नेपालीको लगानीमा अमेरिकामा बैंक

नेपालीको लगानीमा अमेरिकामा बैंक

काठमाडौँ, २५ भदौ । अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन  एडमनिस्ट्रेसन एनसीयए ले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो । त्यो उसले इजाजत दिएको सन् २०१८ को पहिलो संस्था हो । सुखद प्रसंग छ, यसका सबै लगानीकर्ता नेपाली हुन् । नेपाली विदेशमा दुःख मात्रै गर्न जान्छन् भन्ने आमबुझाई छ । तर, त्यसलाई खण्डन गरेको छ एभेरेस्ट फेडरल क्रेडिट युनियन को उदयले । यो सामुदायिक बैंक हो ।...
करको दायरा बढ्दा समस्या

करको दायरा बढ्दा समस्या

काठमाडौँ, २४ भदौ । स्थानीय तहमा करमा नभई करको दायरामा मात्र वृद्धि भएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालले आज यहाँ आयोजना गरेको ‘स्थानीय तहको करको प्रणालीका तत्कालीन सवालहरू’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागिले करको दायरा बढेकाले अहिले सञ्चार माध्यममा करका विषयमा आएजस्तो समस्या नभएको प्रदेश नंं ३ का आर्थिक तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बताउनुभयो । उहाँले कर र सेवा दुवैलाई सन्तुलन...
विदेशको कमाइले ‘सुपरमार्केट’ सञ्चालन

विदेशको कमाइले ‘सुपरमार्केट’ सञ्चालन

दाङ, २४ भदौ । पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टि–मार्ट सञ्चालन गरेका छन् । घोराही–२ का टीकाराम रावत र घोराही–१८ का पूर्णबहादुर...
बेरोजगारको दिनहुँ ५० लाख लुट !

बेरोजगारको दिनहुँ ५० लाख लुट !

काठमाडौँ, २४ भदौ ।  स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमितेजस्तै देखिन्छन्। जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार युवासँग ठूलो रकम असुली हुँदा समेत ठगी गर्नेलाई कारवाही भने नगन्...
डलर फलाउने नेपालको अराविका कफी

डलर फलाउने नेपालको अराविका कफी

पोखरा, २३ भदौ । “नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन,” राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले भन्नुभयो । उहाँका अनुसार विश्व बजारमा प्राङ्गारिक अराविका कफीको वार्षिक आठ हजार मेट्रिक टन माग भएपनि हालको नेपालको उत्पादन वार्षिक ४६६ मेट्रिक टन मात्र छ, जसमध्ये ९६ मेट्रिक टन मात्र निर्यात ह...
काभ्रेको पनौती नगरपालिकाद्वारा पाठापाठीको जन्मदर्ता गर्दै भैसीलाई सुत्केरी भत्ता

काभ्रेको पनौती नगरपालिकाद्वारा पाठापाठीको जन्मदर्ता गर्दै भैसीलाई सुत्केरी भत्ता

काठमाडौँ ।  स्थानीय तहहरुले बिभिन्न रचनात्मक कार्यहरु गर्ने होडबाजी चल्दै गर्दा काभ्रेको पनौती नगरपालिकाले पनि नयाँ अभियानको थालनी गरेको छ । नगरपालिकाले बाख्राको पाठापाठीको पनि जन्मदर्ता गर्ने भएको छ भने भैसीहरुलाई सुत्केरी भत्ता दिने निर्णय गरेपछि किसानहरु हर्षित बनेका छन् । काभ्रेको पनौती नगरपालिकाले आफ्नो तेस्रो नगरसभामा घोषणा गरे अनुसार पाठापाठीको जन्मदर्ता र सुत्केरी भैसीलाई प्रोत्साहन स्व...
नेपाललाई चीनको सामुन्द्रिक बन्दरगाहसम्म पहुँच सुनिश्चित

