प्रधानमन्त्रीओलीको भ्रमणमा जम्बो टोली, एजेन्डा पुरानै

प्रधानमन्त्रीओलीको भ्रमणमा जम्बो टोली, एजेन्डा पुरानै

काठमाडौं, १७ चैत। प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीनदिने भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकाई नायडु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्नेछन् । पररा...
जलवायु परिवर्तनले थपिँदै नेपालीमा रोगको भार : विकसित देशका कारण नेपालमा दुःख

जलवायु परिवर्तनले थपिँदै नेपालीमा रोगको भार : विकसित देशका कारण नेपालमा दुःख

काठमाडौं, १६ चैत । ६ वर्षयता नेपालमा नयाँनयाँ रोग देखिनुका साथै जोखिम पनि बढिरहेको स्वास्थ्य विज्ञले बताएका छन् । उनीहरूका अनुसार यसरी रोगको जोखिम बढ्नुको प्रमुख कारण विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु परिवर्तन हो । बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने विषयमा राजधानीमा आयोजित कार्यक्रमका सहभागी विज्ञहरूले विकसित देशले गरेको कामबाट नेपालीले दुःख भोग्नुपरेको बताएका छन् । बिहीबार सुरु भएक...
राष्ट्रपतिसँगै उपराष्ट्रपति बसेपछि सुरु भयो विवाद

राष्ट्रपतिसँगै उपराष्ट्रपति बसेपछि सुरु भयो विवाद

काठमाडौं, १६ चैत । संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसदमा आसन गराइएपछि विवाद सुरु भएको छ । विगतमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसदको बाल्कोनीमा विशिष्ट कुर्सीमा आसन गराइन्थ्यो । बिहीबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भने राष्ट्रपति विद्यादेवी भण्डारीसँगै कुर्सी राखेर आसन ग्रहण गराइएको थियो । संस...
मोटर बिगारेको भन्दै ६ बर्षकी बालिकालाई गोबर खुवाइयो

मोटर बिगारेको भन्दै ६ बर्षकी बालिकालाई गोबर खुवाइयो

नेपालगन्ज, १५ चैत। कोहलपुर क्षेत्रमा बालिका दुर्व्यवहारका घटना बढेका छन् । गत शनिबार एक १० बर्षीया बालिका बलात्कृत भइन् । प्रहरीले बलात्कार आरोपमा स्थानीय ३० बर्षीय थमबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ । कोहलपुरस्थित दुर्गा खाजा घरनजिकै खेलिरहेकी बालिकालाई प्रलोभनमा पारेर उनले स्कुटरमा राखी गनापुरस्थित खेतमा पुर्याएर करणी गरेको प्रहरीले जनाएको छ । अर्की ६ बर्षीया बालिकालाई पानी तान्ने मोटर बिगारे...
क्रूर आमा जसले ६ बर्षका छोरालाई आइरनले डामिन्

क्रूर आमा जसले ६ बर्षका छोरालाई आइरनले डामिन्

मोरङ, १५ चैत।  छोराको ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ३ की ३२ बर्षीया सरला पौडेललाई पक्राउ गरेको छ । उनले ६ बर्षीय छोरालाई तातो आइरनले शरीरमा डामेको पाइएको प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बताए । सरलाको ७ बर्षअघि विराटनगर ३ का विक्रम काफ्लेसँग विवाह भएपछि छोराको जन्म भएको रहेछ । उनले भने, उनीहरुबीच सम्बन्ध विच्छेद भई छोरा आमासँगै बस्दै आएका हुन् । स्थानीय अन्नपूर...
शिक्षकले विद्यार्थीलाई गाँजा र भाङ खुवाएपछि…

शिक्षकले विद्यार्थीलाई गाँजा र भाङ खुवाएपछि…

कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्ज गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् । गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले पनि बालबालिकालाई बोर्डिङ स्कुलमा भर्ना गरे । तर शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घन्टा बेहोस भएपछि अभिभावक छाँगाबाट खसेझैं भएका छन् । शिक्षकले जानीजानी दिएको गाँजाले कक्षा पाँच...
नेपालीले भत्काइदिए भारतले महाकालीमा बनाएको काठेपुल पुल

