ओपो एसियाली बजारमा उत्कृष्ट ब्राण्ड
काठमाडौं,२६ पुस । ओपो ब्राण्डले एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा ओगट्दै उत्कृष्ट स्थान हात पार्न सफल भएको छ । ओपोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै अग्रणी स्थान हात पार्न सफल भएको हो ।
प्राविधिक मार्केट रिचर्स फर्म काउण्टरपोइन्टले आफ्नो नयाँ प्रतिवेदनमा उल्लेख गरे अनुसार ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सा सहित भिभो दोस्रो स्थानमा रहेको छ भने १२ प्...
























