काठमाडाैँ, १ चैत। राजधानी दैनिकमा सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरीको शव दावी गर्न आएको समाचार छ । यो समाचार बंगला एयर विमान दुर्घटनासँग सम्बन्धित छ ।

समाचारमा लेखिएको छ- ‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन् ।

Advertisement

सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरी श्वेताको मृत्यु भएपछि शव दाबी गर्न आएपछि उर्मिला निकै भाव विह्वल भइन् ।

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा परी आफ्नो २४ वर्षीया डाक्टर छोरी गुमाएकी उर्मिला प्रधान पोस्टमार्टममा राखिएको छोरीको शवको सम्पूर्ण पहिचानसहित हुलिया विवरण दिएर शव बुझ्न अस्पताल पुगेकी थिइन् । ५८ वर्षीया उर्मिला निकै विक्षिप्त अवस्थामा थिइन् । तर, बुधबार एकाएक सम्बन्ध विच्छेद गरेर बसेका पूर्वश्रीमान् नुवाकोट विदुर नगरपालिकास्थित थुम्काका गजेन्द्र थापा छोरीको शव दाबी गर्न आएपछि उर्मिला आश्चर्यचकित भइन् ।

उनले राजधानीसँग भनेकी छन्, ‘मैले छोरी श्वेतालाई हुर्काएर ठूलो बनाएँ । दुःख गरेर पढाएँ । तर, अहिले आएर छोरीको शवमा दावी गर्दैछ । मैले छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!