काठमाडौँ, २९ कात्तिक । फोन कल स्थापित हुन लाग्ने समयका आधारमा मोबाइल सेवा प्रदायक कम्पनी असफल भएका छन्।

Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्राधिकरणले कल स्थापित हुन लाग्ने समय न्यूनतम पाँच सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने तोकेको भए पनि सेवा प्रदायक त्यसमा असफल भएका छन् ।

प्राधिकरणले ड्राइभ टेस्ट विधिमार्फत परीक्षण गरेको थियोे।असोज ११ गतेदेखि असोज २५ गतेसम्म बिहान र साँझको नेटवर्क व्यस्त हुने समयमा काठमाडौंका ३८ स्थानमा परीक्षण गरिएको थियो।, आजको अन्नपूर्ण पोष्टमा यो खबर छ ।

फोन कल तोकेको स्तरभन्दा अधिक भएको पाइएको प्राधिकरणले जनाएको छ । परीक्षणमा हाल सेवा उपलब्ध गराइरहेका तीन सेवा प्रदायक एनेसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमलाई समावेश गरिएको थियो। प्रतिवेदनअनुसार कल स्थापित हुन लाग्ने समयमा सबैभन्दा कम समय एनसेलको लाग्ने गरेको पाइएको छ।

एनसेलको कल स्थापित हुन लाग्ने समय ८.४८ सेकेन्ड छ। यस्तै नेपाल टेलिकमको कल स्थापित हुन लाग्ने समय ११.४८ सेकेन्ड र स्मार्ट टेलिकमको कल स्थापित हुन लाग्ने समय १३.७१ सेकेन्ड छ। कल स्थापित हुने सफलतादरमा पनि तीनवटै कम्पनी असफल भएका छन्।

यसका लागि न्यूनतम स्तर ९९ प्रतिशत वा सोभन्दा बढी तोकिएकामा नेपाल टेलिकमको कल स्थापित हुने सफलतादर ९८.२६ प्रतिशत छ। एनसेलको ९७.७७ प्रतिशत र स्मार्ट टेलिकमको ९७.३९ प्रतिशत छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!