काठमाडौँ, २९ कात्तिक । लोकसेवा आयोगले यो वर्ष हजारौँ पदमा विज्ञापन गर्ने प्रक्रिया अघि बढाएको छ। आयोगले मंसिरदेखि विज्ञापनको प्रक्रिया सुरु गरी आगामी वर्षको असार मसान्तसम्म सबै परीक्षाको प्रक्रिया पूरा गर्ने तयारी गरेको छ।

Advertisement

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अब विज्ञापन नरोकिने बताए। ‘विज्ञापन अवश्य खुल्छ, सम्बन्धित निकायबाट कुन कुन पदमा कति संख्यामा दरबन्दी रिक्त छ भनेर संख्या यकिन गरेर मात्र आउन बाँकी छ।’

आयोगले मंगलबार सम्बन्धित सबै निकायलाई ताकेता गरेको उनले जानकारी दिए। सेवा सञ्चालन गर्ने मन्त्रालयरू, न्याय सेवा आयोग, स्वास्थ्य मन्त्रालय, संसद् सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आयोगले पत्राचार गरेर रिक्त दरबन्दी अद्यावधिक गर्न पत्राचार गरेको  छ। अाजकाे गाेरखापत्रमा समाचार छ  ।

आयोगले असोज, कात्तिक र मंसिरमा हुने सबै विज्ञापन मंसिरको अन्तिम बुधबार प्रकाशन गर्नेगरी तालिका बनाएको छ। आयोगको प्रारम्भिक अनुमानमा निजामती सेवा तथा अन्य संगठित संस्थाबाट गरेर करिब १५ हजार रिक्त दरबन्दीका लागि परीक्षा सञ्चालन गर्नुपर्ने हुन्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!