रत्नपार्कको आकाशे पुलबाट ५ केजी सुनसहित दुई पक्राउ

रत्नपार्कको आकाशे पुलबाट ५ केजी सुनसहित दुई पक्राउ

काठमाडौं, ४ मंसिर । काठमाडौंको रत्नपार्कबाट प्रहरीले ५ केजी सुनसहित दुई जनालाई पक्राउ गरेको छ । रत्नपार्कको आकाशे पुलबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने परिचय भने प्रहरीले खुलाएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको दरबार मार्ग प्रहरी बृत्तले जनाएको छ ।
इलाम दूधमा आत्मनिर्भर

इलाम दूधमा आत्मनिर्भर

इलाम, ४ मंसिर । इलाम दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको छ । जिल्ला पशुसेवा कार्यालयले तयार गरेको आव २०७३÷७४ को प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा गत आवमा दूध उत्पादन करिब अढाइ प्रतिशतले बढेको हो । जिल्ला पशुसेवा कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले दूधबाट मात्र जिल्लाभरका किसानले रु चार अर्ब ७० करोड छ लाख आम्दान...
धनकुटामा शेयर बजारबारे प्रशिक्षण

धनकुटामा शेयर बजारबारे प्रशिक्षण

धनकुटा,३ मंसिर । पछिल्लो समय शेयर बजारप्रति सर्वसाधारणको चासो बढि रहेको बेला धनकुटामा पनि यसबारे जानकारी दिने उद्धेश्यले पहिलो पटक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । मोफसलका लगानी कर्तालाई शेयर बजार तर्फ आकर्षित गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ । कार्यक्रममा अजलाईन सेक्युरएटीका सेयर ब्रोकर सुजन निरौलाले सेयर बजारको बारेमा जानकारी गराए । त्यस्तै दोर्दी खोला जल ...
यस्ताे छ आज सुनकाे भाउ

यस्ताे छ आज सुनकाे भाउ

काठमाडौं,३ मंसिर । साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ५६ हजार चार सय मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंसिर महिना बिहाहको महिना भएकोले अब सुनको कारोबार बढ्ने व्यवसायीहरुको भनाई छ ।
सातामा २८.३३ अंक बढ्यो नेप्से

सातामा २८.३३ अंक बढ्यो नेप्से

  काठमाडौं,३ मंसिर । निरन्तर ओरालो लागेको बजारमा सेयरमूल्य तुलनात्मक रूपमा सस्तिएपछि गत साता नेप्सेमा केही सुधार देखिएको छ । पाँच दिनका लागि खुलेको बजार तीन कारोबार दिन बढेको थियो भने दुई कारोबार दिन घटेको थियो । सस्तो मूल्यमा राम्रा कम्पनीहरूको सेयर खरिद गर्नेहरू बढेपछि गत साताको तीन दिन बजार उकालो लागेको थियो । तर, सोही गतिलाई निरन्तरता दिन नसक्दा भने पछिल्ला दुई कारोबार दिनमा बजार पुनः ओरालो...
लमजुङमा वार्षिक ८० करोडभन्दा बढीको दूध उत्पादन

लमजुङमा वार्षिक ८० करोडभन्दा बढीको दूध उत्पादन

लमजुङ,३ मंसिर । व्यावसायिक रूपमा पशुपालन गरिन थालेसँगै लमजुङ दूध उत्पादनमा आत्मर्निभर बन्न थालेको छ । प्रत्येक वर्ष दूध उत्पादन बढेसँगै जिल्ला दूधमा आत्मनिर्भर हुँदै गएको जिल्ला पशुसेवा कार्यालय लमजुङले जानकारी दिएको हो । व्यावसायिक पशुपालनले बढायो उत्पादन जिल्लामा पछिल्लो समय किसानले उन्नत जातका गाईभैँसी पाल्न थालेका छन् । संख्यात्मक रूपमा किसान संख्या धेरै वृद्धि नभए पनि गुणात्मक रूपमा दूध उ...
ट्वाइलेट पेपर बोकेको गाडीबाट १७ केजी सुन बरामद