नेपाललाई चीनको सामुन्द्रिक बन्दरगाहसम्म पहुँच सुनिश्चित

काठमाडौँ, २२ भदौ । नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाहलाई सहजरुपमा प्रयोग गर्न पाउने भएको छ । बिहीबार यहाँ सम्पन्न नेपाल र चीनका अधिकारीबीच भएको पारवहन सम्झौताको प्रोटोकल(कार्यविधि)को तेस्रो बैठकले सोसम्बन्धी मस्यौदालाई अन्तिम रुप दिएको हो । हाल नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाता बन्दरगाहमा भर पर्दै आएको थियो । सहमतिपछि तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्...
मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

काठमाडौँ, २२ भदौ । मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५...
बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिधुत् खरिद गर्ने

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिधुत् खरिद गर्ने

काठमाडौँ, २२ भदौ । बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ । ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले सार्वजनिक गरेको यो...
डलर भाउले महँगिदै दशैं !

डलर भाउले महँगिदै दशैं !

काठमाडौँ, २२ भदौ ।  अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैँ महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामाग्रीको मुल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठुलो चाड दसैँ नै महँगो हुने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि ताकेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिद दर ११४.५१ रुपैयाँ र विक्रि दर ११...
मन्त्रिपरिषद्को निर्णय: व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि स्वीकृत

मन्त्रिपरिषद्को निर्णय: व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि स्वीकृत

काठमाडौँ, २१ भदौ । सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा समेत निर्णय गरेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिनुभयो । त्यसैगरी बैठकले नेपालको ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा प्रवद्र्धन दोस्रो चरणको कार्य...
ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह

ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह

ढाका, २१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच भएको ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीले ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने र त्यसले दुबै देशलाई फाइदा गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ऊर्जा सप्ताहलाई सम्बोधन गर्दै मन्त्री पुनले दुई देशबीचको ऊर्जा आदानप्रदानसम्बन्धी समझदारीले एउटा नयाँ अध्याय शुरु गरेको र त्यसलाई क्रमशः कार्यान्वयनमा ...
नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, अमेरिकी डलरको भाउ १२० रुपैयाँसम्म पुग्ने अनुमान

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, अमेरिकी डलरको भाउ १२० रुपैयाँसम्म पुग्ने अनुमान

काठमाडौँ, २१ भदौ । नेपाली रुपैयाँ अहिलो सम्मको कम्जोर भएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको हो। अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि ११५ रुपैयाँ ११ पैसा रिफरेन्स रेट तोकेको हो। डलरको भाउ १२० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकाले त्यसको असर न...
पेट्रोल, डिजेल, मट्टितेल र ग्यासमा मुल्य बृद्धि

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासमा मुल्य बृद्धि

काठमाडौं, २० भदौ। नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएक...
‘दश वर्षमा दश हजार युवा उद्यमी’

‘दश वर्षमा दश हजार युवा उद्यमी’

काठमाडौँ, २० भदौ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले समुन्नत नेपाल र सम्पन्न नेपाल निर्माणका लागि युवा उद्यमशीलता विकास कार्यक्रमलाई अगाडि बढाउने भएको छ । प्रतिष्ठानले १६औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरी दश वर्षमा दश हजार युवा उद्यमी कार्यक्रम सञ्चालन गर्ने भएको हो । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले युवा उद्यमीको समूह निर...
बिराटनगरमा सहकारीका बचतकर्ताको चार करोड हिनामिना गर्नेलाई थुनामा राख्न आदेश

बिराटनगरमा सहकारीका बचतकर्ताको चार करोड हिनामिना गर्नेलाई थुनामा राख्न आदेश

विराटनगर, २० भदौ । हिनामिना गरिएको बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै जिल्ला अदालत मोरङले विराटनगर–९ स्थित प्राईम बचत तथा ऋण सहकारी सस्थाका सञ्चालकलाई थुनामा राख्न आदेश दिएको छ । सहकारीका बचतकर्ताको करिब ४ करोड रकम फिर्ता नदिएको भन्दै जिल्ला अदालतले सहकारीका तीन सञ्चालकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायाधीश दिपक खनालको ईजालासले सहकारीका प्रबन्धक तथा सचिब विराटनगरका ३...
धनकुटामा कर नतिर्न नेकपा निकट जनपरिषदको उर्दी

