काठमाडौँ, २६ असोज । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाउने सहमति गरेका छन् । बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको रहोबरमा बिहीबार २८ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिको बैठकले निक्षेपको ब्याजदर  दशमलव ५ प्रतिशत बिन्दुले घटाउने सहमति गरेको हो ।

Advertisement

सहमतिअनुसार अब वाणिज्य बैंकहरूले बचतमा बढीमा ७ प्रतिशत मात्रै ब्याज दिनेछन् । त्यस्तै, मुद्दतीतर्फ सर्वसाधारणको निक्षेपमा ११ प्रतिशत र संस्थागत निक्षेपमा १० प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको एनआइसी एसिया बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए । यसअघि बैंकहरूले सर्वसाधारणको निक्षेपमा साढे ११ प्रतिशत र संस्थागत निक्षेपमा साढे १० प्रतिशत ब्याज दिँदै आएका थिए ।

‘अब बचतको ब्याजदरलाई यथावत् राख्ने र मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशत बिन्दुले घटाउने सहमति भएको छ,’ उनले भने, ‘जसअनुसार सर्वसाधारणको मुद्दती निक्षेपमा १० प्रतिशत र संस्थागत निक्षेपमा ९ प्रतिशत ब्याज दिने सूचना प्रकाशन गरिनेछ ।’ यसरी सूचना प्रकाशन भएको ब्याजदरमा आवश्यकताअनुसार बैंकहरूले सर्वसाधारणको निक्षेपमा ०.५ प्रतिशत बिन्दुले र संस्थागत निक्षेपमा १ प्रतिशत बिन्दुले ब्याजदर थपेर लिन सक्ने सहमति गरेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!