ताप्लेजुङमा ‘फुङलिङ म्युनिसिपालिटि’ मोबाइल एप्स
काठमाडौं, ९ चैत । फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ ।
मोबाइल एप्समार्फत नगरसभा र नगर कार्यपालिकाले पारित गरेका नीतिगत निर्णय तथा कार्यक्रमका बारेमा हरेक नागरिकले सजह रुपमा जानकारी पाउन भन्ने उद्देश्यले एप्स प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
शुक्रबारदेखि सञ्चालनमा ल्याइएको उक्त एप्स जिल्लामै पहिलो पटक भएको र ‘फुङलिङ म्युनिसिपालिटि’ नाम र...





























