काठमाडौं, ३० कात्तिक । प्राविधिक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा नभएको अमेरिकाको नासाले जनाएको छ । माउन्ट एभरेस्टको नामले पनि विश्भरि चिनिने सगरमाथा समुदि« सतहको हिसाबले मात्र सर्वोच्च रहेको बताइएको छ ।

तर यदि फेद देखिको उचाई मापनको आधारमा भन्ने हो भने अमेरिकाको हवाइ टापुको माउना किया पहाड सबैभन्दा अग्लो भएको बताइएको छ । विगत चालिस करोड वर्षयताकै सबैभन्दा ठूलो ठक्करको रुपमा पाँच करोड वर्ष अघि भारतको महादेसिय प्लेट एसियामा धसिएपछि जमिनको भाग अकासिन पुग्दा सगरमाथा बनेको थियो । आजको नेपाल समाचारपत्रमा यो खबर  छापिएको छ ।

Advertisement

यथार्थमा एभरेष्ट समुदि« सतहबाट २९ हजार ३५ फिट र माउना किया १३ हजार ७ सय ९६ फिट माथि रहेका छन् । तर माउना किया प्रशान्त महासागर भित्र करिव १९ हजार ७ सय फिट डुबेको अवस्थामा रहेको छ ।

यस अर्थमा भन्ने हो भने माउना कियाको उचाई करिव ३३ हजार ५ सय फिट अग्लो अर्थात एभरेष्ट भन्दा झण्डै एक माइल अग्लो रहेको छ । वास्तवमा माउना किया हवाई टापुमा अवस्थित ठूलो निष्क्रिय ज्वालामुखी पहाड हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!