काठमाडौं,२० फागुन । विश्वकप छनोट खेलमा नेपालविरुद्ध शतक प्रहार गर्ने दुबै खेलाडी आउट भएका छन् ।
शतक पूरा गर्ने खेलाडीमध्ये शिकन्दर राजा क्याच आउट भए भने ब्रेन्डन टेलरलाई सोमपाल कामीले आउट गरे ।
जिम्बाब्वेको क्वीन्स स्पोर्टस् क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेका लागि शिकन्दरले १२३ रन बनाएर आउट भए भने ब्रेन्डन टेलर १०० रनमा आउट भए ।
नेपालका लागि बसन्त रेग्मीले २, सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले १/१ विकेट लिए ।