वीरगन्ज, २ मंसिर । टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे ।

Advertisement

पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै धम्क्याए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गत्ते जिल्ला प्रहरी कार्यलय पर्सामा ती चार जनाविरुद्ध किटानी जाहेरी दिईन् ।

मुद्धा प्रहरीकोमा आएपछि आरोपित फरार छन् ।

कात्तिक ५ गते राति घरबाहिर शौच गर्न गएका बेला सौराहा टोलका मनो साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले बलात्कार गरेको पीडित महिलाको आरोप छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!