नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्र बैठक कात्तिकमा प्रस्ताव
काठमाडौँ, २१ असोज । ऊर्जा क्षेत्रमा सहकार्य गर्ने लक्ष्यसाथ गठित नेपाल– बङ्गलादेश ऊर्जा संयन्त्रको बैठक आगामी कात्तिक २९ र ३० गते काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति प्रस्ताव गर्दै आवश्यक सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई यही असोज १८ गते शुक्रबार पत्राचार गरेको छ । गत साउन २५ गते नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगस...






























