसिक अवस्था बिग्रेका कर्मचारीलाई मात्रै स्वैच्छिक अवकाशमा पठाईनेछ: लालबाबु

मानसिक अवस्था बिग्रेका कर्मचारीलाई मात्रै स्वैच्छिक अवकाशमा पठाईनेछ: लालबाबु

डिभी–पिआरधारी कर्मचारीलाई जागिर छोडाएर अघिल्लोपटक चर्चामा रहेका लालबाबु सामान्य प्रशासन मन्त्रालय फर्किएका छन् अब लालबाबुको प्रथम परीक्षा– नौ हजार कर्मचारीलाई ३० अर्ब बुझाएर घर पठाइन्छ कि जनसेवामा प्रदेश र स्थानीय तहमा ? परीक्षा १ : ३० अर्ब बुझाएर स्वैच्छिक अवकाश सरकारको निर्णयअनुसार नै ९ हजार ५ सय ९१ जना कर्मचारीले स्वैच्छिक अवकाश रोजेर निवेदन दिएका छन् । यसो गर्दा राष्ट्रिय ढुकुटीमा कम्तीमा...
मेयरसँग अधिकार माग्दै उपमेयर अनशनमा

मेयरसँग अधिकार माग्दै उपमेयर अनशनमा

काठमाडौं, ६ चैत । आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ । दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो । हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको छ । बघचौडामा रहेको नगरपालिका कार्यालय मेयर मण्डलले अन्यत्र सा...
अब घाँसको पनि बीमा !

अब घाँसको पनि बीमा !

काठमाडौं, ४ चैत। तरकारी बालीपछि बीमा समितिले घाँसेबाली बीमालेख सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल घाँस विकास संघ र राष्ट्रिय चरन पशु आहार केन्द्रको समन्वयमा समितिले घाँसेबाली बीमा योजना निर्माण गर्ने तयारी गरेको हो । समितिका अनुसार केही दिनमै यस्तो बीमालेख जारी हुनेछ । यस्तो बीमालेखअनुसार बीमा अवधिभित्र घाँसेबालीमा भएको हानी–नोक्सानीको उत्पादन मूल्यका आधारमा बीमा कम्पनीले क्षतिपूर्ति भुक्तान...
प्रतिपक्ष रणनीति माओवादी फकाउने, एमाले एक्ल्याउने

प्रतिपक्ष रणनीति माओवादी फकाउने, एमाले एक्ल्याउने

काठमाडौं, ४ चैत। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति अवलम्बन गरेको छ । विभिन्न संवैधानिक पदमा एमालेका तर्फबाट बनेका उम्मेदवारलाई निर्विरोध बन्न रोक्दै आएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने समर्थन गर्दै आएको छ । गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन तथा राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदव...
स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी

स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी

काठमाडौं, ४ चैत । नयाँ पत्रिका दैनिकले ‘कर्मचारीको स्वैच्छिक अवकाश रोक्ने तयारी’ शीर्षकको मुख्य समाचार छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कर्मचारीलाई अवकाशमा होइन, काममा पठाउने हो’ भनेको र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि स्वैच्छिक अवकाशको विपक्षमा रहेको समाचारमा लेखिएको छ । समाचारमा लेखिएको छ, ‘सेवाअवधि सकिन लागेका धेरै कर्मचारी यो प्याकेजमा आकर्षित भएपछि वर्तमान सरकारले प्याके...
व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत वृद्धि

व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत वृद्धि

काठमाडौं, ४ चैत।  दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ८५ लाख ५१ हजार रुपैयाँका सामग्री आयात गरियो । निर्यात भने ४७ अर्ब ६२ करोड २१ लाख ७८ हजार रुपैयाँको मात्रै भएको छ । निर्यात १३ प्रतिशतले वृद्धि भएको छ भने आयात ...
एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

काठमाडौं, ४ चैत केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ । प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् । चैत ८ देखि १८ गतेसम्म सञ्चालन हुने परीक्ष...
प्रधानमन्त्री ओलीसँग फोरम सशंकित

प्रधानमन्त्री ओलीसँग फोरम सशंकित

काठमाडौं, ४ चैत। फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनुअगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् । गत बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे । बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरि...
सार्क उद्यमी सम्मेलन आजदेखि

सार्क उद्यमी सम्मेलन आजदेखि

काठमाडौं, २ चैत। दक्षिण एसियाका व्यवसायीहरूको वृहत् सम्मेलन ‘सार्क बिजनेस लिडर्स कनक्लेभ’ शुक्रबार(आज) देखि काठमाडौंमा सुरु हुँदैछ । नेपालमा वैदेशिक लगानी बढाउन तथा क्षेत्रीय लगानी र व्यापार साझेदारी बढाउन सार्क चेम्बर अफ कमर्सले यो सम्मेलन आयोजना गरेको हो । विकास र समृद्धिको नारासहित केपी ओली नेतृत्वको सरकार गठन भएपछि पहिलोपटक नेपालमा यस्तो सम्मेलन हुन लागेको हो । सम्मेलनको प्रधानमन्त्री ओलीले न...
सरकारलाई आजै पूर्णता दिने तयारी