ट्वाइलेट पेपर बोकेको गाडीबाट १७ केजी सुन बरामद

काठमाडौं, २ मंसिर । चीनसँगको रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । बा ११ च ७९ १८ नम्बरको जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरिएको हो । रसुवाका प्रहरी नायक उपरीक्षक शरतकुमार थापाकाअनुसार शनिबार गाडीमा फल्स बटन बनाएर ल्याइँदै गरेको सुन रसुवागढी नाकाबाट समातिएको हो । गाडीले चीनबाट ट्वाइलेट पेर र छुर्...
भृकुटीमण्डप मेलामा दैलेखको राडी, जुम्लाको सिमि

भृकुटीमण्डप मेलामा दैलेखको राडी, जुम्लाको सिमि

काठमाडौं, २ मंसिर । दैलेखबाट १९ सय रुपैयाँ गाडी भाडा तिरेर नरबहादुर बस्नेत भृकुटी मण्डपमा हस्तकला मेला भर्न आइपुगे। तर उनी आफुले दैलेखदेखि ल्याएका भेंडाका रौंबाट बनेका राडिपाखी बिक्रि हुनेमा भने आश्वस्त छैनन्। बढ्दो आधुनीकिकरणसँगै हामी नेपालीको ध्यान पनि विदेशी सामानतिर तानिँदै गएको छ। त्यसैले पनि हो, नेपाल हस्तकला महासंघले आयोजना गरेको १५औं हस्तकला मेलामा भेटिएका बस्नेत आफ्नो व्यापारप्रति अलि ...
८६ लाख नगदसहित ६ जना हुन्डी कारोबारी पक्राउ

८६ लाख नगदसहित ६ जना हुन्डी कारोबारी पक्राउ

विराटनगर, २ मंसिर । लामो समयदेखि विराटनगरमा बसेर अवैध ढंगले हुन्डीको कारोबार गर्दै आएका ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई प्रहरीले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । ठूलो परिमाणमा संगठित रूपमा हुन्डीको अवैध कारोबार हुने गरेको सूचनाका आधारमा खटिएको प्रहरीले विराटनगर ७ का अनुप सेठिया, ललित सेठिया, ...
आठराई गाउँपालिकाको बजेट ३२ करोड

आठराई गाउँपालिकाको बजेट ३२ करोड

तेह्रथुम, २ मंसिर । आठराई गाउँपालिकाको आव २०७४/७५ को नीति कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक भएको छ । आव २०७४÷७५ का लागि  ३२ करोड १५ लाख ६१ हजार १३३ को बजेट सार्वजनिक गरिएको हो । बजेटको चालुतर्फ करिब १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब १४ करोड ४४ लाख विनियोजन भएको छ । चालु आवमा गाउँपालिकामा वित्तीय समानीकरणतर्फ करिब १६ करोड ९३ लाख, सशर्त अनुदानतर्पm करिब १४ करोड ४३ लाख र नेपाल सरकारबाट गत आव...
आधुनिक प्रविधिको अभावमा इलामको अलैँचीले बजार पाएन

आधुनिक प्रविधिको अभावमा इलामको अलैँचीले बजार पाएन

इलाम, १ मंसिर । परम्परागत भट्टी प्रतिस्थापन हुन नसक्दा नेपालको अलैँचीले अपेक्षिकृत रुपमा विश्व बजार पाउन सकेको छैन। विश्वमा नै गुणस्तरीय उत्पादन मानिएको नेपालको अलैँची सुकाउने आधुनिक भट्टीको प्रयोग नहुँदा बजार पाउन समस्या रहेको छ। खोल्साको कालो सुन उपमा पाएको अलैँचीको बजार मूल्यमा निरन्तर गिराबट आउँदा किसान निराश छन्। परम्परागत भट्टीमा सुकाइएको अलैँचीको दाना समान रूपले नसुक्ने, भट्टीमा सिधै धुँ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं, १ मंसिर । नेपाली बजारमा दैनिक सुनको भाउ उकालो लागि रहेको बेला आज भने घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज  नेपाली बजारमा छापावाला सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन तोलामा ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सयमा कारोबार भएको थियो । आज चाँदीको भाउ ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
कफीको माग बढ्यो, उत्पादन बढेन

