काठमाडौँ, २९ कात्तिक । विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौं लगानी उपलब्धिविहीन भएको छ।

०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन्।

यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगार भएका तथा व्यापार चम्काएकाहरूको व्यापार विस्तार गर्न खर्च भएको छ।,आजको नयाँ पत्रिकामा यो खबर छ ।

राष्ट्रिय सतर्कता केन्द्रले समेत कोषको रकममा व्यापक दुरुपयोग भएको जनाएको छ। अनुगमनपछि केन्द्रले तयार पारेको प्रतिवेदनमा तालिमको नाममा समेत भ्रष्टाचार भएको उल्लेख छ।

एउटै व्यवसायीले ५० करोड रुपैयाँसम्म स्वरोजगार कोषबाट लगेको तर लक्षित वर्गमा ऋण प्रवाह नगरिएको प्रतिवेदनमा छ।

कोषको उद्देश्यविपरीत अनौपचारिक शिक्षा हासिलगरेकालाई पनि लगानी गरेको पाइएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!