सरकारलाई आजै पूर्णता दिने तयारी

काठमाडौं, २ चैत ।  प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन्। आफ्नै पार्टी एमाले, माओवादी, संघीय फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन्। यसका लागि उनले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरूसँग अनौपचारिक छलफल गरेका थिए। ...
देउवा छाया सरकारका प्रधानमन्त्री

देउवा छाया सरकारका प्रधानमन्त्री

काठमाडौं, २ चैत । संसदीय दलको विधानमा नै छायाँ सरकारको प्रावधान राखेको कांग्रेसले आगामी केन्द्रीय समिति बैठकलगत्तै छाया सरकार गठन गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसद्लाई प्रभावकारी बनाउन छाया सरकार गठन गर्ने तयारी गरेको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरान...
एमाले अध्यक्ष र महासचिवको सम्बन्ध चिसियो

एमाले अध्यक्ष र महासचिवको सम्बन्ध चिसियो

काठमाडौं, २ चैत । नेपाल समाचारपत्र दैनिकले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको समाचार लेखेको छ । समाचारमा लेखिएको छ, ‘प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रुपमा रहेका पोखरेललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो । महासचिव पोखरेलको सट्टा डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएपछि प्रधान...
चोर्न पाउनुपर्ने भन्दै आन्दोलन : पूर्वमा पेट्रोलियम अभाव

चोर्न पाउनुपर्ने भन्दै आन्दोलन : पूर्वमा पेट्रोलियम अभाव

बिर्तामोड, २ चैत। ट्यांकर मजदुरको आन्दोलनका कारण भारतको सिलिगुडीबाट प्रेटोलियम पदार्थ आयत नहुँदा झापा लगायत मेची पहाडी जिल्लामा तेल आपूर्तिमा समस्या भएको छ । बुधबारदेखि इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरीएपछि यसको विरोधमा टयांकर चालक आन्दोलित बनेका छन् । ट्यांकर चालक तथा सहचालकहरुले प्रणाली सुरु गर्नु एक दिन अभि मंगलबारदेखि ढुवानी अवरोध गरेका हुन् । ढुवानीमा अवर...
पूर्वराष्ट्रपतिलाई आजीवन सुरक्षा

पूर्वराष्ट्रपतिलाई आजीवन सुरक्षा

काठमाडौं, २ चैत। अन्नपूर्ण पोष्ट दैनिकमा सुरक्षा ‘थ्रेट’का आधारमा पूर्व विशिष्ट पदाधिकारीको स्तर वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याइएको समाचार छ । नयाँ सुरक्षा व्यवस्थाअनुसार पूर्वराष्ट्रपतिले राज्यबाट आजीवन सुरक्षा पाउनेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले पारित गरेको सुरक्षा व्यवस्थालाई प्रहरीले कार्यान्वयनमा ल्याएको हो । गृहले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्र...
पराजुलीलाई भ्रष्टाचार मुद्दा लाग्न सक्ने

पराजुलीलाई भ्रष्टाचार मुद्दा लाग्न सक्ने

काठमाडौं, २ चैत । कान्तिपुर दैनिकले पराजुलीले पदबाट राजीनामा दिए पनि उनीमाथि भ्रष्टाचार मुद्दा लाग्नसक्ने समाचार लेखेको छ । निवर्तमान प्रधानन्याधीश गोपालप्रसाद पराजुलीले आफू न्यायपरिषद्बाट पदमुक्त भएपछि साँझसम्म पनि त्यसलाई चुनौति दिँदै बिहीबारको पेसी आफैँले तोक्ने दाबी गरिहेका थिए, तर जब बिहानै सर्बोच्च प्रशासनले कायममुकायम प्रधानन्याधीश दीपकराज जोशीलाई पेसी तोक्न सघायो र सर्बोच्चको वेबसाइमा परा...
न्यायपरिषद्ले भन्यो , प्रधानन्यायाधीश पराजुली पदमुक्त, निर्णय मान्दिनँ : पराजुली

न्यायपरिषद्ले भन्यो , प्रधानन्यायाधीश पराजुली पदमुक्त, निर्णय मान्दिनँ : पराजुली

काठमाडाैँ, १ चैत । न्यायपरिषद्ले प्रधानन्यायाधीश गोपाल पराजुलीले सात महिनाअघि नै (२१ साउन २०७४) उमेर हदका कारण अवकाश पाइसकेको जानकारी गराउँदै राष्ट्रपति कार्यालयलाई पत्राचार गरेको छ । न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले बुधबार पराजुलीको न्यापरिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण र परीक्षा नियन्त्रण कार्यालयको विवरणका आधारमा पराजुलीको पदावधि सकिएको जानकारी गराएका हुन् । रा...
बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा छ्यापियो तातो घिउ

बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा छ्यापियो तातो घिउ

कञ्चनपुर, १ चैत । कैलालीमा बोक्सीको आरोपमा किशोरीमाथि निर्घात कुटपिट गरिएको घटना सेलाउन नपाउँदै छिमेकी जिल्ला कञ्चनपुरमा आफूसँग बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा तातो घिउ छ्यापिएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकीका राजेश चन्दले बुधबार बिहान वडा नम्बर ५ बनगाउँकी २१ वर्षीया सुनिता चन्दको अनुहारमा तातो घिउ छ्यापेका हुन् । उनलाई थप कुटपिट पनि गरेर राजेश फरार छन् । बिहान घरमै पूजापाठका लागि ...
error: Content is protected !!