नेपालीले भत्काइदिए भारतले महाकालीमा बनाएको काठेपुल पुल

दार्चुला, १५ चैत । भारतले सीमा नदी महाकालीमा एकतर्फी रुपमा निर्माण गरेका ३ वटा काठेपुल स्थानीय बासिन्दाले भत्काइदिएका छन् । गत फागुनमा भारतले नेपालको अनुमतिविना व्यास गाउँपालिका २ दुम्लिङस्थित महाकालीमा अस्थायी प्रकृतिका काठे पुल निर्माण गरेको थियो । प्रहरीका अनुसार मंगलबार दुम्लिङका स्थानीयले पुल भत्काएर महाकालीमा फालेका हुन् । भारतले सडक निर्माण समाग्री ढुवानी गर्न घाटीबगडदेखि दोपख्यासम्म ४ व...
एउटै कक्षामा पढ्ने साथीबाट १० बर्षीया बालिका बलात्कृत

एउटै कक्षामा पढ्ने साथीबाट १० बर्षीया बालिका बलात्कृत

चितवन, १५ चैत । एउटै कक्षामा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीका १० बर्षीया बालिका बलात्कृत भएकी छिन् । चैत ११ गते दिउँसो घरमा एक्ले सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छिन् । छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको हो । अभिभावक नुहाएर फर्किदाँ सुतिरहेकी बालिकामा उठबस गर्न नसक्ने, ज्वरो आउने, उल्टी गर्ने, ...
एकीकृत पार्टीमा दुई अध्यक्ष, २९९ केन्द्रीय सदस्य

एकीकृत पार्टीमा दुई अध्यक्ष, २९९ केन्द्रीय सदस्य

काठमाडौं, १५ चैत। एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको हो । १६ अध्याय र ७८ धारा रहेको विधान मस्यौदालाई तीन विषयबाहेक संगठन तथा विधान मस्यौदासम्बन्धी कार्यदलले बुधबार टुंगो लगाएको हो । गृह मन्त्रालयमा बसेको कार्यदलक...
फ्ल्यासब्याक: पहिलो भ्रमणमा ओली र मोदीबीच चर्काचर्की

फ्ल्यासब्याक: पहिलो भ्रमणमा ओली र मोदीबीच चर्काचर्की

काठमाडौं, १४ चैत । ८ फागुन २०७२ मा हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र मोदीबीच औपचारिक दुईपक्षीय वैठकमा भनाभन भयो । बिषय थियो : नेपालको संविधान । उक्त वैठकमा सहभागी कूटनीतिज्ञका अनुसार प्रधानमन्त्री ओलीले भनेका थिए, ‘नेपालको संविधान समावेशी छ, लोकतान्त्रिक छ । कार्यान्वयनका क्रममा कमीकमजोरी देखिएछन् भने सच्याउँदै जाउँला ।’ आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । तर, मोदीले विदेश मन्त्रालयका अध...
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा राजनीतिक मुद्धामा छलफल नहुने

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा राजनीतिक मुद्धामा छलफल नहुने

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नेपालको राजनीतिक विषयमा कुराकानी नहुने भएको छ । निर्वाचनमार्फत राजनीतिक संक्रमण सम्पन्न भइसकेको अवस्थामा अब ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आर्थिक विकासका मुद्दामा छलफल गर्ने गरी कूटनीतिक तयारी थालिएको छ । दुवै देशका परराष्ट्र मन्त्रालयले आपसी छलफलका बुँदामा आन्तरिक परिस्थितिबारे छलफल नगर्ने तयारी गरिरहेका छन् । ‘भारतीय प्रधानमन...
प्रहरीबाटै किशोरी बलात्कृत, सुरक्षा कसले दिने

प्रहरीबाटै किशोरी बलात्कृत, सुरक्षा कसले दिने

काठमाडौं, १४ चैत । विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् । अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ । फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भपतन बनाएको आरोप लागेको छ । किशोरीले बान्ता गर्न थालेपछि साथीलाई सोध्न लगाउँदा प्रहरी हाकिमले बलात्कार गर्दा ग...
किशोरकिशोरी एकान्त खोज्छन्? डिप्रेसनमा परे कि?

