वीरेन्द्रनगर, ४ मंसिर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा छाती र पेटको माथिल्लो भाग जोडिएका दुई बालिकालाई अप्रेसन गरी निकालिएको छ ।

Advertisement

अस्पतालमा आइतबार कालिकोटको रास्कोट नगरपालिका–५ स्युनाकी ललिता बुढाको कोखबाट शरीर जोडिएका दुई बालिकालाई निकालिएको हो । दुई बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।बालिकाहरुलाई अस्पतालको एनआईसीयूमा राखिएको छ । बालिका र आमा स्वस्थ छन् ।, आजको नेपाल समाचार पत्रमा यो खबर छ ।

अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले बालिकाको छाती र पेटको माथिल्लो भाग जोडिएको बताउनुभयो । ‘यो विश्वकै दुर्लभ समस्या हो’, उहाँले भन्नुभयो– ‘भु्रणबाट छुटिने बेला छुटिएन भने यस्तो समस्या आउँछ ।

दुई–तीन लाख बच्चा जन्मदा एक जनामा यस्तो समस्या देखिन्छ ।’ अन्तिम भिडियो एक्सरे गर्न बाँकी रहेकाले यो पछि मात्रै शिशुहरुको कलेजो र मुटु जोडिएको छ वा छैन भन्नेबारेमा थाहा हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!