ईश्वर थापा/संगालोखबर

धनकुटा, १४ कात्तिक । मितेरी युवा क्लवको आयोजनामा शहीदभूमि गाउँपालिका–१ छिन्ताङ्गमा जारी छैटौं छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिताको चौथो दिन वुधवार ६ खेल सम्पन्न भएको छ ।

Advertisement

घंगरु फूटबल क्लव र चिम्राहा फूटबल क्लव, देउराली युवा क्लव धनकुटा र तल्लो हाङगुवा ए, तल्लो हाङगुवा बी र नमुना युवा क्लव तित्रे, तमोर फूटबल क्लव साँगुरीगढी र हर्दिया आहाले साँगुरीगढी, सरस्वती युवा क्लव गोपालपुर र सहारा युवा क्लव बी तथा विश्रान्ति फूटबल क्लव धनकुटा ९ र सिर्जनशील युवा क्लव साँगुरीगढी ८ बीच खेलका खेल सम्पन्न भएको आयोजकले जनाएको छ ।

जसमा घंगरु, देउराली, तल्लो हाङगुवा बी, तमोर फूटबल क्लव, सरस्वती युवा क्लव र सिर्जनशील युवा क्लव जितसंगै दोस्रो चरण प्रवेश गरेको प्रतियोगिताका सञ्चार संयोजक भक्त खड्काले जानकारी दिए । बिहीबार पहिलो चरणको एक खेल सञ्चालन पछि दोस्रो चरणका खेल सुरु हुने उनले बताए ।

छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगितामा चार खेल सम्पन्न

छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिता सुरु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!