किशोरकिशोरी एकान्त खोज्छन्? डिप्रेसनमा परे कि?

काठमाडौं, १४ चैत। तपाईंका स्कुल–कलेज जाने उमेरका छोराछोरी एकान्तमा बस्न रुचाउँछन् ? उनीहरु फरक गतिविधि गर्न देखाउन थालेका छन्? यस्ता समस्या देखिन थालेका छन् भने समयमै ध्यान दिनुहोस्! तपाईंका छोराछोरी डिपे्रसनमा पनि परिसकेका हुन सक्छन्। स्कुल–कलेजका किशोरकिशोरीमा डिपे्रसन बढेपछि कतिपय उपचारमा पुगेका छन् भने कतिपय आत्महत्या प्रयास वा आफैंलाई हानि गर्ने क्रियाकलापमा लाग्ने गरेको पाइएको छ । त्यस्ता ...
नौ महिनामा दुई दर्जन बलात्कृत

नौ महिनामा दुई दर्जन बलात्कृत

ललितपुर : घटना १  चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे। घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो। अहिले उनी प्रहरी हिरासतमा छन्। घटना २ बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास गरे। उनले बालिकालाई ललाइफकाई कोठामा लगी खाटमा सुताएको, बालिकाको कपडा खोलिदिएको र आफ्नो कपडा खोलेको बालिकाले बताएकी...
कटौती हुँदै सार्वजनिक बिदा, शनिबारबाहेक वर्षमा १५ दिन गर्न प्रस्ताव

कटौती हुँदै सार्वजनिक बिदा, शनिबारबाहेक वर्षमा १५ दिन गर्न प्रस्ताव

काठमाडौं, १४ चैत ।  सरकारले गतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्ने तयारी गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । समाचार अनुसार, २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको छ । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सरकारले कटौतीको तयारी गरेको हो । नयाँ...
२७ महिनायताकै न्यून बिन्दुमा झर्‍यो नेप्से

२७ महिनायताकै न्यून बिन्दुमा झर्‍यो नेप्से

काठमाडौं, १३ चैत । लामो समयदेखि निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार ५१ अंकले घटेको छ । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो । तर, अन्त्यमा झिनो अंकले सुधारिएपछि ५१ दशमलव ८९ अंकले घटेर १ हजार १ सय ६८ बिन्दुमा बजार बन्द भएको छ । यो २०७२ पुस २७ गतेयताकै न्यून बिन्दु हो । धेरै दिन ओरालो लागेको बजार सोमबार ...
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा पनि विवादमा

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा पनि विवादमा

काठमाडौं, १३ चैत। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाउने क्रममा समेत विवाद देखिएको छ । न्यायपरिषद्ले पराजुलीको अवकाश २०७४ साउन २१ मा भएको जनाउँदै गत फागुन ३० गते उनलाई अवकाशपत्र दिएको थियो । स्वयं पराजुलीले भने प्रधानन्यायाधीशकै हैसियतले चैत १ लाई कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो । छिटो अवकाश हुने प्रमाणपत्र लुकाएर पदावधि लम्ब्याएका पराजुलीले आफ्नो पेन्सनसमेत ७ महिना ९...
सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

काठमाडौं, १३ चैत। मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता मिति ०७४ चैत १२ सम्म रहेकोमा निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको गोरखापत्रमा समाचार छ । समितिले ७९ दिन थपिदिएर सुरुङ सम्पन्न गर्ने म्याद २०७५ जेठ ३१ पुर्‍याएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न नसकेपछि समितिले ...
एकीकृत पार्टीमा १० तहका कमिटी, दुई रातमा बन्यो विधान

एकीकृत पार्टीमा १० तहका कमिटी, दुई रातमा बन्यो विधान

काठमाडौं, १३ चैत। एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठनिक संरचनामा सहमति गरेको हो । दुवै पार्टीका नेताको व्यवस्थापन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने सहमतिसमेत भएको छ । दुवै पार्टीका नेताको व्यवस्थापन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने सहमतिसमेत भएको छ । पर...
को-को थपिए रातो पासपोर्ट पाउने ?

