Avatar photoSangalo Khabar

काठमाडौं, ६ चैत। किताबी ज्ञानसँगै व्यावहारिक जीवनमा आइपर्ने विभिन्न काम कसरी गर्ने भनी प्रयोगात्मक रुपमै प्रदर्शन गरेर विद्यासागर इंग्लिस स्कुलका विद्यार्थीले अभिभावकलाई चकित पारिदिएका छन् ।

ब्रिटिस काउन्सिलसँगको सहकार्यमा सञ्चालित फुड फेस्टिभलको प्रदर्शनी हेर्न सोमबार विद्यालय पुगेका बनेपा गोदामचोकका शंकर खनाल छोरी कृतिकाले कपासबाट बत्ती काटिरहेको देख्दा अचम्ममा परे । दैनिक रुपमा घरपसलमा आवश्यक पर्ने कपासको बत्ती किन्न बजार जानुपर्ने बाध्यता रहेका शंकरले छौरीले उक्त आवश्यकता पूरा गरिदिने भएपछि औधी खुसी लागेको सुनाए ।

Advertisement

राजधानी दैनिक लेख्छ– छोरीले घरमा हजुरआमाले जस्तै टपरी बुनिरहेको पाएपछि अभिभावक महेश पौडेल टक्क रोकिए । उनले नजिकै गएर छोरीको काम अवलोकन गरे । छोरीले अब बजारमा गएर टपरी किन्न आवश्यक नरहेको बताएपछि उनी विद्यालयले दिएको व्यावहारिक शिक्षा देखेर खुसीले दंग परे ।

विद्यालयलेहरुले व्यावहारिक शिक्षा नदिएको आरोप लागिरहेका बेला काभ्रेको विद्यासागर इंग्लिस स्कुलले सीप सिकाउने उद्देश्यले विद्यार्थीहरुलाई दुनाटपरी गाँस्न, अगरबत्ती बनाउन तथा दीयोमा प्रयोग हुने बत्ती काट्न सिकाएको समाचारमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement