काठमाडौं, २ चैत । संसदीय दलको विधानमा नै छायाँ सरकारको प्रावधान राखेको कांग्रेसले आगामी केन्द्रीय समिति बैठकलगत्तै छाया सरकार गठन गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसद्लाई प्रभावकारी बनाउन छाया सरकार गठन गर्ने तयारी गरेको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसदलाई प्रभावकारी बनाउन छाया सरकार गठन गर्ने तयारी गरेको हो ।

Advertisement

कांग्रेस नेता बालकृष्ण खाँडले ९ चैतमा बस्ने केन्द्रीय समिति बैठकपछि छाया सरकार गठन गरिने बताएको राजधानीले लेखेको छ ।

खाँडले भनेका छन्, ‘९ चैतमा केन्द्रीय समिति बैठक बोलाइएको छ, छाया सरकारका लागि यो बैठकमा आवश्यक छलफल हुन्छ, संसदीय दलको नेताकै नेतृत्वमा छाया सरकार बन्छ ।’

कांग्रेसले बनाउने छाया सरकारमा क्याबिनेटमा रहने मन्त्रालय र मन्त्री बराबरकै मन्त्री रहनेसमेत खाँडले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!