को-को थपिए रातो पासपोर्ट पाउने ?

काठमाडौं, १३ चैत । सरकारले सातै प्रदेशका प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र सांसदर्ला रातो पासपोर्ट कुटनीतिक राहदानी सुविधान दिने भएको छ । संघीयता कार्यान्वयनसँगै प्रदेशमा निर्वाचित पदाधिकारी तथा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुखसहितलाई रातो पासपोर्ट दिने निर्णय मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको हो । यो निर्णयअनुासर सातै प्रदेशका ५ सय ५० सांसद र सात...
न्यायाधीशको विदेश भ्रमणमा कडाइ

न्यायाधीशको विदेश भ्रमणमा कडाइ

काठमाडौं, १३ चैत । अब प्रधानन्यायाधीश वा न्यायाधीश ‘क्याबिनेट’ को अनुमतिमा मात्र विदेश भ्रमणमा जान पाउने भएका छन् । न्यायाधीशहरू आईएनजीओको प्रभावमा परेको भन्दै जनस्तरबाट आएका गुनासालाई सम्बोधन गर्न सरकारले स्पष्ट विधि र मापदण्डको तयारी थालेको हो । न्यायाधीशहरू तालिम, गोष्ठी, अध्ययन, अनुसन्धान एवं अनुगमन भ्रमणमा विदेश जाँदा औचित्य पुष्टि गर्नुपर्ने गरी मापदण्ड तय गरिनेछ । यति मात्र नभई स्वदेशभित...
राष्ट्रपतिले बिहीबार संघीय संसद्लाई सम्बोधन गर्ने

राष्ट्रपतिले बिहीबार संघीय संसद्लाई सम्बोधन गर्ने

काठमाडौं, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसद्लाई सम्बोधन गर्ने भएकी छिन् । संघीय संसद्को पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार समय तय गरिएको हो । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले १५ चैत अपराह्न ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने बताए । राष्ट्रपतिले सम्बोधन गर्ने मि...
इयू प्रतिवेदनबारे संसद्मा दुईथरी मत

इयू प्रतिवेदनबारे संसद्मा दुईथरी मत

काठमाडौं, १३ चैत । युरोपेली युनियनअन्तर्गतको निर्वाचन पर्यवेक्षण मिसनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे दिएको धारणालाई लिएर संसद्मा विभाजन देखिएको छ। वाम गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिवेदनप्रति विरोध जनाएका छन् भने तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले समर्थन जनाएका छन्। संसद् बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने मौन...
खैनी–चुरोट बोकेर मन्त्रालय प्रवेश निषेध

खैनी–चुरोट बोकेर मन्त्रालय प्रवेश निषेध

काठमाडौं, १३  चैत । निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्। खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई मन्त्रालय प्रवेशको अनुमति दिनेछन् । मन्त्रालय परिसरमा सुर्तीचुरोट खाएको पाइएमा त जरिबाना तिर्नुपर्ने हुन्छ। सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नहुने कानु...
चक्रपथमा मोनोरेल गुडाउन मलेसियाली टोली काठमाडौंमा

चक्रपथमा मोनोरेल गुडाउन मलेसियाली टोली काठमाडौंमा

काठमाडौं, ९ चैत ।  काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ । मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन् । उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर ‘काठमाडौँ मोनोरेल प्रालि नामक कम्पनी’ गत माघमै स्थापना गरिसकेका छन् । मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीका अध्यक्ष डा.अमिनुद्दिन अदनान, कार्पोरेट डाइरेक्टर हेन्री जुड,...
कोरिया आकर्षणः पहिलो दिनमै ३० हजारले बुझाए पैसा

