काठमाडौँ, ६ मंसिर । बलिउड अभिनेता अमिताभ बच्चनले सयौं किसानको ऋण तिरिदिएका छन्। उनले उत्तर प्रदेशका एक हजार ३९८ जना किसानले लिएको ऋण चुक्ता गरिदिएकाे बताएका छन्।

Advertisement

यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेकाे जनाएका छन्। मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन्।

यसबाट आफूलाई ‘एउटा काम पूरा गरेको महसुस भइरहेको’ पनि उनले बताए। एक सरकारी बैंकबाट किसानले लिएको ऋण अमिताभले तिरिदिएकाे खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।

बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन् । उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने इच्छा व्यक्त गरेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!