पूर्वलडाकुले गृह मन्त्रालयमा विष सेवन गरेपछि…

पूर्वलडाकुले गृह मन्त्रालयमा विष सेवन गरेपछि…

काठमाडौँ, ६ मंसिर । शान्ति सम्झौताको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । ३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् । गृहमन्त्री थापालाई भेट्न गएका सामूहिक टोलीमा उनी कार्यकक्ष प्रवेश गरेका थिए । द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान, लाउन ...
चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस

चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस

हुम्ला, ६ मंसिर । तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोल विक वडा कार्यालय पुगे । वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस गरिदिए। उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे। हारगुहार गरेपछि गाउँपालिका अध्यक्ष्ँ पदम लामाले अर्को सिफरिस बनाइदिए। सिफारिस पत्रमा लेखिएको थियो, ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, गरिबलाई १० केजी चामल सहयोग गरिदिन अनुरोध छ।’ गाउँपालिका अ...
अमिताभ बच्चनले तिरिदिए १ हजार ३९८ सय किसानको ऋण

अमिताभ बच्चनले तिरिदिए १ हजार ३९८ सय किसानको ऋण

काठमाडौँ, ६ मंसिर । बलिउड अभिनेता अमिताभ बच्चनले सयौं किसानको ऋण तिरिदिएका छन्। उनले उत्तर प्रदेशका एक हजार ३९८ जना किसानले लिएको ऋण चुक्ता गरिदिएकाे बताएका छन्। यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेकाे जनाएका छन्। मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन्। यसबाट आफूलाई ‘एउटा काम पूरा गरेको महसुस भइरहेको’ पनि उनले बताए। एक सरकारी बैंकबाट किसानले लिएको ऋण अ...
व्यर्थैमा बित्यो ओली सरकारका नौ महिना

व्यर्थैमा बित्यो ओली सरकारका नौ महिना

काठमाडौँ, ६ मंसिर ।  मनमोहन अधिकारीको पहिलो कम्युनिस्ट सरकारलाई प्रमुख दातृ निकायले विश्वास गरेका थिएनन्। त्यो सरकारले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम ल्याएर प्रत्येक गाविसलाई तीन लाख रुपैयाँ दिने घोषणा ग-यो। नेपाली कांग्रेसलगायत सबैले बजेट कनिका छरेको आरोप लगाए। पहिलोपटक सरकार बनाएको कम्युनिस्ट पार्टीलाई राहत हुने गरी विश्व बैंकले आफ्नो प्रतिवेदनमा मुलुकमा पहिलोपल्ट ‘राम्रो कार्यक्रम’ ल्याएक...
मिस नेपाल शृंखला मिस वर्ल्डको प्रतिस्पर्धामा अगाडि

मिस नेपाल शृंखला मिस वर्ल्डको प्रतिस्पर्धामा अगाडि

काठमाडौँ, ६ मंसिर । यस बर्षको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल शृखंला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन्। मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार साँझसम्म २५.८२ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छ...
८० बर्ष पुरानो सुत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विष बन्दै

८० बर्ष पुरानो सुत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विष बन्दै

काठमाडौँ, ४ मंसिर । ८० बर्ष पुरानो सुत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित् बनेको छ । सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरुले बताएका छन् । , आजको नयाँ पत्रिकामा यो खबर छ । स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको र...
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटः भारतमा २८ पटक घट्यो, तर नेपालमा भने ‘स्थिर’

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटः भारतमा २८ पटक घट्यो, तर नेपालमा भने ‘स्थिर’

काठमाडौँ, ४ मंसिर । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६....
विरासत फर्काउन एक हुँदै कोइराला परिवार, शेखरले भने- ‘कांग्रेसलाई दह्रो बनाउनु छ’

विरासत फर्काउन एक हुँदै कोइराला परिवार, शेखरले भने- ‘कांग्रेसलाई दह्रो बनाउनु छ’

काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसभित्र १३औं महाधिवेशनपछि दोस्रो वरीयतामा झरेका कोइराला परिवारका नेता फेरि एकपटक १४औं महाधिवेशनबाट विरासत फर्काउन अघि बढेका छन् । हाल कोइराला परिवारबाट कांग्रेसको उच्च पदमा विश्वेश्वरप्रसाद कोइरालाका पुत्र डा. शशांक कोइराला महामन्त्री छन् । यस्तै, केशवप्रसाद कोइरालापुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला केन्द्रीय सदस्यको भूमिकामा छन् ...
प्रकाश दाहालको स्मृतिमा थामिएन प्रचण्ड परिवारको आँसु

