सुन्न र बोल्न नसक्ने शशिराजको आम्दानी चार लाख
रामपुर, पाल्पा, ११ माघ। रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उहाँकै भरमा चलेको छ । उहाँ सुन्न र बोल्न सक्नुहुन्न तर पनि उहाँले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन ।
शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् । उहाँले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै आउनुभएको छ । उहाँ तरकारी व्यवसायबाट जिल्लामै अगुवा कृषकका रुपमा चिनिनुहुन्छ । डोटेलको कृषि...






























