आमा ! म छाउघर जानै पन्र्या हो ?
वीरेन्द्रनगर, २७ फागुन । पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा ! म छाउघर जानै पन्र्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन ।’’
पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला हेर्न आतुर देखिन...