प्रकाश दाहालको स्मृतिमा थामिएन प्रचण्ड परिवारको आँसु

काठमाडौँ, ४ मंसिर । सधैं चहलपहल हुने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुलटलारमा मानिसहरुको उपस्थिति बाक्लो रहेपनि सबै मौन देखिन्थे । मानिसहरुको भिड भएर पनि त्यहां सन्नटा छाएको थियो । सबैको अनुहार मलिन थियो । प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति दिवसको अवसरमा उपस्थित सबै प्रकाशको संझना गरिरहेका थिए । एक बर्ष अघि हृदयघातको कारण निधन भएका प्रकाशको स्मृतिमा परिव...
छाती र पेट जोडिएका जुम्ल्याहा शिशु जन्मिए

छाती र पेट जोडिएका जुम्ल्याहा शिशु जन्मिए

वीरेन्द्रनगर, ४ मंसिर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा छाती र पेटको माथिल्लो भाग जोडिएका दुई बालिकालाई अप्रेसन गरी निकालिएको छ । अस्पतालमा आइतबार कालिकोटको रास्कोट नगरपालिका–५ स्युनाकी ललिता बुढाको कोखबाट शरीर जोडिएका दुई बालिकालाई निकालिएको हो । दुई बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।बालिकाहरुलाई अस्पतालको एनआईसीयूमा राखिएको छ । बालिका र आमा स...
दाहोरो कर उठाउन नपाउने निर्णय चाँडै अाउने

दाहोरो कर उठाउन नपाउने निर्णय चाँडै अाउने

काठमाडौँ, ४ मंसिर । सरकारले दोहोरो कर उठाउन नपाइने गरी व्यवस्था गर्न लागको छ । संघ, प्रदेश र स्थानीय निकायले जथाभावी कर उठाउन थालेपछि मन्त्रालयले समिति गठन गरी अध्ययन गरेको थियो । आजको गोरखापत्र दैनिकमा यो खबर छ छ । सातौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा दोहोरो कर नलाग्ने गरी मन्त्रिपरिषद्को निर्णय गर्न लागेको जानका...
सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको तयारीमा राजपा

सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको तयारीमा राजपा

काठमाडौं, ३ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिई दबाबमूलक आन्दोलन गर्ने भएको छ । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आफूहरूले उठाउँदै आएको माग सम्बोधन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दबाबमूलक आन्दोलन गर्ने बताए । ‘सरकारको रवैया यस्तै रहिरह्यो भने हामी समर्थन फिर्ता लिएर आन्दोलनमा जाने भन्ने कुरा पहिलेदेखि नै भन्दै आएका छौं,’ भण्...
अदालतको फैसला नटेर्नेहरूले अब सार्वजनिक सेवा नपाउने

अदालतको फैसला नटेर्नेहरूले अब सार्वजनिक सेवा नपाउने

काठमाडाैँ, ३ मङ्सिर । अदालतको फैसला नटेर्नेहरूले अब सार्वजनिक सेवा नपाउने भएका छन्। फैसला कार्यान्वयन निर्देशनालयले विशेष अभियान सुरु गर्दै स्थानीय तहमार्फत कैद तथा जरिवाना लगत भएका व्यक्तिलाई सरकारी सेवा उपलब्ध नगराउन पत्राचार गरेको हो। अब अदालतको फैसला अन्तिम भई कैद तथा जरिवाना लगत बाँकी रहेका व्यक्तिले सरकारी सुविधा पाउने छैनन्। लामो समयदेखि निर्देशनालयले सो व्यवस्था कार्यान्वयन गर्न प्रयास ...
कतारले अाफ्नै स‌ंस्थामार्फत नेपालमै कामदारकाे स्वास्थ्य परीक्षण गर्ने

कतारले अाफ्नै स‌ंस्थामार्फत नेपालमै कामदारकाे स्वास्थ्य परीक्षण गर्ने

काठमाडौं, ३ मङ्सिर। नेपालमा गरिने स्वास्थ्य परीक्षणको गुणस्तरीयताप्रति पटक-पटक प्रश्न उठाउँदै आएको कतारले अन्तत: आफ्नो देशमा जाने कामदारको स्वास्थ्य परीक्षण आफ्नै स्वास्थ्य संस्थामा गर्ने भएको छ। खाडीका केही मुलुक तथा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारले केही स्वास्थ्य संस्थालाई अनुमति दिएको छ। तर कतारले भने कामदार लिंदै आएका स्रोत मुलुकमा कतारको स्वास्थ्य मन्त्रालय मातहत रह...
कोरियामा नेपाली कामदारको माग उच्च, बढाइयाे काेटा

कोरियामा नेपाली कामदारको माग उच्च, बढाइयाे काेटा

काठमाडौं, ३ मङ्सिर। कोरियाले रोजगार अनुमति प्रणालीमार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ। कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउँदै माग बढाउँदै लगेको हो। कोरिया इपीएसमार्फत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले पनि रोजगार आवेदन दिएका थप चार हजार युवाको नाम कोरिया पठाएको खबर कारोबार दैनिकमा  छ। कोरिया सरकारले आग...
भिडियो देखाएर बलात्कृतसँग उल्टै बार्गेनिङ