कफीको माग बढ्यो, उत्पादन बढेन

काठमाडौं, १ मंसिर ।आन्तरिक तथा विदेशी बजारमा कफीको माग उच्च भएपनि उत्पादन बढ्न सकेको छैन । कफी खेतीबाट उच्च मूल्यसहित प्रतिफल लिन सकिने भएपनि अपेक्षित रुपमा कफी खेती विस्तार हुन सकेको छैन । चिया तथा कफी विकास बोर्डले हेरक वर्ष कफी खेती विस्तार भएको बताउँदै आएपनि उत्पादन वृद्धिदर निकै कमजोर छ । आर्थिक वर्ष ०६८÷६९ मा १७ सय ६० हेक्टर क्षेत्रफलमा कफी खेती गर्दा पाँच सय २३ मेट्रिक टन उत्पादन भएको थ...
इलाममा युवा समूहलाई निब्र्याजी बीस लाख ऋण

इलाममा युवा समूहलाई निब्र्याजी बीस लाख ऋण

इलाम, ३० कात्तिक । युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समितिले चार वटा युवा समूहलाई निब्र्याजी रु २० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास संस्था र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु पाँच÷पाँच लाखका दरले ऋण प्रदान गरेको ज...
थोक बजारमा आज धेरैजसो तरकारीको भाउ घट्यो

थोक बजारमा आज धेरैजसो तरकारीको भाउ घट्यो

काठमाडौं, ३० कात्तिक । काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा बिहीबार धेरै तरकारीको भाउ घटेको छ । बजारमा तरकारीको भाउ किलोमा ५ रुपैयाँदेखि ६० रुपैयाँसम्म घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार बिहीबार हरियो धनियाँ किलोमा ६० रुपैयाँ घटेर ३ सय २५ रुपैयाँ, ४५ रुपैयाँ घटेर रायोको साग किलोको १३ रुपैयाँ, किलोमा ३० रुपैयाँ घटेर भेडे खुर्सानी ४८ रुपैयाँ थोक मूल्यमा झ...
बुधबारको तुलनामा रियाल र दिर्हाम कमजोर, मलेसियन रिंगिटको मूल्य बढ्यो

बुधबारको तुलनामा रियाल र दिर्हाम कमजोर, मलेसियन रिंगिटको मूल्य बढ्यो

काठमाडौं, ३० कात्तिक । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ९२ पैसा र विक्रिदर २५ रुपैयाँ ...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौ, ३० कात्तिक । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सातको पाँचाै दिन आज (बिहिबार) पूर्वमा  सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चादीँको मुल्य प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
किबीखेतीबाट वार्षिक ६ लाख आम्दानी

किबीखेतीबाट वार्षिक ६ लाख आम्दानी

हेटौँडा, २९ कात्तिक । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका– ६ बज्रबाराहीका कृषकले किबीखेतीबाट बर्षेनी लाखौँ रकम आम्दानी गरिरहेका छन् । ‘एक गाउँ एक उत्पादन’ अवधारणाअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जिल्ला कृषि विकास कार्यालयले करिब रु ३५ लाख लगानी गरी किबीखेतीसम्बन्धी तालीम, प्रविधि र बिरुवा सहयोग गरेपछि यहाँका किसान किबीखेतीतर्फ आकर्षित भएका हुन् । बज्रबाराहीका ३० जना कृषक...
उत्पादन कम हुँदा तरकारीको भाउ अाकासियो

उत्पादन कम हुँदा तरकारीको भाउ अाकासियो

धादिङ, २९ कात्तिक । तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लामा बर्सेनि तरकारी उत्पादन घट्दै छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष पनि उत्पादन घटेको छ । बढ्दो औद्योगिकीकरण र तरकारी फल्ने खेतबारीमा बस्ती विस्तारले उत्पादनमा कमी आएको हो। तरकारी उत्पादन हुने जीवनपुर, नौबिसे, छत्रेदेउराली, थाक्रे, गोगनपानी, धुषा, नलाङ, सलाङ्का क्षेत्रमा बढ्दो औद्योगिकीकरण र बस्ती विस्तारले उत्पादनमा कमी आएको जिल्ला कृ...
सडक पुगेसँगै इलामका गाउँगाउँमा तरकारी, घरघरमा व्यापारी