धनकुटामा कर नतिर्न नेकपा निकट जनपरिषदको उर्दी

धनकुटा, २० भदौ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट लिम्बुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद धनकुटाले कर नतिर्न सर्वसाधरणलाई उर्दी जारी गरेको छ । स्थानीय तहले मनोमानी रुपमा कर बढाएकाले त्यसको बिरोध गर्दै कर नतिर्न जनपरिषदले उर्दी जारी गरेको हो । जनपरिषदका धनकुटा प्रमुख निषेध थापाले बुधबार अपिल पत्र जारी गरेर कर आतंकको बिरोध गर्दै कर नतिर्न आग्रह गरेका छन् । सामान्य श्रमिक, किसानको उ...
नेपाल–चीन पारवहन सम्झौताको ‘प्रोटोकल’ अन्तिम चरणमा

नेपाल–चीन पारवहन सम्झौताको ‘प्रोटोकल’ अन्तिम चरणमा

काठमाडौँ, २० भदौ । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिने उद्देश्यले दुवै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा शुरु भएको छ । प्रोटोकललाई अन्तिम रुप दिने सम्बन्धमा दुई देशका अधिकारीबीच सकारात्मक छलफल भइरहेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले जानकारी दिए । उनले भने, “पारवहनका लागि नेपालले च...
एकीकृत सम्पत्ति कर खारेज गर्न माग

एकीकृत सम्पत्ति कर खारेज गर्न माग

भक्तपुर, २० भदौ । नेपाली काँग्रेस भक्तपुरले आज एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर परेको भन्दै काँग्रेस जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा ¥यालीसहित गएको टोलीले नगर प्रमुख वासुदेव थापालाई ज्ञापन पत्र बुझाएको हो । नगरपालिकाले दोहोरो कर लगाएको भन्दै एकीकृत सम्पत्ति कर ...
स्वीट्जरल्याण्डद्वारा नेपाल सरकारलाई दुई अर्ब सहयोग

स्वीट्जरल्याण्डद्वारा नेपाल सरकारलाई दुई अर्ब सहयोग

काठमाडौँ, २० भदौ । सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्...
सी चिनफिङद्वारा अफ्रिकालाई ६० अर्ब डलर सहयोगको घोषणा

सी चिनफिङद्वारा अफ्रिकालाई ६० अर्ब डलर सहयोगको घोषणा

बेइजिङ, चीन। अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिन फिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गर्नुभएको छ । राष्ट्रपति सीले उक्त आर्थिक प्याकेजको घोषणा चीन–अफ्रिका सहकार्य (एफओसीएसी) शिखर सम्मेलनको मञ्चबाट घोषणा गर्नुभएको र सम्मेलनमा विभिन्न ५३ अफ्रिकी राष्ट्रहरूको सहभागिता रह...
खान पकाउने ग्यासमा मासिक ८० करोड घाटा

खान पकाउने ग्यासमा मासिक ८० करोड घाटा

काठमाडौँ, २० भदौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएसँगै डलरको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा मासिक ८० करोड रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य लगातार बढ्दै गएपछि निगमको घाटा बढेर ८० करोड रुपैयाँ पुगेको हो । निगमलाई ग्यासमा घाटा बढेर प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ पुगेको छ । यसअघि २ सय ८०...
अर्थमन्त्रीद्वारा भद्रपुर भन्सार कार्यालयको उद्घाटन

अर्थमन्त्रीद्वारा भद्रपुर भन्सार कार्यालयको उद्घाटन

भद्रपुर, १९ भदौ । अर्थमन्त्री डा.  युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताएका छन् । आज भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताएका हुन। बङ्गलादेशसँग नेपालको विद्युत् व्यापार सम्झौता भइसकेको बताउँदै उनले भने, “नेपालसँग विद्युत् किन्न...
एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

