समृद्धि माग्दै ३ किलोमिटर घस्रिए विराटनगरका मेयर
विराटनगर, २८ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलोमिटर घस्रिँदै घाट पुगेर छठपुजा गरेका छन् । उनी विराटनगरको समृद्धि र शान्तिका लागि घिस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चायत मन्दिरबाट परोपकार घाट पुगे ।
मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजे दण्डवत यात्रा आरम्भ गरेका थिए। उनलाई तीन किमि यात्रा गर्न साढे तीन घन्टा लागेको थियो ।
उनीसँगै भतिजाहरु प्रमिस र मनीष पनि घस्रिए...