सडक पुगेसँगै इलामका गाउँगाउँमा तरकारी, घरघरमा व्यापारी

इलाम, २९ कात्तिक । इलामका ग्रामीण क्षेत्रमा सडक विस्तार भएपछि किसानहरुलाई तरकारी बेच्न सहज भएको छ।  व्यापारीहरु किसानको घरमै पुगेर तरकारी खरिद गर्दै आएका छन्। इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका लगायतका किसानहरुले आफूले उत्पादन गरेको तरकारी झापाका बजारहरुमा राम्रो मूल्यमा बिक्री गर्दै आएका छन्। यहाँका किसानहरुले उत्पादन गरेको तरकारी झापाका व्यापारीहरु घरैमा आएर खरिद गर्ने गरेका छन्। अहिल...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं, २९ कात्तिक । नेपाली बजारमा सुनको भाउ उकालो लाग्दै गएको  छ । नेपाली बजारमा आज छापावाला सुन ५६ हजार २ सय पुगेको छ भने तुजावी सुन ५५ हजार ९ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन तोलामा ५६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन ५५ हजार ७ सयमा कारोबार भएको छ  । हिजो र आज तेजावी र छापावाला सुनमा मा २ सय रुपैया बढेको छ । चादी आज ७ सय ७० पुगेको छ । हिजोको तु...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं , २८ कात्तिक । नेपाली बजारमा आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार आज छापावाला सुन ५६ हजारमा कारोबार भईरहेको छ । आज तेजावी सुन तोलामा ५५ हजार ७ सय रहेको छ । हिजो र आज छापावाला सुनको मुल्य एउटै रहेको छ भने तेजावी सुनमा भने एक सय रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंले जनाएको छ । आज चादीको मुल्य बजारमा ७ सय ६५ पुगेको छ ।
मृतकका परिवारलाई विदेशबाट सहयोग

मृतकका परिवारलाई विदेशबाट सहयोग

पथरी, मोरङ, २७ कात्तिक । एक महिनाअघि कतारमा बिल्डिङबाट झरेर मृत्यु भएका उर्लाबारी–९ दुर्गापुरीका २१ वर्षीय दीपक लिम्बू मादेनको परिवारलाई कतारमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । कर्मशील युवा मोरङ युवा बचत समूह कतारले मादेनको परिवारलाई लिम्बूको घरमा एक कार्यक्रमबीच रु एक लाख ३९ हजार ५५७ सहयोग गरेको हो । कतारबाट पठाइएको उक्त रकम उर्लाबारी–९ का वडाध्यक्ष बमबहादुर शर्मा, समाजसेवी तेजन खड्का लग...
धनकुटामा प्राइमलाइफद्धारा मृत्यु भएका विमितको परिवारलाई १३ लाख भुक्तानी

धनकुटामा प्राइमलाइफद्धारा मृत्यु भएका विमितको परिवारलाई १३ लाख भुक्तानी

धनकुटा, २६ कात्तिक । प्राइमलाइफ ईन्स्योरेन्स धनकुटाले मृत्यु भएका विमितको परिवारलाई आईतबार मृत्यु दावी भुक्तानी दिएको छ । इन्स्योरेन्सको उप–शाखा धनकुटाले मृत्यु भएका विमित महालक्ष्मी नगरपालिका–८ मुर्तिढुंगाका लक्ष्मण नेपालको परिवारलाई मृत्यु दावी भुक्तानी वापत १३ लाखको चेक प्रदान गरेको हो । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र प्राइमलाइफ ईन्स्योरेन्स धरान शाखाका प्रमुख सोभियत तुम्वाहाङफेल...
सुनको भाउ घट्याे

सुनको भाउ घट्याे

काठमाण्डौ, २६ कात्तिक । साताको पहिलो दिन आज सुनको भाउ आज घटेको छ । शुक्रबार काठमान्डाैंमा प्रतितोला ५६ हजारमा १ सयमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चादीँको मुल्य पनि घटेको छ आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । पूर्वका झापा, माेरड, सुनसरीमा भने अाज...
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

रौतहट, २६ कात्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटस्थित राष्ट्रिय वन तीव्ररुपमा विनाश हुन थालेको छ । जिल्लाका सुुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँदै गएको अवस्थामा तस्करहरुले विभिन्न बहानामा तीव्ररुपले वन विनाश गर्न थालेका हुुन् ।  तस्करको एउटा गिरोह रातिराति सालका गोलिया काठ चोरिरहेका छन् भने अर्कोतर्र्फ एउटा ठूलो समूह दैनिक दर्जनौँ हरिया रुख काटेर दाउराका...
धनकुटामा जनज्योतीको साधारणसभाः शेयर सदस्यलाई १५ प्रतिसत बोनस

