काठमाडौं, ११ कात्तिक । दूरसञ्चार सेवाप्रदायक स्मार्ट सेलले पनि फोरजी सेवा सुरु गर्ने भएको छ। कात्तिक १२ गतेदेखि लागू हुने गरी फोरजी सेवा सुरु गरिएको स्मार्टका प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी गराएका छन्।

Advertisement

उनका अनुसार स्मार्टले तत्कालको लागि काठमाडौं उपत्यका र पोखराबाट सेवा सुरु गर्ने छ। ‘भोलिदेखि काठमाडौं र पोखरामा सुरु हुने सेवा पनि परीक्षणकै क्रममा हुने र त्यसपपछि यी ठाउँसहित नेपालगञ्ज, चितवन र वीरगञ्जमा एकसाथ व्यवसायिकरुपमा सुरु गरिने छ’ शनिबार आयोजित कार्यक्रममा राजभण्डारीले भने।

स्मार्टले नेपालमा हालसम्मकै सबैभन्दा द्रुतगतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। अहिले थ्रीजी र फोरजीबीचमा गतिमा उपभोक्ताले फरक अनुभूति गर्न नपाएको तर स्मार्टले त्यो अनुभव गराउने राजभण्डारीले बताए।

स्मार्टको १८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत फोरजी सञ्चालन हुनेछ। उक्त ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी भएको कम्पनीले गएको जेठमा नियामक निकाय दूरसञ्चार प्राधिकरणबाट प्रविधि तटस्थताको अनुमति पाएको थियो।

यस्ता छन् सुविधा परीक्षणको रुपमामात्र कात्तिक १२ देखि सुरु हुने स्मार्टको फोरजीको गति हालसम्मकै द्रुत गतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने कम्पनीले दावी गरेको छ।

कम्पनीका अनुसार ७० एमबीपिएससम्मको गति उपलब्ध गराउन सक्नेगरी प्रविधि तयार पारेको राजभण्डारीले जानकारी दिए। फोरजी सेवा सुरु गरेको अवसरमा कम्पनीले एकमहिनाको लागि भाइबर, ह्वाट्स एपमा निशुल्क कलको सुविधा, तीसदिनको लागि २३५ रुपैयाँमा एक जिबी डाटा उपलब्ध गराउने बताएको छ।

त्यस्तै स्मार्टले नेपालमै पहिलोपटक एक सेकेन्डको अवधिमा शूल्क निर्धारण गरेको छ। एक सेकेन्ड कल गर्दा एक पैसामात्र शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!