सिंगापुर, १९ भदौ । अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । जापानको निक्कीमा मङ्गलबार ०.१ प्रतिशतले कमी आई २२,६९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ०.१ प्रतिशतले घटेर २७,७०१ मा बन्द भयो भने शाङ्घाईको शाङ्घाई कम्पोजिट सूचकमा ०.१ प्रतिशतले कमी भई ३,७१८ मा बन्द भयो । अस्ट्रेलियाको एसएन्डपी२०० मा ०.४ ...
होङ्सी शिवम सिमेण्टमा ५ वाणिज्य बैङ्कको १६ अर्ब लगानी

होङ्सी शिवम सिमेण्टमा ५ वाणिज्य बैङ्कको १६ अर्ब लगानी

काठमाडौँ, १९ भदौ ।  पाँच वाणिज्य बैङ्कले होङ्सी शिवम् सिमेण्टमा अहिलेसम्मकै ठूलो कर्जा लगानी गरेका छन् । नेपालको सिमेण्ट उद्योगमा लगानी गरेको होङ्सी शिवम् सिमेण्टमा एनएमबी बैङ्कको नेतृत्वमा पाँच बैङ्कले १६ अर्व रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । जसमा एनएमबी बैङ्कले ६ अर्व ७५ करोड, नेपाल इन्भेष्टमेण्ट बैङ्कले ४ अर्व, प्रभु बैङ्कले ३ अर्व, एभरेष्ट बैङ्कले १ अर्व २५ करोड र नेपाल एसबीआई बैङ्कले १ अ...
वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड

वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड

काठमाडौँ, १९ भदौ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदराले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम हालसम्म ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो । यसरी जम्मा भएको रकममध्ये कमदारको सामाजिक सुरक्षा र कल्याणकारी कार्यका लागि गत बर्ष ६० करोड १८ लाख ७२ ह...
अर्थमन्त्रीद्वारा करदाता सेवा र आन्तरिक राजश्व कार्यालय उद्घाटन

अर्थमन्त्रीद्वारा करदाता सेवा र आन्तरिक राजश्व कार्यालय उद्घाटन

दमक । अर्थमन्त्री डा. युवराज खतिवडाले मोरङको सुन्दरहैचा नगरपालिका–१० स्थित विराटचोकमा करदाता सेवा कार्यालयको आज उद्घाटन गर्नुभएको छ । पूर्वी मोरङका उद्योगी व्यावसायीलाई आन्तरिक राजश्व कार्यालय विराटनगरबाट हुने सेवा सहजरुपमा प्रदान गर्न विराटचोकमा करदाता सेवा कार्यालयको स्थापना गरिएको हो । करदाता कार्यालय स्थापनापछि पूर्वी मोरङका करीब ३८ हजार करदाता प्रत्यक्ष लाभान्वित भएका छन् । कार्यक्रमलाई स...
अमेरिकी दबाबमा तेल आयात रोक्ने तयारी

अमेरिकी दबाबमा तेल आयात रोक्ने तयारी

टोक्यो, १८ भदौ । जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्पन्न सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने र इरानसँग व्यापार गर्नबाट अरु मुल...
रोजगारीको हक सम्बन्धी विधेयक संसदमा

रोजगारीको हक सम्बन्धी विधेयक संसदमा

काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । मन्त्री विष्टले योग्य युवालाई रोजगारी प्रदान गर्ने अभिप्रायले सरकारले रोजगारीको हक सम्बन्धी कानूनी प्रबन्ध गरेको बताउनुभयो । सांसदहरुले...
बिम्स्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रमको निर्देशन

बिम्स्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रमको निर्देशन

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई उहाँले निर्देशन दिनुभएको हो । सम्मेल...
महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ: उपराष्ट्रपति

महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ: उपराष्ट्रपति

काठमाडौँ, १८ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताउनुभएको छ । दक्षिण एशियाली महिला विकास मञ्चले आज यहाँ आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक विविधतासहितको सहअस्तित्व अनिवार्य रहेकोमा जोड दिनुभयो । उहाँले नेपालले संविधान र अन्य क...
error: Content is protected !!