धनकुटामा जनज्योतीको साधारणसभाः शेयर सदस्यलाई १५ प्रतिसत बोनस

धनकुटा, २५ कात्तिक । जनज्योती बचत तथा ऋण सहकारी सस्था लिमिटेड धनकुटाले शेयर सदस्यहरुलाई १५ प्रतिसतका दरले बोनस वितरण गरेको छ । सस्थाको पाँचौ बार्षिक साधारणसभाको अवसर पारेर शनिवार शेयर सदस्यहरुलाई मुनाफा वापतको वोनस प्रदान गरिएको हो । कुल शेयर पुजी ९ लाख ३७ हजारको १५ प्रतिसतका दरले शेयर सदस्यहरुलाई वोनस प्रदान गरिएको सहकारीका ब्यवस्थापक यज्ञप्रसाद ढुंगेलले जानकारी दिएका छन । साधारणसभामा सहकारीक...
‘काठमाण्डू-केरुङ रेलमार्ग बनाउन २८० अर्ब’

‘काठमाण्डू-केरुङ रेलमार्ग बनाउन २८० अर्ब’

काडमाण्डौ, २५ कात्तिक । चीनको केरुङबाट काठमाण्डू जोड्ने भनिएको बहुचर्चित रेलमार्ग निर्माणका लागि करिब २८० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको अधिकारीहरुले बताएका छन्। नेपाल आएको चिनियाँ रेलवे विभागको एउटा उच्चस्तरीय टोलीले पाँच दिनसम्म नुवाकोट, काठमाण्डूसहितका विभिन्न स्थानको स्थलगत अध्ययन गर्दै त्यस्तो आकलन गरेको हो। चीनको केरुङ्बाट नेपालको रसुवा हुँदै काठमाण्डू, पोखरा र लुम्बिनी ज...
धनकुटामा इसेवा प्रयोगकर्ता बढ्दै 

धनकुटामा इसेवा प्रयोगकर्ता बढ्दै 

धनकुटा, २४ कात्तिक । धनकुटामा इसेवा प्रयोगकर्ता बढ्दै गएका छन । नेपालकै पहिलो डिजिटल पेमेन्ट मानिने इसेवा प्रयोग गर्नेहरु बढ्दै गएका हुन । ब्यक्तिगत प्रयोजनका लागि सहज भएकाले इसेवा प्रयोगकर्ता बढ्दै गएको धनकुटाका इसेवाजोन सरोज भुजेल बताउँछन् । मोवाईल एप्स मार्फत मोवाईल रिचार्ज, डिस टिभि रिचार्ज, अनलाईन सपिङ, प्लेन टिकट, ईन्टरनेटको रकम भुक्तानी, बिधुत महसुल तिर्ने, टेलिफोनको विल तिर्ने जस्ता काम घ...
इलामबाट ९६ करोडको अदुवा निर्यात

इलामबाट ९६ करोडको अदुवा निर्यात

इलाम, २४ कात्तिक । नगदेबाली उत्पादनको लागि अग्रणी जिल्ला इलामबाट ९६ करोड रुपैयाँको अदुवा निर्यात भएको छ। जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकअनुसार गत आर्थिक वर्षमा  २७ हजार ५ सय ७० मेट्रिक टन अदुवा निर्यात भएको हो। घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले व्यावसायिक खेतीमा किसानहरुको आर्कषण बढदो छ। इलाममा उत्पादन भएको अदुवा झापाको काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुने गर...
घुससहित कञ्‍चनपुर जिल्ला प्राविधिक कार्यालयका प्रमुख पक्राउ

घुससहित कञ्‍चनपुर जिल्ला प्राविधिक कार्यालयका प्रमुख पक्राउ

कञ्‍चनपुर, २४ कात्तिक । कञ्‍चनपुर जिल्ला प्राविधिक कार्यालयका प्रमुख केदार शर्मा छ लाख घुसको रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालयको टोलीले घुस लिदै गर्दा उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट नगद  ६ लाख रुपैयाँ सहित रु १४ लाखको चेकसमेत नियन्त्रणमा लिएकोछ। घुसको रकमसहित कर्मचार...
error: Content is protected !!