भिडियो देखाएर बलात्कृतसँग उल्टै बार्गेनिङ

वीरगन्ज, २ मंसिर । टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै धम्क्याए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तास...
अनुमति नलिई नेपाली भुमिमा धमाधम बाटो बनाउँदै भारत

अनुमति नलिई नेपाली भुमिमा धमाधम बाटो बनाउँदै भारत

दार्चुला, २ मंसिर । भारतले अनुमति नलिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक निर्माण भइरहेको छ । त्यहाँको घटियाबगर–लखनपुर–लिपुलेक सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्नलगायत सामान ढुवानी गर्न नेपालतर्फ घोरेटो बाटो निर्माण भइरहेको निर्माण कम्पनी...
सरकारलार्इ दिएकाे समर्थन ६ दिनपछि फिर्ता लिन्छौं : राजपा

सरकारलार्इ दिएकाे समर्थन ६ दिनपछि फिर्ता लिन्छौं : राजपा

काठमाडौँ, २ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले अबको ६ दिनभित्र पार्टीले सरकारबाट समर्थन फिर्ता बताएका छन्। शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने, ‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं। काउन्टडाउन सुरु भैसक्यो। हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं। आज चार दिन बितिसक्यो। अब ६ दिन बाँकी छ। हामी अहिले बाध्यकार...
राष्ट्रपतिलाई गाडी किन्न छुट्याइएको ४ कराेडले नपुगेपछि थप १४ करोड निकासा

राष्ट्रपतिलाई गाडी किन्न छुट्याइएको ४ कराेडले नपुगेपछि थप १४ करोड निकासा

काठमाडौँ, २ मंसिर । सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ। २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए। राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थि...
नेकपा एकता प्रक्रियाः ओली र प्रचण्डको आ-आफ्नै ताल, कार्यकर्ताको बेहाल

नेकपा एकता प्रक्रियाः ओली र प्रचण्डको आ-आफ्नै ताल, कार्यकर्ताको बेहाल

काठमाडौँ, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ। पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ। पटक–पटक भाका सारिँदै आएको एकता प्रक्रिया झन् लम्बिँदै गएको छ। एकता प्रक्रियाका लागि कार्यदलले तयारी गरेर खाकासहितको प्रतिवेदन सचिवालयको बैठकमा पेस गरे पनि शीर्ष नेताबीचकै विवादका कारण स्थगित भएको...
पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेन

पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेन

काठमाडौँ, १ मंसिर । सवारीसाधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ ।  हाल २ लेन रहेको राजमार्ग सहरी क्षेत्रमा ८ लेन र अन्य भागमा ४ लेनको बनाउन तयारी भइरहेको छ । पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्...
विदेशी पेन्सन खानेलाई वृद्धभत्ता : राज्यमाथि तीन अर्ब व्ययभार

विदेशी पेन्सन खानेलाई वृद्धभत्ता : राज्यमाथि तीन अर्ब व्ययभार

काठमाडौँ, १ मंसिर । विदेशबाट पेन्सन प्राप्त गर्दै आएका व्यक्तिलाई वृद्धभत्ता रोक्का गर्ने निर्णयलाई सरकारले उल्ट्याउँदा राज्यमाथि तीन अर्ब रुपैयाँको व्ययभार थपिएको छ। सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा व्यवस्था भएअनुसार कुनै पनि प्रकारको पेन्सन प्राप्त गर्ने व्यक्तिले वृद्धभत्ता नपाउने उल्लेख थियो । तर, मन्त्रिपरिषद्को असोज २१ को बैठकले उक्त व्यवस्था उल्ट्याएर विदेशी पेन्सनवालाला...
युवा क्रिकेटर सन्दीप लामिछानेले फेरि आईपीएल खेल्ने पक्‍का

युवा क्रिकेटर सन्दीप लामिछानेले फेरि आईपीएल खेल्ने पक्‍का

काठमाडौं, ३० कात्तिक । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्। उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो। आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ।, आजको अन्नपूर्ण पोष्ट्मा यो खबर छ । त्यही अधिकार प्रयोग गर्...
विघटनको संघारमा नेविसंघ

विघटनको संघारमा नेविसंघ

काठमाडौं, ३० कात्तिक । माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकुल बनाउन सक्रिय रहँदा संघको वैधानिक व्यवस्था मात्र होईन वर्तमान नेतृत्वको थपिएको कार्यकाल सकिन लाग्दासमेत महाधिवेशन अनिश्चित बनेको हो । नेविसंघ नेतृत्वको दुईबर्षे कार्यकाल गत भदौ २...
नासा भन्छ- ‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’