कोरिया आकर्षणः पहिलो दिनमै ३० हजारले बुझाए पैसा

काठमाडौं, ९ चैत । कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ।भाषा परीक्षाका लागि आवदेन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी युवाले आवेदनका लागि बैंकमा पैसा जम्मा गरेका छन् । शाखाले अनलाइन आवेदन खुला गरेको पहिले दिनमै कोरियाको रोजगारीका लागि जाने युवाको भीडले देशमा वेरोजगारी बढिरहेको संकेत गराउँछ।नवौं भाषा परीक्...
सुस्तामा भारतीय दादागिरीः एकतर्फी बाँध निर्माण सुरु

सुस्तामा भारतीय दादागिरीः एकतर्फी बाँध निर्माण सुरु

नवलपरासी, ८ चैत  ।  गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा पर्ने र कटान भइरहेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँध निर्माण सुरु गरेको छ । नेपाली भूमि डुबानमा पार्ने गरी भारतले एकतर्फी बाँध निर्माण गरेको हो । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित नारायणी नदी ठोक्कर–१२ को पूर्वतर्फ नारायणी नदी पारी नेपालतर्फ करिब ३ सय मिटर भूभाग मिची बाँध निर्माण गरेको स्थानीय श्याम थापाले बताए । शक्तिकुमार कम्पनी पश्...
पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजना लगानी बोर्डको हातमा

पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजना लगानी बोर्डको हातमा

काठमाडौं, ८ चैत। लगानी बोर्डले पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनाको सम्पूर्ण काम आफैंले गर्ने भन्दै उर्जा मन्त्रालयसँग सबै परियोजनाको फाइल मागेको छ। स्थापनाको सात वर्षैसम्म देखिनेगरी कुनै विशेष काम गर्न नसकेको आरोप खेप्दै आएको बोर्डले पाँच सय मेगावाटभन्दा माथिको आयोजना आफूमातहत मागेसँगै उसको क्षमतामा प्रश्न उठेको छ। एक–दुईवटा सिमेन्ट आयोजनाबाहेक बोर्डमातहत रहेका चार जलविद्युत् आयोजना न...
आफ्ना नागरिकलाई चन्द्रागिरी नजान अमेरिकी दूतावासको अलर्ट

आफ्ना नागरिकलाई चन्द्रागिरी नजान अमेरिकी दूतावासको अलर्ट

काठमाडौं, ८ चैत । नेपालस्थित अमेरिकी दूतावासले आफ नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडों वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ । कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहलिो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ ।माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन् । दूतावासले गत शुक्रबार एड्भाइजरी ज...
एसइई आजदेखि : ४ लाख ८५ हजार परीक्षार्थीका लागि १ हजार ९ सय ५६ केन्द्र

एसइई आजदेखि : ४ लाख ८५ हजार परीक्षार्थीका लागि १ हजार ९ सय ५६ केन्द्र

काठमाडौं, ८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदै छ । ७७ जिल्लालाई चार क्लस्टर बनाएर फरक–फरक प्रश्नपत्र तयार गरिएका छन् । शिक्षा ऐनअनुसार कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले प्रदेशस्तरमा गर्नुपर्ने व्यवस्था भए पनि संरचना नहुँदा केन्द्रीकृत रूपमै गर्न लागिएको हो । पूर्व र पश्चिमलाई एक–एक तथा मध्यभागलाई दुई क्लस्टर बनाएर तयारी गर्न बोर्डले दिएको अख्तियारीअनुसार परीक्षा नियन...
कर्मचारी स्वेच्छिक अवकाश सरकारलाई घाँडो

कर्मचारी स्वेच्छिक अवकाश सरकारलाई घाँडो

काठमाडौं, ८ चैत।  निजामती कर्मचारी स्वेच्छिक अवकाश प्याकेज व्यवस्थापन सरकारका लागि टाउको दुखाइ बनेको छ। राज्यलाई भार पर्ने गरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा वर्तमान सरकार अन्योलमा परेको हो। ५० वर्ष उमेर र २० वर्ष सेवाअवधि पूरा भएका कर्मचारीका लागि सात वर्षको ग्रेड थप गरी सातै वर्षको पेन्सन एकमुस्ट दिने गरी अघिल्लो...
error: Content is protected !!