यू–१९ एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने
काठमाडौँ, १२ असोज । बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
भोलि शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ । गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले...



