नासा भन्छ- ‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’

काठमाडौं, ३० कात्तिक । प्राविधिक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा नभएको अमेरिकाको नासाले जनाएको छ । माउन्ट एभरेस्टको नामले पनि विश्भरि चिनिने सगरमाथा समुदि« सतहको हिसाबले मात्र सर्वोच्च रहेको बताइएको छ । तर यदि फेद देखिको उचाई मापनको आधारमा भन्ने हो भने अमेरिकाको हवाइ टापुको माउना किया पहाड सबैभन्दा अग्लो भएको बताइएको छ । विगत चालिस करोड वर्षयताकै सबैभन्दा ठूलो ठक्करको रुपमा पाँच करोड वर्ष अघि...
मंसिरबाट १५ हजारभन्दा बढी रिक्त पदमा विज्ञापन खाेल्दै लोकसेवा

मंसिरबाट १५ हजारभन्दा बढी रिक्त पदमा विज्ञापन खाेल्दै लोकसेवा

काठमाडौँ, २९ कात्तिक । लोकसेवा आयोगले यो वर्ष हजारौँ पदमा विज्ञापन गर्ने प्रक्रिया अघि बढाएको छ। आयोगले मंसिरदेखि विज्ञापनको प्रक्रिया सुरु गरी आगामी वर्षको असार मसान्तसम्म सबै परीक्षाको प्रक्रिया पूरा गर्ने तयारी गरेको छ। आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अब विज्ञापन नरोकिने बताए। ‘विज्ञापन अवश्य खुल्छ, सम्बन्धित निकायबाट कुन कुन पदमा कति संख्यामा दरबन्दी रिक्त छ भनेर संख्या यकिन गरेर मात्र आ...
सरकारी कामकाजमा लिम्बु भाषा

सरकारी कामकाजमा लिम्बु भाषा

इलाम, २९ कात्तिक । माङसेबुङ गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गरिने भएको छ । मुलुककै पहिलोपटक उक्त गाउँपालिकाको एउटा वडामा लिम्बु भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो । संविधानले स्थानीय भाषालाईसमेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले यस्तो निर्णय गरिएको छ । लिम्बु बाहुल्य माङसेबुङ ५ मा वडा समिति आयोजनामा विभिन्न राजनीति...
निर्मला हत्याका ११२ दिन : गाउँले पनि प्रहरीको शंकाको घेरामा

निर्मला हत्याका ११२ दिन : गाउँले पनि प्रहरीको शंकाको घेरामा

कञ्चनपुर, २९ कात्तिक । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो । उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । त्यस्तै प्रहरीले शंका गरेका चार ...
बेरोजगारीको नाममा ब्रम्हलुट, ठुला व्यापारीलाई ५० करोडसम्म

बेरोजगारीको नाममा ब्रम्हलुट, ठुला व्यापारीलाई ५० करोडसम्म

काठमाडौँ, २९ कात्तिक । विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौं लगानी उपलब्धिविहीन भएको छ। ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन्। यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगार भएका तथा व्यापार चम्काएकाहरूको व्यापार विस्तार गर्न खर्च भएको छ।,आजको नयाँ पत्रिकामा यो...
मोबाइल सेवा प्रदायक कम्पनी समयमै ‘कल कनेक्ट’ गर्न असफल

मोबाइल सेवा प्रदायक कम्पनी समयमै ‘कल कनेक्ट’ गर्न असफल

काठमाडौँ, २९ कात्तिक । फोन कल स्थापित हुन लाग्ने समयका आधारमा मोबाइल सेवा प्रदायक कम्पनी असफल भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्राधिकरणले कल स्थापित हुन लाग्ने समय न्यूनतम पाँच सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने तोकेको भए पनि सेवा प्रदायक त्यसमा असफल भएका छन् । प्राधिकरणले ड्राइभ टेस्ट विधिमार्फत परीक्षण गरेको थियोे...
सामाजिक सुरक्षा योजना सार्वजनिक हुँदै

सामाजिक सुरक्षा योजना सार्वजनिक हुँदै

काठमाडौं, २८ कात्तिक । संसदबाट पारित गरिसकिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ राष्ट्रपतिको कार्यालयबाट प्रमाणीकरणसमेत भइसकेको छ । उक्त ऐन मन्त्रालयको नाम श्रम तथा रोजगार मन्त्रालय रहेका बेला २०७४ साल साउन २९ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो । सो मन्त्रालयको नाम अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको छ । उक्त ऐन कार्यान्वयन गर्न नियमावली बनाइदैँ गरेको जनाकारी दिँदै ...
error: Content is protected !!